×

NMB BANK
NIC ASIA

पर्यटन कार्यालयको बेजटमा अनियमितता, ३ जनाविरुद्ध साढे ५ लाखको भ्रष्टाचार मुद्दा दर्ता

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको पर्यटन प्रवर्द्धन गर्न गठित विदेह मिथिला क्षेत्र समितिका पदाधिकारीले भ्रष्टाचार गरेको फेला परेको छ । 

Muktinath Bank

नेपाल सरकारबाट नियुक्त भएका समितिका अध्यक्ष दीपेन्द्रकुमार यादवले आर्थिक वर्ष ०६७/०६८ मा अर्थ मन्त्रालयबाट प्रकाशित रातो कितावमा उल्लेखित बजेट अनुसार काम नगरी भ्रष्टाचार गरेको भेटिएको छ । अध्यक्ष यादवले आफू अनुकूलको उपभोक्ता समितिहरू निर्माण गरी निर्माण कार्य नै नगरी नक्कली बिल भौचर बनाइ भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट फेला परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश यादव समेतको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।  


Advertisment
Nabil box
Kumari

साविक बेल्ही गाविस–२ (हाल चक्रघट्टा गाउँपालिका–२) स्थित रामजानकी मन्दिरको कम्पाउण्डवाल निर्माण, ब्रम्हस्थान ब्रम्हबाको मन्दिरको कम्माउण्डवाल निर्माणमा अनियमितता भएको हो । आर्थिक वर्ष २०६७/०६८ मा गरेका कार्यहरुको लागत इस्टिमेट, बिल भरपाइ, प्राविधिक मुल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदन अनुसार कार्य नगरी, लागत अनुमानअनुसार जनश्रमदान कटाइ काम नै नगरी पर्यटन कार्यालय जनकपुरबाट बढी भुक्तानी लिएर अनियमितता गरेको भेटिएको अख्तियारले जनाएको छ । 

Vianet communication
Laxmi Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामजानकी मन्दिर कम्पाउन्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादवविरुद्ध १ लाख ३५ हजार २ सय २९ रुपैयाँ ८२ पैसा बिगो दावी गर्दै आइतवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै ब्रह्मस्थान ब्रह्मबाको कम्पाउन्डवाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय कुमार यादवविरुद्ध १ लाख ३१ हजार ३ सय ६५ रुपैयाँ ८२ पैसा बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । 

पर्यटन कार्यालय जनकपुरका ओभरसियर अनिरुद्र मण्डलविरुद्ध २ लाख ६६ हजार ५ सय ९५ रुपैयाँ ६४ पैसा बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x