×

NMB BANK
NIC ASIA

बुटवलमा गाडी गुडाउँदा ख्याल गर्नुस्, परिएला ट्राफिकको फन्दामा

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा ‘हर्न’ निषेध गरिएको छ ।

Muktinath Bank

सवारीको चापका मुख्य शहरमा ध्वनि प्रदूषण बढेको गुनासो आएपछि बुटवललाई शनिबारदेखि लागू हुने गरी हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उपमहानगर र ट्राफिक प्रहरी कार्यालय ५ नम्बर प्रदेशको संयुक्त प्रयासमा पहिलो चरणमा बुटवललाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । प्रदेश कार्यालयले ३ वटा उपमहानगरपालिकामा (बुटवल, घोराही र नेपालगञ्जमा) हर्न निषेध गर्ने योजना बनाएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशको केन्द्र तोकिएसँगै बुटवलमा सवारीको चाप बढेका कारण ध्वनि प्रदूषण बढेको छ । ट्राफिक प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले हर्न बजाउँदा ध्वनि प्रदूषण भएकाले हर्न निषेधित क्षेत्र घोषणा गर्नुपरेको बताए । बुटवलमा सवारी साधनको चाप अत्याधिक छ । 

Vianet communication
Laxmi Bank

बुटवलको तिनाउ पुलदेखि गोलपार्क, राजमार्ग चौराह हुँदै बेस क्याम्पसम्मको नगरको एरियामा शनिवारदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । १ महिना सचेतना अभियान चलाइने छ भने त्यसपछि अटेर गर्नेलाई कारवाही गरिने छ ।

‘ध्वनि प्रदूषणबाट उत्पन्न हुने समस्याको निदान गर्न प्रथमतः हर्न नियन्त्रण, सडकको स्तरोन्नति र ट्राफिक चेतना प्रवाह गर्न जरुरी छ,’ प्रहरी उपरीक्षक चन्दले भने, ‘मानव स्वास्थ्य र भविष्य हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो ।’ धेरै सवारीले हर्न बजाउने हुँदा कुन साधनले बजाइरहेको छ भनेर थाहा पाउन पनि गाह्रो हुने गरेको ट्राफिक प्रहरी चन्द्र थापा बताए । 

यसअघि ट्राफिक प्रहरीले ध्वनि प्रदूषण नियन्त्रण गर्न ‘प्रेसर’ हर्न प्रयोग नगर्न अनुरोध गरेपनि नियन्त्रण हुन सकेको छैन । विद्यालय, अस्पताल लगायतका केही क्षेत्रलाई हर्न निषेधित तोकिएको छ । तर सवारी चालकले त्यसको पालना गरेका छैनन् । विषेशज्ञका अनुसार शहरी भागमा सवारी साधनले सय डेसिबलसम्मको ध्वनि प्रदूषण गरिरहेको छ । तर मानिसले ६० डेसिबलसम्मको ध्वनि मात्र सुन्न सक्छन् । ८० डेसिबलसम्मको ध्वनिले मानिसको ज्यानसमेत जानसक्ने विषेशज्ञ बताउँछन् ।

नेपालमा ध्वनि प्रदूषणका कारण १४ प्रतिशत मानिस बहिरोपनको समस्याबाट ग्रसित रहेको एक अध्ययनले देखाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x