×

NMB BANK
NIC ASIA

डुबान र बाढीबाट सुरक्षित रहन मौसमी राडार

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत-  डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ । 

जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो । राडारबाट बाढी, पहिरो र डुबानजस्ता विपद्बारे सर्वसाधारणले पूर्व सूचना पाउनसक्ने भएका छन् । 

बाढीपहिरो, डुबानले पश्चिम क्षेत्रमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पुर्याउने भएकाले पूर्व सतर्कताका लागि नमूनाका रुपमा उक्त स्थानमा राडार जडान गरिएकोे हो । रातानाङला समुद्री सतहबाट दुई हजार २४४ मिटर उचाईमा छ । मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयका अनुसार राडारले दुई सय किमी दूरीसम्मको मौसम र त्यसले निम्त्याउन सक्ने जोखीमबारे पूर्वानुमान गर्नेछ । 

कार्यालय प्रमुख निराजन सापकोटाले पाँच नम्बर, कर्णाली र सुदुरपश्चिम प्रदेशका साथै छिमेकी मुलुक भारतका केही भूभागमा समेत राडारले सङ्केत गर्ने बताउनुभयो । “कहाँ, कति वर्षा भयो, कति हुँदैछ भन्ने सूचना प्राप्त हुन्छ । बाढीबाट सर्वसाधारणलाई जोगाउन मद्दत पुग्नेछ” उहाँले भन्नुभयो, “पानीको विश्लेषण गर्न सकिने हुँदा हवाई उड्डयनका लागि पनि मौसमी राडार उपयोगी मानिएको छ ।” 

विश्व बैंकको सहयोगमा रु २६ करोडको लागतमा राडार जडान गरिएको हो । मध्य क्षेत्रको पाल्पा र पूर्वको उदयपुरमा पनि यसप्रकारको राडार जडान गर्ने सरकारको तयारी छ । उक्त विभागले मातहतका निकायलाई प्रादेशिक संरचनामा लैजाने क्रममा सुर्खेतस्थित क्षेत्रीय कार्यालय कोहलपुर स्थानान्तरण गर्ने भएपछि राडार सञ्चालनमा समस्या देखिएको छ । राडार जडान भए पनि आवश्यक कर्मचारी नहुँदा अन्य प्रविधिक काम भने अधुरो छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x