×

NMB BANK
NIC ASIA

गोप्य अंगको वरिपरि चिलाउने समस्या छ ? यसरी सजिलै हटाउनुहोस्

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

महिलाहरूलाई स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छ । यसको बारेमा भन्न उनीहरू लाज मान्छन् । 

यस्तै समस्या अप्ठ्यारो ठाउँ बेला न कुबेलामा चिलाएर आउँछ । कार्यालयमा काम गर्ने महिलालाई यस्तो समस्या झन् हुन्छ किनकि उनीहरूले आठ घन्टा घरबाहिर बस्नुपर्ने हुन्छ । यसलाई सहेर बस्नु पनि मुश्किल हुन्छ ।

हुन त अप्ठ्यारो ठाउँ (गाेप्य अ‌ंगकाे वरिपरि) चिलाउनु सामान्य समस्या हो तर सही समयमा यसलाई ध्यान दिएन भने यसले गम्भीर रूप लिनसक्छ । चिलाउनुका पछाडि रजस्वला भएका बेलामा रसायनयुक्त न्यापकिनको प्रयोग, सम्बन्ध बनाउँदा सफाइमा ध्यान नदिनु, खानपिनमा कमी, फोहोरी बाथरूमको प्रयोग, सफा भित्रीवस्त्र नहुनु लगायतका कारण हुन्छन् । 

यहाँ बताइएका घरेलु उपायले प्राइभेट पार्टहरू सफा गर्न सकिन्छ । केमिकल क्रीमहरू प्रयोग गर्नुभन्दा घरेलु उपायले यसलाई ठीक पार्न सकिन्छ ।

दही
शरीरमा भएको जुनसुकै संक्रमणबाट छुटकारा पाउन दही सर्वोत्तम उपाय हो । यसको प्राकृतिक गुणले चिलाउने र संक्रमणको समस्यालाई हटाउँछ । दिनदिनै आहारमा एक कचौरा दहीमा चिनी हालेर खानुस् । अनि योनिमा दहीको लेप लगाउँदा पनि आराम हुन्छ । दिनदिनै यसको प्रयोगले फाइदा हुन्छ । 

स्याउको अमिलो
एप्पल साइडर भिनेगर अर्थात् स्याउको अमिलोमा एन्टीब्याक्टेरियल र एन्टीफंगल गुण हुन्छन् जसले संक्रमणलाई प्राकृतिक रूपमा हटाउँछन् । दुई चम्चा स्याउको अमिलो मनतातो पानीमा हालेर गुप्तांग धुनुस् । 

लसुन
खानामा लसुन उपयोग गर्नुस् जसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ । दिनदिनै लसुनको पोटी खाँदा फाइदा हुन्छ । 

बरफले सेक्ने
राति सुत्नुअघि बरफको टुक्राले योनि सेक्नुस् । 

नूनपानी
तातो टबमा अलिकति नून हालेर पानीमा केही समयका लागि बस्नुस् । आराम पाउनुहुनेछ । 

तुलसी पानी पिउने
तुलसीका पातहरूलाई पानीमा उमालेर दिनमा दुईचोटि पिउँदा पनि फाइदा हुन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x