×

NMB BANK
NIC ASIA

पिताम्बर तिम्सिना उपाध्यक्षमा नियुक्त, गुरुङ्ग र निरौला पनि बने सदस्य

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–राष्ट्रिय खेलकुद परिषदको रिक्त रहेको उपाध्यक्ष पदमा पिताम्बर तिम्सिना नियुक्त भएका छन् । बुधबार एक कार्यक्रम विच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनारले) तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराए ।

Sagarmatha Cement
Muktinath Bank

तिम्सिनालाई खेलकुद विकास ऐन २०४८को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७५।०७।२८ गते देखि लागु हुने गरि सदस्य पदमा बहाल रहने अवधीभरका लागि उपाध्यक्षमा नियुक्त गरिएको युवा तथा खेलकुद मन्त्री एवं राखेप अध्यक्ष बि.क. द्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाध्यक्ष तिम्सिनाले आजै राष्ट्रिय खेलकुद परिषदमा आफ्नो पद बहाली गरेका छन् । यस अघि पनि तिम्सिनाले २०६६ सालमा राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा नियुक्त भई चार बर्षिय कार्यकाल पुरा गरेका थिए ।


Advertisment
Nabil box
Kumari

उपाध्यक्षमा नियुक्त हुनु अघि तिम्सिना लगायत राजेश गुरुङ्ग तथा ईन्दिरा निरौलालाई मन्त्री परिषद्को २०७५।०७।२५ गतेको निर्णय अनुसार राखेपको रिक्त रहेको सदस्य पदमा मनोनित गरिएको पत्र प्रदान गर्नुका साथै युवा तथा खेलकुद मन्त्री बि.क.ले सदस्य पद तथा गोपनियताको सपथ गराएका थिए ।

Vianet communication
Laxmi Bank

नव नियुक्त सदस्य गुरुङ्गले पनि राखेपको सदस्यको अनुभव संगाली सकेका छन् । उनले राखेपको सदस्यका साथै सुटिङ्ग र बक्सिङ्ग संघको उपाध्यक्ष तथा नेपाल ब्याडमिन्टन संघको केन्द्रिय सदस्यको पदमा रहेर अनुभव संगाली सकेका छन् । यस्तै मोर्डन पेन्टाथलन र नेपाल भलिबल संघको केन्द्रिय सदस्य समेत रहेकी निरौलाको राखेप सदस्यमा पहिलो अनुभव हो ।

सदस्यहरुलाई बधाई दिंदै मन्त्री बि.क.ले सदस्यहरुलाई दिईएको जिम्मेवारी पुरा गर्ने बिश्वास ब्यक्त गर्दै मन्त्रालय तथा परिषदले लिएका नीति तथा कार्यमा दत्तचित्तभई कार्य गर्न शुभकामना प्रदान गरे ।

उपाध्यक्षमा नियुक्त भए पश्चात बोल्दै तिम्सिनाले आफुले पुर्व राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा रहेर गरेको कार्यको मुल्याङ्कन गर्दै पुनः राखेपको सदस्यमा नियुक्त गरेकोमा मन्त्री परिषद्लाई र उपाध्यक्ष पदमा नियुक्त गरेकोमा मन्त्री एवं अध्यक्षलाई धन्यवाद प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषदमा देखिएको विकृती र विसंगतीलाई निर्मूल गर्न लागि पर्ने बताए ।

यस्तै उपाध्यक्ष तथा सदस्यहरुलाई शुभकामना ब्यक्त गर्दै सदस्य सचिव बिष्टले अनुभवी सदस्यहरु परिषदमा नियुक्त हुनुले परिषदले गर्ने कार्यहरुमा थप बल पुग्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x