×

NMB BANK
NIC ASIA

बर्खास्तीमा परेका पूर्वमन्त्री सोडारीको सांसद पद पनि धरापमा, होला त पुनः निर्वाचन ?

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले साधारण सदस्यबाट समेत हटाएपछि उनको सांसद पद धरापमा परेको छ ।

Muktinath Bank

राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार सम्बन्धित दलले नै दलको साधारण सदस्यबाट हटाएपछि उनको सांसद पद धरापमा परेको छ । फलतः उनको स्थान रिक्त हुने र पुनः निर्वाचन हुन सक्ने सम्भावना देखिएको हो । यद्यपि नेकपाले यसबारे बोलेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऐनको धारा ३४ (१) अनुसार संघीय संसद वा प्रदेश सभाको सदस्य रहेको दलको सदस्यले ऐन बमोजिम दल त्याग गरेमा वा निजलाई दलबाट निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले सम्बन्धित सभाको सचिवालयलाई दिनुपर्नेछ ।


Advertisment
Nabil box
Kumari

सूचना प्राप्त भएपछि संघीय संसद वा प्रदेश सभा सचिवालयले त्यस्तो सूचना सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्ष समक्ष पेश गर्नेछ । तत्पश्चात सभामुखले सूचना दर्ता भएको मितिले १५ दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिनुपर्ने कानूनी व्यवस्था रहेको छ । 

Vianet communication
Laxmi Bank

ऐनकै धारा ३६ (१) दफा ३५ बमोजिमको सूचना सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले सम्बन्धित सदन वा सभालाई जानकारी दिएपछि वा सम्बन्धित सचिवालयको सूचना पाटीमा टाँस भएपछि त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिने छ । साथै ऐन बमोजिम सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित सचिवालयले निर्वाचन आयोगलाई १५ दिनभित्र दिनु प्रावधान रहेको छ । सोडारी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

तर सुदूरपश्चिम प्रदेश सरकारका कानूनी सल्लाहकार एवं मुख्यन्यायाधिवक्ता समेत रहेका कुलानन्द उपाध्यायले पूर्वमन्त्री सोडारीलाई बर्खास्ती र दलको सदस्यबाट पनि हटाइएपछिको कानूनी प्रक्रियाबारे सल्लाह नभएको जानकारी दिए । 

मुख्यन्यायाधिवक्ता उपाध्यायले भने, ‘मन्त्रीले पदीय मर्यादा र आचरण अनुसार काम नगरेको पाइएपछि बर्खास्ती मात्रै भएनन्, उनी दलको सदस्यबाट पनि हटाइए । तर हटाइएपछिको कानूनी प्रक्रियाबारे प्रदेश सरकारले मसँग सल्लाह लिएको छैन । यो अवस्थामा पार्टीले उनलाई फिर्ता बोलाउन पनि सक्छ ।’ सुदूरपश्चिम प्रदेशमा नेकपाको एकलौटी सरकार छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x