फिल्मी शैलीमा मारिए हत्या मुद्दाका साक्षी, अदालत जानुअघि पोखरीमा भेटियो शव

कात्तिक २९, २०७५

जनकपुरधाम – धनुषाको विदेह नगरपालिका–५ मुरिवामा ६५ वर्षीय माने ठाकुरको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

फिल्मी कथामा साक्षीको हत्या हुने गरेको घटना देख्न पाइने भएपनि मुरिवामा आपराधिक समूहले साँच्चिकै त्यस्तै घटना गराएको छ । स्थानीय विद्यालय नजिकै रहेको पोखरीमा ठाकुरको आँखामा छुरा घोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । 


ADVERTISEMENT

गाउँकै एक महिलाको हत्या घटनामा ठाकुर बिहीवार जिल्ला अदालत धनुषामा वकपत्र दिन जाने तयारीमा रहेका थिए ।

अदालत जानु १ दिनअघि नै गाउँमै ठाकुरको हत्या भएको छ । मृतकका आफन्तका अनुसार स्थानीय बहादुर मण्डलले ४ दिनअघि ठाकुरलाई अदालतमा वकपत्र दिन नजान धम्की दिएका थिए । हत्या घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

कात्तिक २९, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस