कविता लेख्ने मशिन बनाए यी इजरायली कविले

कात्तिक ३०, २०७५

काठमाडौं — कविता र प्रविधि दुई नितान्त भिन्न कुरा जस्तो लागेपनि इजरायली कवि एरान हदासले सफ्टवेयर अल्गोरिदममार्फत कविता लेख्ने गरेका छन् । 

हदास कविका साथै सफ्टवेयर डिभेलोपर पनि हुन् र उनले हाइपरमिडिया कविता रच्ने गरेका छन् । 

तेल अभिभमा बस्ने हदास कम्प्युटरमा आधारित कविता सर्जक बनाएर प्रसिद्ध भएका हुन् । अग्मेन्टेड पोएट्री सिर्जना गर्नका लागि इन्टरनेटलाई प्रयोग गर्छ कविता सर्जक मशिनले । उनले ब्रेनवेभ अर्थात् मस्तिष्क तरंगबाट कविता
सिर्जना गर्ने हेडसेट र मानिससँग अन्तर्वार्ता गर्न सक्ने रोबोट पनि बनाएका छन् । 

हदासले प्रविधि र लेखनसम्बन्धी सातवटा पुस्तक लेखेका छन् । उनले विकी भर्जन बनाएका छन् जसबाट पाठकहरू वेबसाइटमा प्रवेश गरेर कवितालाई परिवर्तन गर्न सक्छन् । 

उनी तेल अभिभ विश्वविद्यालयमा अध्यापन गर्छन् र त्यहाँ उनले कला, कम्प्युटर विज्ञान र डिजिटल संस्कृतिलाई कसरी एकत्रित गर्ने भनी सिकाउँछन् ।

एजेन्सी


ADVERTISEMENT

कात्तिक ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस