×

NMB BANK
NIC ASIA

कांग्रेसका भ्रातृ संगठनहरुको विजोग–नेविसंघ विघटनको संघारमा, चार पदाधिकारीमै सीमित तरुण दल

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-  नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलको दुईवर्षे कार्यकाल चार पदाधिकारीमै सीमित बनेको छ । 

Sagarmatha Cement
Muktinath Bank

तेस्रो महाधिवेशन भएको १० वर्षपछि विसं २०७३ कात्तिक २७ देखि २९ सम्म पोखरामा सम्पन्न महाधिवेशनबाट चार पदाधिकारी सर्वसम्मत चयन भएपछि केन्द्रीय समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । विधानअनुसार तरुण दलको कार्यकाल तीन वर्ष रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरामा सम्पन्न चौथो महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि हालसम्म पनि केन्द्रीय कार्यसमितिले पूर्णता पाउन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

पार्टीको तरुण दल हेर्ने गरी दलका पूर्वअध्यक्ष एवं काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा पार्टी केन्द्रीय सदस्यहरू रामकृष्ण यादव, महेन्द्र यादव, सरीता प्रसाईँ, सुरेन्द्रराज पाण्डे, उमाकान्त चौधरी, हृदयराम थानी, शङ्कर भण्डारी र विश्वप्रकाश शर्मा सदस्य रहनुभएको थियो । 

Vianet communication
Laxmi Bank

पार्टी निर्देशन समितिका संयोजक खाँणले तरुण दलको केन्द्रीय कार्यसमिति विस्तारको बारेमा पार्टीभित्र कुनै गृहकार्य र छलफल नभएको बताउनुहुन्छ । 

“तरुण दलको दुई वर्ष पहिला पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन हुनुभएका पदाधिकारीले तरुण दलले गर्ने हरेक काम र सरकारको जनविरोधी कार्यको खिलाफमा काम गरिरहेका छन्, कार्यसमिति विस्तार गर्ने कुरामा पार्टीभित्र कुनै छलफल भएको छैन”, उहाँले भन्नुभयो । 

तरुण दलका अध्यक्ष बस्नेतको नेतृत्वमा विसं २०७४ माघ ४ गते बसेको पदाधिकारी बैठकले पार्टीलाई चाँडो कार्यसमिति विस्तार गर्न आग्रह गर्ने निर्णय गरे पनि सो निर्णय अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । 

तरुण दलका महासचिव शाहीले तरुण दलले कार्यसमिति विस्तारको बारेमा पटक–पटक पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराए पनि विस्तार हुननसकेको बताउनुभयो । 

चार पदाधिकारी चयन भएपछि तरुण दलले सङ्गठन निर्माणका लागि हरेक प्रदेश, जिल्ला, स्थानीय तह र वडाका तरुण युवाहरूलाई प्रशिक्षण दिइसकेको छ । ६१ सदस्यीय कार्यसमिति रहेको तरुण दलमा ७५ वा ९५ कार्यसमिति बनाउने भन्ने बारेमा समेत अहिलेसम्म निर्णय भएको छैन । 

विसं २०१० कात्तिक १० गते विश्वेश्वरप्रसाद कोइरालाले युवाहरुलाई एकजुट गर्न तरुण दलको स्थापना गर्नुभएको थियो । सोही समयमा तत्कालीन सरकारले कोइरालालाई गिरफ्तारसमेत गरेका थियो । 

यसैगरी, नेपाली काङ्ग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण निर्वाचन अन्योलमा परेको हो । 

नेविसङ्घको महाधिवेशन भएको दुई वर्ष तीन महीना बित्न केही दिन बाँकी रहँदा पार्टीले विधान र उमेरको हदबारे टुङ्गो लगाउन नसक्दा निर्वाचन महाधिवेशन अनिश्चित बन्दै गएको हो । नेविसङ्घको विधान र उमेरहदबारे छलफल गर्न भोलि मङ्सिर १ गते शनिबार काङ्ग्रेसले बैठकसमेत आह्वान गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x