×

NMB BANK
NIC ASIA

स्वदेशी कफीको माग बढ्दो, देशभर वार्षिक ५१३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ । 

Sagarmatha Cement
Muktinath Bank

पछिल्लो तथ्याङ्कअनुसार देशभर वार्षिक ५१३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन भएको देखिन्छ । गत वर्षको तुलनामा यो करीब १० प्रतिशतको वृद्धि हो । गत वर्ष ४६६ मेट्रिक टन कफी उत्पादन भएको थियो । यद्यपि गत वर्षको तुलनामा कफीको निर्यात भने करीब ११ प्रतिशतले घटेको तथ्याङ्कले देखाउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोर्डको आयोजनामा भोलि मङ्सिर १ गते राष्ट्रिय कफी दिवस मनाउँदैछ । राष्ट्रिय कफी दिवसको १४औँ संस्करणसम्म आउँदा नेपालले कफी क्षेत्रमा आशालाग्दो सफलता हासिल गरेको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सोखका रूपमा मात्र उत्पादन गर्ने अवस्थाबाट विकसित हुँदै ग्रामीण कृषकको आयआर्जनको भरपर्दो स्रोतका रूपमा कफी बनेकोे छ । कफी नेपालको निर्यातजन्य कृषि उपजका रूपमा विश्व बजारमा एक छुट्टै पहिचान बनाउन सफल देखिएको छ । 

Vianet communication
Laxmi Bank

विभिन्न जिल्लामा बोर्ड तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालय र गैरसरकारी संस्थाबाट कफीको विस्तारका लागि सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभाव स्वरूप कफी रोपण क्षेत्र केही विस्तार हुँदा कफीको उत्पादन पनि बढेको हो । हाल कफीको कूल रोपण क्षेत्र २६५० हेक्टर पुगेको छ । 

बोर्डले गरेको अध्ययनबाट नेपालभर करीब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको जनाएको छ । अति उत्तम क्षेत्रलाई मात्र आधार मान्दा पनि हाल करीब चार प्रतिशत क्षेत्रमा मात्र कफी उत्पादन भइरहेको देखिन्छ । कफीको यही सम्भाव्यतालाई मध्यनजर गरी कृषि मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गुल्मी, अर्घाखाँची, प्यूठान, पाल्पा र स्याङ्जाका कफी सम्भावित क्षेत्रलाई सुपर जोनका रूपमा विकास गरी कफीमा व्यावसायिकता बढाउने प्रयास गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x