कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
बुटवल – विश्व शान्तिको मुहान तथा भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बुधवारदेखि बौद्ध ग्रन्थ त्रिपिटक वाचन शुरू भएको छ ।
लुम्बिनीमा महासमय शुत्र पाठ गर्दै त्रिपिटक वाचन नेपालमै पहिलो पटक शुरू भएको हो । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा शुरू भएको त्रिपिटक वाचनमा विभिन्न १८ देशका करीब १ हजार बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी भएका छन् ।
भगवान गौतम बुद्धले शाक्य र कोलिय राज्यबीच पानीको लागि युद्ध चलिरहँदा कपिलवस्तु राज्यमा युद्ध समाप्तिका लागि आफ्ना पिता राजा शुद्धोधनलाई ज्ञान दिने क्रममा महासमय शुत्र पाठ गरेको हुनाले यो शुत्र पाठ गरी त्रिपिटक वाचन शुरू गरिएको हो । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको त्रिपिटक वाचन कार्यक्रम लुम्बिनीमा भएको हो ।
बुधवारदेखि शुरू भएको वाचन ३० गतेसम्म हुने कार्यक्रममा त्रिपिटकका विनय पिटक, सुत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । त्रिपिटक वाचन कार्यक्रम शुरू हुनअघि लुम्बिनीमा रहेको शान्ति दिपदेखि सबैको सहभागितामा र्याली गरी मायादेवी मन्दिरको परिक्रमा गरेर कार्यक्रम स्थलमा गएर कार्यक्रम शुरू भएको थियो ।
१५ वर्षदेखि लगातार भारतको बोधगयामा हुँदै आएको त्रिपिटक वाचन नेपालमा हालसम्म एकपटक पनि हुन सकेको थिएन । बौद्ध ग्रन्थको ३ दिने त्रिपिटक वाचन समारोह बुद्धको जन्मभूमि लुम्बिनीमा पहिलो पटक भएको हो ।
अमेरीकन बुद्धिस्ट एसोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध बिहार लुम्बिनीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमको जानकारी दिने क्रममा अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्रेले बुधवार पहिलो दिन हुने त्रिपिटक वाचनमा महासमयबाट शुरू गरी थाइ, श्रीलंकन, लाओसियन, बर्मिस भन्तेबाट वाचन हुने कार्यक्रम रहेको बताएका थिए ।
बिहीवार दोस्रो दिन नेपाली भिक्षुबाट बिहान ८ बजेदेखि वाचन हुनेछ भने ११ बजेपछि हिमालयन, चाइनिज, जापानिज, कोरियन, भ्यतनामिस मन्कसबाट वाचन हुनेछ । शुक्रबार अन्तिम दिन थाइ भन्तेबाट शुरू हुने र ११ बजेपछि नन्सहरूले वाचन गर्ने छन् । अन्तिम दिन करीब साढे ३ बजे धन्यवाद ज्ञापनपछि बत्ती बालेर मायादेवी मन्दिर परिक्रमा गरी त्रिपिटक वाचन कार्यक्रम समापन हुने जानकारी भिक्षु मैत्रेले दिए ।
बुधवार भएको उद्घाटन कार्यक्रममा वरिष्ठ भिक्षु भन्ते प्रधमबोधीभोगं, मैत्रे महाथेरो, भिख्खु बोदिशेना, डा. लाम, शि जुङ योङ, आनन्द लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अतिथिमा थाइल्यान्डका राजदूत भाकाभाट तनासकुल, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्ते, राष्ट्रियसभा सदस्य दुर्गा उपाध्याय, प्रदेशसभा सदस्य फकरुद्धिन खान, लुम्बिनी सांस्कृतिक नगरपालिका मेयर मनमोहन चौधरी, देवदह नगरपालिका मेयर हिरा केसी लगायत थिए ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...