×

NMB BANK
NIC ASIA

सामुदायिक स्कूललाई कलर कोड : पहेँलो र रातो रंगले रंगिए विद्यालय

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारमा जुटेको तिलोत्तमा नगरपालिकाका सबै सामुदायिक विद्यालयमा एउटै रंग लगाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नगरपालिकाले सबै ४४ वटा सामुदायिक विद्यालयमा एउटै ‘कलर कोड’ गराएको हो । संघीय सरकारले तोकेको कलर कोड प्रयोग गर्ने तिलोत्तमा मुलुककै पहिलो स्थानीय तह बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकांश सामुदायिक विद्यालयमा दशैंतिहारको बिदामा रंगरोगन सकिएको छ भने कतिपयमा चल्दै छ । नगरपालिकाले बजेट उपलब्ध गराएपछि विद्यालयमा रंगरोगन भएको हो । विद्यालयको भित्तामा गाढा पहेलो र तल किनारमा गाढा रातो रंग प्रयोग गरिएको छ । विद्यालयले नगरपालिकासँग सम्झौता गरेर रंगरोगनको काम गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०७५/७६ को विनियोजित बजेटअनुसार विद्यालयको स्थलगत अवलोकन र नापजाँचको आधारमा तयार पारिएको लागत इस्टिमेटअनुसार नगरपालिकाले विद्यालयलाई रंगरोगनका लागि बजेट उपलब्ध गराएको शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

नगर कार्यपालिकाको ४४ औं बैठकले इस्टिमेटअनुसार रंगरोगनका लागि १ करोड २९ लाख रुपैंयाँ विद्यालयलाई बाँडफाँड गर्ने निर्णय गरेको थियो । भवन तथा आवश्यकता र औचित्यका आधारमा सामुदायिक विद्यायले न्यूनतम ७५ हजारदेखि बढीमा ६ लाख ८३ हजार रुपैयाँसम्म रंगरोगनका लागि बजेट प्राप्त गरेका छन् । 

बजेट अभावमा वर्षौदेखि रंगरोगन हुन नसकेका सामुदायिक विद्यालय यतिबेला रंगरोगनपछि चिटिक्क देखिएका छन् । सामुदायिक विद्यालयलाई एउटै रंगरोगन गरेर एकरुपता दिनेमा तिलोत्तमा यस क्षेत्रकै पहिलो स्थानीय तह हो ।

‘हामीले चालू आर्थिक वर्षलाई सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधार वर्षको रुपमा लिएर विभिन्न कार्यक्रम सञ्चालन गर्दैछौं । रंगरोगन पनि यहीँ कार्यक्रमअन्तर्गत भएको हो,’ नगर प्रमुख बासुदेव घिमिरेले भने, ‘सामुदायिक विद्यालय पनि चिटिक्क राम्रा हुन्छन् है भन्ने सन्देश पनि दिन खोजिएको हो ।’ 

जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद पौडेलले रंगरोगनले विद्यालयलाई आकर्षक देखाएको बताए । नगर शिक्षा समिति सदस्यसमेत रहेका प्रअ पौडेलले कात्तिक महिनासम्म भ्याउने गरी नगरका सबै विद्यालयमा रंगरोगनको काम भइरहेको जानकारी दिए । 

रंगरोगनपछि विद्यालयमा भौतिक निर्माण र त्यसपछि मन्टेश्वरी शिक्षालाई थप प्रभावकारी बनाउन सबै विद्यालयमा शैक्षिक सामग्री उपलब्ध गराउने नगरपालिकाको योजना रहेको शिक्षा उपसचिव ज्ञवालीले बताए । तिलोत्तमा नगरपालिकाले यो वर्ष दरबन्दी नभएका विद्यालयलाई नगरको तर्फबाट प्रचलित स्केलअनुसार तलब दिने गरी १३ जना शिक्षक नियुक्त गरेको छ । यसरी नियुक्त गरिएका शिक्षक मावि र निमावि तहका छन् । 

सामुदायिक विद्यालयमा आकर्षण बढाउन नगरपालिकाले सामुदायिक विद्यालयको पूर्वप्राथमिक तह (मन्टेश्वरी) मा अध्ययनरत सबै र ५ कक्षासम्मका अतिविपन्न विद्यार्थीलाई खाजा उपलब्ध गराउँदै आएको छ । घरबाटै खाजा ल्याउन प्रोत्साहन गर्ने गरी ५ कक्षासम्मका सबै विद्यार्थीलाई ‘टिफिनकारी’ पनि नगरपालिकाले उपलब्ध गराएको छ ।

चालू आर्थिक वर्षमा सामुदायिक विद्यालयलाई यातायात सेवा सञ्चालन गर्नसमेत बजेट विनियोजन गरिएको छ । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारले मात्र सबै बालबालिकाको सहज शैक्षिक पहुँच स्थापित हुन्छ भन्ने मान्यताका आधारमा विभिन्न कार्यक्रम अघि सारिएको नगर प्रमुख घिमिरे बताए । 

नगरपालिकाले अत्यन्त न्यून पारिश्रमिकमा पढाउँदै आएका बाल विकासका शिक्षकका लागि थप ३ हजार रुपैंयाँ उपलब्ध गराएको छ ।

नगरपालिकाले मावि तह सञ्चालनमा रहेका २० विद्यालयमा विद्युतीय हाजिरी शुरू गरेको छ । नगर प्रमुख घिमिरेले आफूले प्राप्त गर्ने पारिश्रमिकसमेत सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीको छात्रवृत्तिमा खर्चिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x