×

NMB BANK
NIC ASIA

नक्सा पासै नगरी ठडिए त्रिविका भवन, प्रेम सम्बन्धले गुम्यो मन्त्री पद

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भवन निर्माण संहिता र पुनर्निर्माण प्राधिकरणको नियम उल्लघंन गर्दै २०७२ को भूकम्पपछि नक्सा पास नगरिकनै दर्जन ठूला भवन बनाएको भेटिएको छ । कीर्तिपुर नगरपालिकामा पर्ने विश्वविद्यालय हातामा निर्मित ती भवन न त नगरपालिकामा दर्ता गरिएका छन् न नक्सा पास नै । 

Muktinath Bank

यतिसम्म कि उपकुलपति तिर्थ खनियाँ त्रिवि आफैं स्वायत्त संस्था भएकाले अरु निकायको लागू नहुने तर्क गर्छन् । उनको यस्तो तर्क प्रति अन्य सम्बन्धित निकायले आपत्ति जनाएका छन् । भूकम्पले क्षति र्पुयाएका साविक भवनलाई यथावत् राखी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा नयाँ भवन बनाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षाध्यक्षको कार्यालय, त्रिवि मुख्य प्रवेशद्वार, एग्रो बायोमेटेरियल भवन, सेवा आयोगको द्वार तथा ग्यारेज र सूचना प्रविधि केन्द्रको भवन बनिसकेका छन् । उपकुलपति कार्यालय, व्यवस्थापन डिन कार्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, डिन कार्यालयहरूको परीक्षा, शिक्षण अस्पताल बेसिक साइन्स, स्कुल अफ म्याथमेटिकल साइन्सेस भवन बन्दै छन् । 


Advertisment
Nabil box
Kumari

भोटाहिटीमा ललितकला क्याम्पसको भवन पनि निर्माण भइरहेको छ । यी सबै भवनको नक्सा पास छैन ।, कान्तिपुरमा खबर छ ।

Vianet communication
Laxmi Bank

शनिबार बस्ने कांग्रेस बैठकले नेविसंघको विधान पारित गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर १ गते बस्ने तय भएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान पारित गर्ने कार्यसूची रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेविसंघको वर्तमान कार्यसमितिको समयावधि गत भदौमा समाप्त भएर तीन महीना थप गरिएको समय पनि आगामी मंसिर २ गते सकिँदैछ । दुईवर्षे कार्यकालका लागि संघको ११औँ महाधिवेशन विसं २०७३ भदौ २ गते भएको थियो ।

बैठकले सङ्घको विधान पारित गरी १२औँ महाधिवेशन तय गर्न आवश्यक निर्णय लिने पार्टी कार्यालयले जनाएको छ । यसबाहेक पार्टीको विधान संशोधन मस्यौदा सम्बन्धमा समेत छलफल हुने बताइएको छ । 

मन्त्रिपरिषद्का निर्णय ५ दिनपछि सार्वजनिक 
सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै बैठकले राजश्व न्यायाधीकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनाका साथै कर्मचारी समायोजन विषयका व्यवस्था गर्न बनेको अध्यादेश २०७५ मा लोकसेवा आयोगको परामर्श माग गर्ने प्रस्ताव स्वीकृत गरेको जानकारी दिए ।

यसैगरी विभिन्न मन्त्रालयमा चालू परियोजनाको काममा तीव्रता दिने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपक्षी विकास, भौतिक पूर्वाधार तथा यातायात एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
 
बैठकले नेपाल ट्रष्टका नाममा तत्कालीन राजा वीरेन्द्रसहित परिवारका नाममा रहेका काठमाडाँै महानगरपालिका वडा नं १३ कमलादी र मध्यपुरथिमि नगरपालिकामा रहेका  ७१ रोपनी जग्गा कायम गर्ने निर्णय गरेको छ । 

बैठकले इजरायलका लागि नेपालका आवासीय राजदूत तथा साइप्रसका लागि गैरआवासीय राजदूत निरञ्जनकुमार थापालाई तीन हप्ताको तयारी म्याद दिई फिर्ता बोलाई रिक्त पदमा काठमाडौँकी डा अञ्जना शाक्यलाई नियुक्त गर्न सिफारिश गरेको छ । 

बैठकले मलेसियाका लागि आवासीय तथा इण्डोनेसिया र ब्रुनाइ दारुसलामका लागि गैरआवासीय राजदूतमा पूर्वराजदूत उदयराज पाण्डे, गणतन्त्र भारतका लागि आवासीय तथा अफगानिस्तान र भूटानका लागि गैरआवासीय राजदूतमा पूर्वमन्त्री तथा पूर्वराजदूत नीलाम्बर आचार्य र  संयुक्त अरब इमिरेट्सका लागि आवासीय राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई पनि सात दिनको म्याद दिई मन्त्रालयमा फिर्ता बोलाउने निर्णय  बैठकले गरेको छ । 

बैठकले नेपालको पूर्वपश्चिम सडक राजमार्ग (कमला–कञ्चनपुर खण्ड) सुधारका लागि एशियाली विकास बैंकले उपलब्ध गराउने १८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, एडिबीका तर्फबाट डिजास्टर रिजिलियन्स अफ स्कूल्स प्रोजेक्टका लागि १४८ मिलियन ऋण र १५ मिलियन अनुदान गरी कूल १६३.९ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारका विषयको संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न तथा प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापन निर्धारण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्ले आफ्ना निर्णय जनतासामु पु¥याउन पत्रकार सम्मेलनको शुरुआत गरेको बताए ।

प्रेम सम्बन्धले गुम्यो मन्त्री पद
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । 

त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो । यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको थियो । तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ ।  
यसमा नेकपाभित्रको गुटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् । उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो ।, नयाँ पत्रिकामा खबर छ ।

सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो
राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको हो ।
       
राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदातलको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइका लागि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

अमेरिका जाने बढे
उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीन वर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको सङ्ख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो । 

“लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली विद्यार्थी बढेका छन् जुन अहिले १३ हजार २७० पुगेको छ । अमेरिका विद्यार्थी पठाउने पच्चीस देशमा रहेको नेपाल अहिले १० औँ स्थानमा उक्लिएको छ”, प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनअनुसार अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या १० लाख नाघेको छ ।

स्टार एसियन मिटलाई ५० हजार जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्य अनुज्ञापत्र नलिई कारोबार गरेको भन्दै शोभाभगवतीस्थित स्टार एसियन मिट प्रोडक्ट प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ । विभागको टोलीले बिहीबार गरेको अनुगमनका क्रममा सो मिट प्रोडक्टले प्यान÷भ्याटमा दर्ना नगरेको र मूल्यसूची नराखेको पाइएको थियो ।

उक्त मिट प्रोडक्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (ग) अनुसार तत्कालै  रु ५० हजार जरिवाना गरी कारोबार रोक्का गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

अवैध औषधि पसल छ्यापछ्याप्ती 
भक्तपुर नगरपालिका बजार अनुगमन समितिले भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक, लान्चाफल्चा (भत्केको पाटी) र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा सबै पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो । 

अनमोल फर्मेसी, पार्वती फर्मेसी, विश्वास फर्मेसी एण्ड क्लिनिक, च्याम्हासिंह मेडिकल हलमा अनुगमन गरेको थियो ।

ब्याडमिन्टन–आर्मीका तीन खेलाडी अन्तिम चारमा
त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, रुकेश महर्जन र नवीन श्रेष्ठ विजयी हुँदै आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता–२०७५ को पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको प्रतियोगितामा सेनाका रत्नजित तामाङले पुलिसका नीरविक्रम देवकोटालाई २१–१७, २१–१८ ले पराजित गर्दै सेमिफाइनलम पुगेको हो  । 

सेमिफाइलनमा तामाङले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्नेछन् । त्यस्तै रुकेशले पुलिसका विष्णु कटुवाललाई २१–१६, २१–१९ ले पाखा लगाए । यस्तै सेनाका अर्का खेलाडी नवीन श्रेष्ठले भोजपुरका विकास श्रेष्ठलाई २१–१९, २१–११ ले पन्छाए । श्रेष्ठले फाइनल प्रवेशका लागि एपिएफका दिपेश धाँमीको सामना गर्नेछन् । दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१६, २२–२० ले पराजित गरे ।
    
महिला एकलतर्फ नेपाली सेनाका दुई र एपिएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । खेलमा सेनाका नङ्गशल देवी तामाङले बाँकेकी सम्झना शर्मालाई २१–१२, २१–८ ले पछाडि पार्दै सेमिफाइनलमा स्थान बनाउन सफल भइन् । तामाङले फाइनल प्रवेशका लागि एपिएफकी शोभा गौचनको सामना गर्नेछिन् ।
     
शोभाले सेनाकी अनुमाया राईलाई २१–१७, २१–१९ ले पन्छाइन् । यस्तै सेनाकी रशीला महर्जनले गत सातौँ संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छिन् । रशीलाले सेनाकै रञ्जना भट्टलाई २१–१४, २१–१३ तथा जेशिकाले सेनाकी अमिता गिरी माथि १९–२१, २१–१५ र २१–११ को जित निकाले ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x