×

NMB BANK
NIC ASIA

गायक अर्जुन सुनामका दर्जनौं गीत अब एकै साँझमा

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सुमधुर आवाजले श्रोता र दर्शकको मन जितेका गायक अर्जुन सुनामका दर्जनौं गीतहरु अब एकै साँझमा हेर्न र सुन्न पाईने भएको छ । सुनामका गीतहरु चर्चित र लोकप्रिय बने पनि उनी स्वयं पर्दामा भने त्यति देखिदैनन् ।
तर अब उनी ‘अर्जुन सुनाम सुमधुर साँझ’मा गुन्जिने भएका छन् । आगामी मङ्सिर ८ गते काठमाडौंको राष्ट्रिय नाचघरमा गायक अर्जुन सुनाम एकल प्रस्तुतिसहित प्रस्तुत हुने भएका हुन् । सत्यावती कला केन्द्रको व्यवस्थापनमा हुन गइरहेको अर्जुन सुनाम सुमधुर साँझका बारेमा बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । 

Sagarmatha Cement
Muktinath Bank

सुर्खेतमा बुलबुले ताल चौतारीमा भेट भयो यो साल, तिम्रै झल्को लाउछ मेरी निरमाया, कहाँ पुग्यौ नेटो काटी मलाई ढाटी गाको मान्छे, राम कसम, तिम्रै यादमा रात काट्छु जस्ता थुप्रै गीत उनले गाएका छन् । कैलालीको लम्की चुहा नगरपालिकामा जन्मिएर विगत पन्ध्र वर्ष अघिदेखि संगीत क्षेत्रमा सक्रिय रहेका अर्जुनले २०५९ मा रेडियो नेपाल सुर्खेत प्रसारणबाट औपचारिक रुपमा गायन सुरुवात गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्र ‘बन्धकी’को ‘सुर्खेतको बुलबुले ताल’बोलको गीतबाट चर्चामा आएका गायक अर्जुन सुनामले ‘अर्जुन सुनाम सुमधुर साँझ’को अवसरमा झण्डै डेढ दर्जन गीत सुनाउनेछन् । सरस्वती मिडिया फिल्मस्को आयोजना तथा सत्यवती कला केन्द्रको व्यवस्थापनमा हुने कार्यक्रममा अर्जुनले ‘सलल बगेको भेरी नदी’, ‘कहाँ पुग्यौ नेटो काटी’, ‘तिम्रै यादमा’, ‘राम कसम’ र ‘तिम्रै झल्को आउँछ मेरी निरमाया’ लगायतका गीत सुनाउनेछन् । कार्यक्रम संयोजक उदिराम खड्काले कार्यक्रमबाट संकलन हुने रकमको केही प्रतिशत हिस्सा रक्तक्यान्सर पीडित बिरामी पूर्णकुमार श्रेष्ठलाई प्रदान गरिने बताए ।


Advertisment
Nabil box
Kumari

सांगीतिक करियरकै पहिलो एकल साँझमा गुञ्जिन लागेका अर्जुन कार्यक्रम प्रति उत्साहित छन् । ‘एउटा कलाकारका लागि एकल साँझ महत्वपूर्ण हुँदो रहेछ । एकल साँझका लागि उमेर पनि बुढो हुनुपर्ने सोचाईलाई चुनौति दिँदै बुढो हुनु भन्दा अघि नै एकल साँझ गर्न लागेको हुँ,’१५ वर्षदेखि दोहोरी साँझमा गीत गाइरहेका गायक सुनामले बिहीबार पत्रकारमाझ भने,– ‘सबै किसिमका गीत सिक्ने स्थान दोहोरी साँझ नै हो । एकल साँझमा चाहिँ म आधुनिक र लोक शैलीका गीत सुनाउनेछु ।’

Vianet communication
Laxmi Bank

बहराइन र मलेशियामा लामो समय बसेका अर्जुनले त्यहाँका गजलबारेमा पनि गीत गाएका छन् । ‘कहिलेकाँही नेपाल आउँदा गीत रेकर्ड गराएर उतै फर्किने बानीले गर्दा धेरै श्रोताले मलाई चिन्न सक्नुभएन । मेरो गीत मनपराउनुभयो तर मलाई नै चिन्नु भएन । त्यसकारण पनि यो एकल साँझ आम श्रोता दर्शकलाई चिनाउनका लागि माध्यम बन्नेछ,’उनले भने ।

कार्यक्रममा नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, चाँदनी रोधीनाचघरका संचालक प्रकाश कोके गुरुङ, गायिका सुनिता दुलाल, कलाकार नन्दा बस्याल लगायतले शुभकामना मन्तव्य दिँदै कार्यक्रमलाई सफल बनाउन सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रममा गायिका दुलालले आफ्नो तर्फबाट २० हजार र कलाकार नन्दा बस्यालले २५ हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एकल साँझमा अतिथि कलाकारहरु संगीता राना प्रधान, बीबी अनुरागी, रिमा गुरुङ होडा, शर्मिला गुरुङ, टिका पुन, जुनु रिजाल र चन्दा विश्वकर्मा रहने छन् भने प्रेम अर्याल, सुनितामी परियार, प्रनिल तामाङ र पुष्पा बोहराले अर्जुनलाई गायनमा साथ दिनेछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x