×

NMB BANK
NIC ASIA

भरतमोहन अधिकारीलाई आज विराटनगरमा अभिनन्दन गरिँदै

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आज भव्य नागरिक अभिनन्दन गरिने भएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षीय नेकपाका नेता अधिकारीको आज ११ बजे विराटनगरको बीरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो ।

Muktinath Bank

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर अधिकारीलाई नागरिक अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन समारोह समितिका संयोजक डा. भेषप्रसाद धमलाले बताए । अभिनन्दन कार्यक्रम संचालनका लागि एलिड क्लवका अध्यक्ष समेत रहेका डा. धमलाको संयोजकत्वमा ३ सय १ सदस्य मुल समारोह समिति गठन गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०४६ सालको राजनीतिक आन्दोलन अघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी २०४६ सालपछि पूर्णकालिन राजनीतिमा लागेका हुन् । ४६ सालको जनआन्दोलन अघि विराटनगरमा राजनीति जागरण ल्याउन उनले भूमिका खेलेका थिए । नाताले स्व. कृष्णप्रसाद कोइरालाका भान्जा पर्ने अधिकारीले मातृका प्रसाद कोइरालाका छोरा कमल कोइरालासँग मिलेर विराटनगरमा लामो समय ल फर्म चलाएका थिए ।


Advertisment
Nabil box
Kumari

विराटनगरमा ल फर्म संचालन गरेका बेला अधिकारीले राजनीतिक मुद्दामा पक्राउ परेका व्यक्तिहरुको पक्षमा बढी बहस गर्ने गर्दथे । बहुदलिय आन्दोलनपछि स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने कम्युनिस्ट सरकारमा अधिकारी अर्थमन्त्रीको रुपमा थिए । उनी स्वर्गीय मनमोहन अधिकारीका भाई पर्छन् । 

Vianet communication
Laxmi Bank

जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने कार्यको प्रारम्भ गर्न भूमिका खेलेका अधिकारी पछिल्लो समय राजनीतिक जीवनमा थोरै मात्र क्रियाशिल छन् । शारीरिक अवस्थाका कारण राजनीतिमा कम देएिको उनका निकट रहने बताउँछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x