मंसिर १०, २०८०
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
बुटवल – बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा शनिवारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरू भएको छ ।
नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एसीयाली प्राकृतिक दर्शनको विबिधिकरण विषय सेमिनार शुरू भएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको छ । विज्ञान सभ्यताअघिको प्राचिन सभ्यताको पुर्नउत्थान, खोज अनुसन्धान र प्रवद्र्धन गर्ने उद्देश्यले यो सेमिनार आयोजना गरिएको हो ।
२ दिनसम्म चल्ने सेमिनारमा तीन देशका विज्ञहरुले २४ वटा कार्यपत्र प्रस्तुत गर्दैछन् । पूर्वीय दर्शनको प्रभाव विश्वव्यापीकरण भइरहेका बेला यसको अध्ययन पूर्वी क्षेत्रबाट नै हुनुपर्ने लक्ष्य सहित आयोजना भएको सेमिनारले आगामी दिनमा खोज अनुसन्धानका लागि कार्यदिशा तय गर्नेछ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा आयोजित सेमिनारको उद्घाटन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति एव रजिष्टार तिलक आचार्यले पूर्वीय सभ्यताले विश्वलाई मार्गदर्शन गरेको बताउदै यसको थप खोज अनुसन्धानका लागि विश्वविद्यालयले काम थालेको बताए । चीन, भारत, श्रीलंका लगायत देशका विश्वविद्यालयसंग सहकार्य गरी बौद्ध दर्शन र यसको विकासको काम शुरु भएको उनले बताए ।
‘पूर्वीय सभ्यताले विश्वलाई नै शान्तितर्फ प्रेरित गरेको छ, त्यसको मुहान नै लुम्बिनी हो,’ उनले भने, ‘लुम्बिनीबाट नै विश्वशान्ति र बौद्ध दर्शनको शुरुआत भएको छ ।’ उनले पूर्वीय दर्शनलाई विज्ञानसम्म अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताए ।
कार्यक्रममा बोल्दै बेइजिङ नर्मल युनिर्भसिटीका प्रोफेसर लिउ स्याओ थिङ्गले पूर्वीय दर्शनलाई बहुआयामिक रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए । २६ सय वर्षअघि बुद्धले दिएका उपदेश झन्पछि झन् व्यवहारिक र प्रयोगसिद्ध भएको भन्दै यसले नै पूर्वीय दर्शनमा कति बल छ भन्ने दर्शाउने उनले बताए ।
चीनले वान रोड वान बेल्टसँग जोडिने देशसँग भाषिक र सांस्कृति सम्बन्ध विस्तार गर्ने शुरु गरिसकेको भन्दै नेपालमा पनि चिनिया भाषा र संस्कृतिको अध्ययन बढाउदै लैजाने उनले बताए । त्यसका लागि यहाका विश्वविद्यालयसँग अनुभव साटासाट निरन्तर गरिने उनले बताए ।
बरिष्ट पुरातत्वबिद् वसन्त बिडारीले चिनीया यात्रुकै यात्रा विवरण अनुसार लुम्बिनी र बौद्ध स्मारकको पहिचान हुन सकेको भन्दै चीन लुम्बिनीको विकासमा पाँचौ शताब्दीदेखि नै साझेदार रहेको बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान केन्द्र प्रमुख प्रा.डा. काशिराज न्यौपानेले पूर्वीय दर्शनका करोडौं हस्तलिखित दस्तावेजहरु अनुसन्धान हुनुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राचिन हस्तलिखित ग्रन्थमाथि अनुसन्धान, प्रकाशन र अध्ययनमा जोड दिनुपर्ने उनले सुझाव थिए ।
लुम्बिनी विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले बौद्ध शिक्षा र दर्शनको विकास, अध्ययनका लागि खुलेको विश्वविद्यालयले सिक्ने चरणमै महत्वपूर्ण काम थालनि गरेको बताए । यसका लागि विदेशी विश्वविद्यालयसंग निरन्तर साझेदारी रहने उनको भनाई छ ।
सेमिनार उद्घाटनमा लुम्बिनी विश्वविद्यालयका क्याम्पस प्रमुख फणिन्द्र न्यौपाने, उपप्राध्यापक इन्द्र काफ्ले, डा. शारदा पौडेल, डा. सागर न्यौपाने लगायतले एसियाली दर्शनको विषय बोलेका थिए ।
सेमिनारमा नेपालीका तर्फबाट ८, चिनियाका तर्फबाट १३ र ३ भारतीय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दैछन् । बौद्ध दर्शन, हिन्दू दर्शन, कन्फुयुसियजिम, ताओजिअम दर्शनका विषयमा कार्यपत्र रहेका छन् ।
सेमिनारमा चिनको बेइजिङ नर्मल विश्वविद्यालयबाट १३ जना प्रोफेसर सहभागी छन् भने नेपालको त्रिभुवन विश्वविद्यालय, संस्कृत विश्वविद्यालय र बौद्ध विश्वविद्यालयका विज्ञ तथा अध्येताहरुको सहभागिता रहेको छ ।
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...