×

NMB BANK
NIC ASIA

यी हुन् बारम्बार धर्म फेर्ने सेलिब्रेटी

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धर्मकर्मका कुरा यसै पनि संवेदनशील मानिन्छन् । त्यसमाथि धर्म परिवर्तनलाई ठूलै इस्युका रूपमा लिने चलन छ । यद्यपि, कुन धर्म मान्ने भन्ने कुरा व्यक्तिको निजी आस्था र निर्णयमा भर पर्ने विषय हो । विश्वका थुप्रै नाम चलेका कलाकर्मीले धर्म परिवर्तन गरेका रहेछन् । केहीले त पटक–पटक धर्म परिवर्तन गरेका पनि छन् ।

Sagarmatha Cement
Muktinath Bank

अमेरिकी र्‍यापर स्नुप डगले चारचोटि धर्म परिवर्तन गरिसके । क्रिस्चियनभित्रका ब्याप्टिजम र मोर्मनिजम अँगालेका उनी बीचमा मुस्लिम भएका थिए । अहिले उनी रस्ताफरियन (जमाइकन धर्मावलम्बी) हुन् । ‘धर्मले ममा रूपान्तरण ल्याइदिएको छ,’ उनी भन्छन्, ‘म डाकु, लुटेरा पृष्ठभूमिको मान्छे हुँ । घृणालाई घृणाले जित्नुपर्छ भन्ने लाग्थ्यो । तर, अहिले फेरिएको छु । घृणालाई मायाले जित्नुपर्दो रहेछ ।’
अभिनेता टम क्रुज, गायिका म्याडोना, गायक बब डिलन आदिले धर्म परिवर्तन गरेका छन् । क्रुजले क्याथोलिकबाट चर्च अफ साइन्टोलजी अपनाएका हुन् भने उनीसँगै बिहे गरेकी अभिनेत्री केटी होल्म्स डिभोर्सपश्चात् पुरानै धर्ममा फर्किएकी छन् । उनी इसाईभित्रकै साइन्टोलजीबाट क्याथोलिकमा फर्किएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवादहरूमा परिरहने अभिनेत्री लिन्ड्से लोहान एकपटक कुरान समातेर बसिरहेको अवस्थामा भेटिएकी थिइन् । त्यसपछि उनले आफूलाई इस्लाम धर्ममा विश्वास रहेको स्पष्ट पारिदिइन् । आफूले कुरान भने पूरै पढीनसकेको उनको भनाइ छ । लिन्ड्सेकै कान्छीबहिनी, मोडल अली लोहान भने बुद्धमार्गी हुन् ।


Advertisment
Nabil box
Kumari

म्याडोना सुरुमा रोमन क्याथोलिक थिइन् । सन् १९९६ मा धर्म परिवर्तन गरेर उनी यहुदी (काबाला) भइन् । आफूले कुरानसमेत पढ्ने गरेको उनी बताउँछिन् । गायक माइकल ज्याक्सनले धर्म फेरेर इस्लाम अँगालेका थिए भने अभिनेत्री मेरिलिन मुनरो विवाहपश्चात् यहुदी बनेकी थिइन् । उनी सुरुमा इसाई थिइन् ।

Vianet communication
Laxmi Bank

ओस्कार अवार्ड जितेकी अभिनेत्री जुलिया रोबट्र्सलाई हिन्दु धर्मले आकर्षित गरेछ । सन् २०१० मा भारत आएका बेला उनले गुरु थापीवरी धर्म परिवर्तन गरेकी थिइन् । अमेरिका फर्केपछि पनि उनी निरन्तर मठमन्दिर गइरहने गरेकी छन् । ‘म निकै बिग्रिएकी थिएँ,’ उनी भन्छिन्, ‘अब सुध्रिने मार्गमा छु । अर्को जुनीमा सबैको सेवा गर्न पाऊँ ।’ अभिनेत्री सारोन स्टोनचाहिँ इसाईबाट बुद्धमार्गी भएकी छन् ।

भारतका प्रख्यात संगीतकर्मी एआर रहमान हिन्दु परिवारमा हुर्किएका थिए । सुरुमा उनको नाम एएस दिलीप कुमार थियो । बाबु बितेपछि उनको परिवार इस्लाम धर्मपट्टि लाग्यो । रोचकचाहिँ के छ भने, उनलाई दिलीप कुमारबाट एआर (अल्लाहरखा) रहमान नाम दिने मान्छे हिन्दु पुजारी थिए ।

‘बहिनीको चिना देखाउन जाँदा ज्योतिषीले मलाई अब्दुल रहमान, अब्दुल रहिममध्ये कुनै एउटा नाम राख भने,’ एआर भन्छन्, ‘रहमान मनपर्‍यो । आमाले अल्लाहरखा थपिदिनुभएको हो ।’ सुफी दर्शनमा रुचि भएकाले पनि उनले धर्म परिवर्तन गरेको बताइन्छ ।

सैफ अली खानकी आमा, वरिष्ठ अभिनेत्री शर्मिला टैगोर पनि हिन्दुबाट मुसलमान भएकी हुन् । नयाँ धर्म अपनाएयता उनलाई बेगम आयशा सुल्तान भनेर पनि चिनिन्छ । क्रिकेटरसमेत रहेका नवाब मन्सुर अली खानसँग प्रेममा परेपछि शर्मिलाले प्रेमीकै धर्म अँगालेकी थिइन् । अभिनेत्री नरगिस भने मुस्लिम धर्म त्यागेर हिन्दु अनुयायी बनेकी थिइन् । सञ्जय दत्तकी आमा नरगिसले पनि प्रेमी सुनील दत्तका खातिर धर्म परिवर्तन गरेको बताइन्छ ।

अभिनेता धर्मेन्द्रले भने हेमा मालिनीसँग विवाह गर्न छोटो अवधिका लागि धर्म परिवर्तन गरेका थिए । हिन्दु छोडेर मुसलमान धर्म स्विकारेपछि उनले हेमासँग बिहे गर्न मिलेको थियो । पहिली श्रीमतीले पारपाचुके गर्न नमानेपछि धर्मेन्द्रले इस्लाम धर्मको सहारा लिई दोस्रो विवाह गरेका थिए । नयाँ धर्म अवलम्बन गर्ने पछिल्लो पुस्ताकी अभिनेत्री हुन्, आयशा टाकिया । प्रेमी फरहान आजमीसँग बिहे गर्न उनले हिन्दु धर्म त्याग्नुपर्‍यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x