×

NMB BANK
NIC ASIA

धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रिँदै

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

महेन्द्रनगर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि अनिश्चितकालीन धर्नामा बसेका उनका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रेको छ ।

Sagarmatha Cement
Muktinath Bank

हत्या भएको १ सय १२ दिन बितेपनि हत्यारा पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ्य अवस्था बिग्रेको हो । उनका आफन्तसहित स्थानीयले अपराधी सार्वजनिक गर्नुपर्ने माग राख्दै कात्तिक २५ गतेदेखि धर्नामा बसेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगातार ५ दिनदेखि भोकभोकै धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रेपछि बिहीवार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेको थियो । निर्मलाका बुवा यज्ञराज, आमा दूर्गा र कान्छीआमा लक्ष्मीको स्वास्थ्य परीक्षण गरिएको हो ।


Advertisment
Nabil box
Kumari

महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले तीनै जनाको स्वास्थ्य अवस्थामा खराब हुँदै गएको जानकारी दिए । उनका अनुसार बुवा यज्ञराजको ‘ब्लड प्रेसर’ कम हुँदै गएको छ । खाना कम खाने भएकाले यज्ञराजको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको डा. बोहराले बताए । 

Vianet communication
Laxmi Bank

डा. बोहराका अनुसार यज्ञराजको घाँटीमा समेत समस्या देखिएको छ । रगत परीक्षणको रिपोर्ट आएपछि उनलाई थप उपचारका लागि अस्पतालमै लैजाने वा धर्नास्थलमै उपचार गर्नेबारे पछि मात्रै थाहा हुने बताइएको छ ।

उनकी आमाको ‘ब्लड प्रेसर’ कम र कान्छी आमाको बढी भएको देखिएको छ । उनीहरू दुवैको पनि स्वास्थ्य अवस्था कमजोर भएको छ । खाना कम खाने, चिसोमा अनसन बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकको भनाई छ ।

निर्मलाका परिवारजनले न्याय नपाउन्जेलसम्म धर्ना जारी राख्ने अडानमा छन् । निर्मलाकी आमा दूर्गाले स्वास्थ्य अवस्था बिग्रेपनि धर्ना नतोड्ने बताइन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी सहितका सुरक्षा प्रमुखले समेत पन्त परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x