डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका डिएसपी धरौटीमा रिहा

कात्तिक २९, २०७५

काठमाडौं– डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका नायव उपरीक्षकलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ । 

महानगरीय प्रहरी बृत्त बौद्धका तत्कालीन प्रमुख श्याम कुमार राईलाई बिहीवार विशेष अदालतले १ लाख ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । 


ADVERTISEMENT

न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोकुमार श्रेष्ठ वैधको इजलाशले राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

व्यवसायीसँग सोनी कम्पनीको टिभी घुस मागेका राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यकक्षबाट पक्राउ गरेको थियो । सोनी कम्पनीको टिभी आफैंले किनेर ल्याएका राईले व्यवसायीसँग टिभीको मूल्य बराबरको रकम १ लाख ४० हजार रुपैयाँ लिएका थिए । 

अख्तियारले बुधवार मात्रै राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

कात्तिक २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस