×

NMB BANK
NIC ASIA

विराटनगरमा आरोहण गुरूकूल बन्दै, नाटकका गतिविधिमा बृद्धि

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – विराटनगरमा रहेको आरोहण गुरूकूलको निर्माणको काम तीब्र भएको छ ।

Muktinath Bank

भारतीय दूतावासको सहयोगमा विराटनगर महानगरपालिकाले आरोहण गुरुकूलको निर्माण तीब्र पारेको हो । करीब ३ सय ७० जना बस्ने क्षमताको नाटक घरको निर्माणको कामलाई समयमा नै सक्ने भनिएपनि निर्धारित म्याद गुज्रिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पछिल्लो समयमा आएर आरोहण गुरुकूलको कामलाई तीब्र पारिएको हो । महानगरपालिकाका इन्जिनियर गोपाल पोख्रेलले नाटक घरको काम पछिल्लो समय तीब्र पारिएको बताए ।


Advertisment
Nabil box
Kumari

खुस्बु निर्माण सेवा विराटनगरले ३ करोड ५४ लाख ८० हजार रुपैयाँमा नाटक घर निर्माणको ठेक्का लिएपछि अहिले निर्माणको कामले तीब्रता पाएको छ । महानगरले नाटक घर निर्माणका लागि ३ करोड ५५ लाख ६१ हजार ९ सय ८८ रुपैयाँको स्टिमेट गरी टेन्डर आह्वान गर्दा ठेकेदारले ० दशमलव २३ प्रतिशत कममा ठेक्का स्वीकारेको थियो ।

Vianet communication
Laxmi Bank

नाटक घरको निर्माण कार्यलाई १ तला उठाएर बस्ने सिँढी बनाउने काम भइरहेको छ । साहित्य, कला, संस्कृतिको केन्द्र मानिएको विराटनगरमा नाटक घरको अभावमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नाटक महोत्सवमा समस्या हुँदै आएको थियो । साँघुरो ठाउँ हुँदा कोचिएर दर्शकलाई नाटक हेर्दा निकै अप्ठ्यारो हुने गरेकोमा नाटक घरको निर्माणपछि समस्या समाधान हुने आरोहण गुरूकूलका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

करीब ७ वर्षअघि निर्माण भएको सुशिला कोइराला नाटक घरमा २ सय ४० जना मात्र अट्न सक्ने क्षमता छ । हाल निर्माण थालिएको नयाँ नाटक घरमा ३ सय ७० जना अट्ने अध्यक्ष क्षेत्रीले जानकारी दिए । गुरूकूलको प्राङ्गणमा रहेको जग्गाको पछाडि होस्टेल निर्माण गर्ने तयारी भएको छ । विराटनगर महानगरले उपलब्ध गराएको १२ कट्टा जग्गामा १२ वटा कोठा भएको २ वटा भवन र शुशिला नाटक घर छ ।

गुरूकूलले मुलुकका लागि सफल रंगकर्मी उत्पादन गर्न सफल भएको छ । मेयर भीम पराजुलीले विराटनगरको १ मात्र धरोहर साँघुरो हुँदा आफैं दूतावास धाएर गुरूकूल निर्माणको लागि काम भइरहेको बताए । पराजुलीले साहित्य, कला, संस्कृति क्षेत्रको विकासका लागि बन्दै गरेको नाटक घर कोशेढुंगा सावित हुनेछ ।

तर निर्धारित समयमा नै सकिनुपर्ने गुरूकूल निर्माणको काम भने विभिन्न कारणले म्याद गुज्रिएको छ । सन् २०१७ डिसेम्बर २० मा शुरू भएको काम १५ सेप्टेम्बर २०१८ सम्म सक्ने गरी २०१७ जुन ५ मा सम्झौता भएको थियो । तर सम्झौतामा उल्लेख भए अनुसारको समयलाई आधार मान्ने हो भने १ महिना ढिला भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x