अनौठो रोग– महिलाको पेटबाट निकालियो डेढ किलो मंगलसूत्र, चुरा र किला !

कात्तिक ३०, २०७५

मानसिक रुपमा बिरामी एक महिलाको पेटको अप्रेशन गर्दा डाक्टरहरु छक्क परे । अप्रेशनको क्रममा उनको पेटबाट करिब डेढ किलो वजनको मंगलसूत्र, चुरा तथा फलामका किला निकालिएको थियो । 

घटना भारतको हो ।   


ADVERTISEMENT

एक डाक्टरका अनुसार करिब ४५ वर्षीया महिला संगिताको एकुफेजिया नाम गरेको एक दुर्लभ विकृतिबाट ग्रस्त छन् जसको कारण व्यक्तिले धातुबाट बनेका चिजहरु खान थाल्छन् । 

अस्पतालका डाक्टर नितिन परमारका अनुसार करिब २ घन्टा चलेको अप्रेसन पछि महिलाको पेटबाट फलामको किला, नट बोल्ट, सेफ्टी पिन, मुखमा लगाउने पिन, चुरा, सिक्री तथा मंगलसूत्र लगायका सामान निकालिएको थियो । एक सरकारी मानसिक चिकित्सालयबाट महिलालाई अस्पताल ल्याइएको थियो । 

डाक्टर परमानरका अनुसार उनको पेटमा दुखाइभएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइएको समयमा उनको पेट ढुंगा जस्तो साह्रो थियो । एक्सरेबाट उनको पेटमा केही बाहिरी पदार्थ भएको देखिएको थियो । 

डाक्टरका अनुसार एकुफेगिया बिरामीबाट ग्रस्त व्यक्ति फलाम तथा धातुबाट बनेका बस्तुप्रति आकर्षित हुन्छन् र त्यसलाई खान्छन् । उनले खाएको किलाका कारण आन्द्रहरुमा घाउँ भएका र केही पिन दबेको अवस्थामा पाइएको थियो । 
 

कात्तिक ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस