कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कात्तिक २९, २०७५
मेलम्ची– सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् ।
आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर खुला गरेकै दिन नगरपालिकाले आयोजनाविरुद्ध उजुरी दिएको हो । आयोजना शुरु गर्दा प्रभावित क्षेत्रमा विभिन्न सहयोग गर्ने लिखित प्रतिबद्धता गरे पनि हालसम्म आयोजनाले कुनै काम नगरेकाले उजुरी दिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताP ।
नगरप्रमुख शेर्पासहितको टोलीले आयोजनाका निर्देशक मणिराम काफ्ले, कम्पनी सचिव टोमलाल सुवेदी, प्रमुख सुनिलकुमार लामा र डिजाइनर विजयलाल श्रेष्ठविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको छ । नगरपालिकाले आयोजनाका अख्तियार प्राप्त सबैलाई बोलाएर आयोजना शुरु हुँदाका बखत प्रभावित क्षेत्रका बासिन्दासँग गरेका लिखित प्रतिबद्धता पूरा गराउन प्रशासनलाई आग्रह गरेको छ ।
आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासीलाई सहयोग गर्न आयोजना कार्यान्वयन सरोकार समिति गठन गरेर कार्यविधिसमेत बनाएर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । सरोकार समितिका संयोजकमा नगर प्रमुख शेर्पा स्वयम् रहेका छन् । सरोकार समिति र स्थानीय सरकारले पटकपटक लिखित आग्रह गर्दासमेत आयोजनाले प्रतिबद्धता पूरा गर्न बेवास्ता गरेको बताइएको छ ।
आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक बजेट दिएर विभिन्न विकासका काम गर्ने प्रतिबद्धता गरेको थियो । प्रतिबद्धताअनुसार हालसम्म पनि बजेट दिइएको छैन् । आयोजनाको सुरुङ मार्गसहित अन्य संरचना निर्माणका क्रममा भत्काइएका स्वास्थ्यचौकी, विद्यालयलगायत संरचनासमेत अहिलेसम्म निर्माण नगरेको वडा नं ५ का अध्यक्ष बेलबहादुर रोक्काले बताए ।
प्रजिअ कृष्णप्रसाद अधिकारीले दुवै पक्षलाई छलफलमा बोलाउने तयारी गरिएको बताए । जिल्लाको हालसम्मकै ठूलो जलविद्युत् आयोजना मध्यभोटेकोशीले हालसम्म ३० प्रतिशत मात्र काम सकेको छ । सन् २०१३ मा निर्माण शुरु भएको सो आयोजना व्यवस्थापकीय कमजोरीका कारण गति लिन नसकेको स्थानीयवासीको आरोप छ ।
साढे १४ अर्बको लगानीमा निर्माण हुने उक्त आयोजनालाई चाहिने आवश्यक पूँजीका लागि कर्मचारी सञ्चयकोषसँग यसअघि नै ऋण सम्झौता भइसकेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...