×

NMB BANK
NIC ASIA

प्रशंसकको गालीमा पनि माया हुन्छ, गल्ती भए माफी माग्छु: सन्दीप लामिछाने

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौँ- “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ । प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ ।”
 
    उक्त भनाइ १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेको हो र नेपाली प्रसंशक र उनीबीचको असमझदारीका विषयमा पत्रकारहरूको प्रश्नमा उनले यी कुरा बताएका हुन् । “म हरेक खेलमा शतप्रतिशत दिने प्रयास गर्छु । मैले ठीक ठानेको कुरा अरुले ठीक नठान्न सक्छ । मलाई माया दिएकै कारण पनि गाली गरेको हुनसक्छ । प्रसंशकको गालीमा पनि माया हुन्छ । मैले नेपालले गौरव गर्नसक्ने गरी खेल्नुपर्छ ।”
 
    क्रिकेटर लामिछाने ‘सुट द्याट फिट्स’ ले आफूलाई ब्रान्ड एम्ब्यासेडोर बनाउँदा आयोजना गरेको पत्रकार सम्मेलनमा आज यहाँ बोलिरहेका थिए । इन्डियन प्रेमियर लिग (आइपिएल) २०१८ को टीट्वान्टी खेलका लागि दिल्ली डेयरडेभिल्ससँग अनुबन्धन भएका पहिलो नेपाली खेलाडी लामिछाने आइतबार खेलकै लागि संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । उनले आफू त्यसपछि नेपाल फर्कने र एभरेस्ट प्रेमियर लिगको दुई खेल खेल्नसक्ने बताए ।
 
    “त्यसपछि म बिग बास लिग (बिबिएल) खेल्न अस्टे«लिया जाँदै छु । डिसेम्बरको ५ मा बङ्गलादेश क्रिकेट लिग खेल्न त्यसतर्फ जान्छु । त्यसपछि म फेरि अस्ट्रेलिया जान्छु । अनि दुबई जान्छु । त्यसपछि नेपाल फर्कन्छु र त्यसपछि आइपिएल खेल्छु ।’’ स्याङ्जाको आरुचौरमा सन् २००० को अगस्ट २ मा जन्मेका सन्दीपले आफ्नो आगामी केही दिनको अन्तर्राष्ट्रिय खेलका लागि व्यस्तताका विषयमा बताए । पत्रकार भेटमा उनी ‘सुट द्याट फिट्स’ को सुटमा सजिएका थिए ।  
 
    कार्यक्रममा गारमेन्ट एशोशिएसन नेपालका अध्यक्ष चण्डी अर्यालले २२÷२३ वर्षसम्म मुलुकले लगानी गरिसकेपछि विदेशका कारखानामा काम गर्नुपर्ने नेपाली युवाको बाध्यताबीच ‘सुट द्याट फिट्स’ ले विदेशीका लागि नेपालमा सुट तयार गरी निर्यात गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले दुई करोड ८० लाख जनसङ्ख्यामा १८ देखि ४० वर्षका करिब ४८ लाख नेपाली विदेशमा रोजगारीका लागि गएकाले ५४ लाख प्रौढले नेपालको विकास गर्न युवा कमी हुने उल्लेख गर्नुभयो ।  
 
    ‘‘रगत, क्षयरोग, अर्बुद सबै परीक्षण गरेपछि विदेशीले नेपाली युवालाई लैजान्छन् र नेपालमा कमजोर पुस्ता बाँकी रहन्छ । यस्तो अवस्था किन बनायांै त भनी भोलिका पुस्ताले आजका पदाधिकारी अभिभावक पुस्तालाई पक्कै पनि सोध्नेछन्’’, अध्यक्ष अर्यालले गुनासो गर्नुभयो ।  
 
    ‘सुट्स द्याट फिट्स’ का कार्यकारी प्रमुख ओमभक्त योगीले सन् २००८ मा बेलायतमा निर्यात गर्न स्थापित यस संस्थाले पछिल्ला वर्षमा आयरल्यान्ड, स्कटल्यान्ड, अमेरिका तथा युरोपका अन्य मुलुकमा सुट निर्यात गरिरहेको बताउनुभयो । उहाँले चर्चित फुटबल खेलाडी डेविड बेकम, कलाकार तथा सामाजिक कार्यकर्ता जोअन लुमली, कलाकार जेम्स डिन, विश्वका अग्ला व्यक्ति सुल्तान कोसेन तथा सङ्गीत समूह वन डाइरेक्सनका लागि आफ्नो संस्थाले सुट तयार गरेको बताउनुभयो । उहाँले यस अवधिमा आफूहरूले १५ हजारभन्दा बढी सुट निर्यात गरेको पनि जानकारी दिनुभयो ।  
 
    ‘अ सुट्स द्याट फिट्स’ नामक बेलायती संस्थाको साझेदारीमा यो आफ्नो संस्था नेपालमा स्थापना भएको र नेपाललाई पनि सुटको केन्द्र बनाउने यस संस्थाको उद्देश्य रहेको योगीले जानकारी दिनुभयो । उहाँले टेलिभिजनमा छिट्टै देखा पर्ने ‘को बन्छ करोडपति’ का लागि कलाकार राजेश हमालका लागि पनि पनि आफूहरूले सुटको डिजाइन गर्ने जानकारी दिनुभयो ।  
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x