×

NMB BANK
NIC ASIA

तिलोत्तमा प्रिमियर लिग शुरू, रोयल शंकरनगर र मणिग्राम किङ्ग विजयी

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र विजयी शुरूवात गरेका छन् ।

Muktinath Bank

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको उद्घाटन खेलमा शंकरनगरले रोयल च्यालेन्जर भैरहवामाथि ८ विकेटको जित निकालेको हो ।
शनिवार नै भएको दोस्रो खेलमा मणिग्राम किङ्गले नुसी वरियर्स मणिग्राममाथि ६ विकेटको जित निकालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो खेलमा रोयल शंकरनगरले टस जितेर फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग गर्न मैदान छिरेको रोयल च्यालेन्जर भैरहवाले पुरै ओभरमा सबै विकेट गुमाएर १ सय २३ रनको लक्ष्य खडा गरेको थियो । 


Advertisment
Nabil box
Kumari

रोयलका सन्दिप केसी र धिरज शाहीले २९–२९ रनको योगदान दिएका थिए । रोयल शंकरनगरका रोहित पौडेलले खेलमा ४ तथा नितेश थापा र सुशान्त भारीले समान २–२ विकेट लिएका थिए । 

Vianet communication
Laxmi Bank

शंकरनगरले १२.१ ओभरमा केवल २ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । शंकरनगरको जितमा सुनिलकुमार सार्कीले ४३ रन बनाए । सन्दिप सुनारले ३१ तथा विशाल खत्रीले नटआउट ३६ रन जोडेका थिए । खेलमा शंकरनगरका रोहित पौडेल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

दोस्रो खेलमा नुसी वरिर्यसले टस जितेर ब्याटिङ्गको निणर्य गर्दै २० ओभरमा २ विकेटको नोक्सानीमा १ सय ६२ रनको लक्ष्य खडा गरेको थियो । नुसीका महेश रानाले नटआउट ५५, अजय कौशिकले ५३ रन बनाएका थिए । 

दिपेन्द्र ऐरीले २ छक्का र ३ चौकाको मद्यतले ३२ रन जोडेका थिए । मध्यम लक्ष्य पछ्याएको मणिग्राम किङ्गले १९.१ ओभरमा ४ विकेटको नोक्सानीमा जित निकाल्यो ।

मणिग्रामका अमर सिह रौत्यालाले विष्फोटक ब्याटिङ्ग गर्दै खेलमा जित निकालेका थिए । उनले खेलमा ६ छक्का र १ चौकाको मद्यतले ४३ रन बनाए । सन्दिप रजालीले ३७ र इमरान खानले ३५ रनको योगदान दिएका थिए । नुसीका कुशल भुत्रेलले २ विकेट लिएका थिए । 

खेलमा मणिग्राम किङ्गका अमर सिह रौत्याला म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । आईतबार पहिलो खेलमा ज्ञानोदय गोल्डस र लुम्बिनी कसाई तथा दोस्रो खेलमा एसआर एनसीएसए टाईर्गसले बुटवल डाईनामाईट्ससंग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको उपाधि बिजेता टिमले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलको शनिवार एक कार्यक्रमबीच तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x