×

NMB BANK
NIC ASIA

‘तिम्रो तस्वीर देखाउँदै छोराले ‘बाबुको बुवा’ भन्छ अनि तस्वीरमा म्वाइँ खान्छ’

मंसिर ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली राजनीतिको केन्द्रमा रहने नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारका अभिन्न सदस्य थिए साकार दाहाल ‘प्रकाश’ । गत वर्ष मंसिर ३ गते प्रकाशको निधन भएपछि प्रचण्ड पुत्रशोकमा परे ।

Muktinath Bank

प्रचण्ड परिवारमाथि बज्रपात भएको १ वर्ष पुगेको दिन सोमवार स्व. प्रकाशको प्रथम स्मृति दिवसमा कार्यक्रमको आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डको निवास खुमलटारमा स्मृति दिवसको कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम अवधीभर आमा सीता दाहाल रोइरहेकी थिइन् । दाहाल परिवारका सबै सदस्य भावुक देखिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाशको निधनले कञ्चनपुरको निर्वाचन क्षेत्रमा चुनावी अभियानमा रहेकी नेतृ बिना मगरलाई पतिशोक पर्यो । मतदान हुनुभन्दा केही दिनअघि भएको दुःखद घटनाले विना मगर विक्षिप्त भइन् । परिवारमा सबैभन्दा निकट रहेकी पत्नी विना मगरको सम्झनामा मात्रै छन् अहिले प्रकाश ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

सगरमाथा आरोहणका क्रममा प्रकाश र विना मगरको प्रेम सम्बन्ध सार्वजनिक भएको थियो । त्यसपछि अनेक विवादबीच विना दम्पत्तिले सहज जीवनयापन शुरू गरिसकेका थिए, प्रचण्डलाई राजनीतिक यात्रामा सघाइरहेका थिए ।

प्रकाशको निधन हुनुअघि विना दम्पत्तिसँग सपना थिए । बिना मगर संसदीय राजनीतिमा स्थापित हुन संघर्ष गरिरहेकी थिइन् । तर विना मगरसँग पति प्रकाश थिए । पति प्रकाशको निधन लगत्तै भएको निर्वाचनबाट विना मगर प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् । त्यसपछि संघीय सरकारमा खानेपानी मन्त्री बनिन् । तर अहिले विना मगरसँग पति प्रकाश छैनन् ।

प्रकाशलाई सम्झिँदै खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मा सम्हालेकी धर्मपत्नी विना मगर भन्छिन्, ‘प्रकाश तिमी हिलोमा फुलेको कोमल थियौ ।   हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाँले टिपेर हातमा खेलाउने चाहना राख्छन् । टिप्न नसकेपछि ढुङ्गाले हानेर धुजाधुजा पार्न खोज्छन्, तिमी थियौ त्यस्तै ।

नेतृत्वलाई सिध्याउन गरिएका लाखौं प्रयासहरु तिमीमा केन्द्रित हुन्थे । आम मान्छेजस्तै तिमी पनि सामान्य मान्छे त थियौ । कसैको छोरा, कसैको भाइ, कसैको साथी, कसैको प्रेमी । तिमीमा पनि मानवीय गुणहरु थिए । मानवीय कमजोरीहरु पनि थिए । इच्छा, आकाङ्क्षा र रहरहरु पनि थिए नै । यी सारा सम्बन्धहरुलाई तिमीले जसरी व्यवस्थापन गर्नुपर्ने हो, त्यसरी व्यवस्थापन गर्ने कौशल पुगेन होला । तर, तिमी मेरा लागि भने प्रिय थियौ । मेरा लागि मात्र होइन, परिवार, समाज, देशका लागिसमेत प्रिय थियौ । किनकि, तिमीमा सबैभन्दा ठूलो सद्गुण थियो सरलता, जनसम्पर्कलाई जीवन्त राख्ने चुस्त व्यवस्थापन,  कुनै न कुनै माध्यमबाट आम जनतामा पुग्नसक्ने अद्भुत क्षमता ।’

प्रकाश दाहालको स्मृतिमा प्रकाशित स्मारिकामा बिनाले लेखेकी छिन्,‘...प्रकाश तिमिले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद र वर्षत्हरु बिते । १२ महिनाले पालो फेर्‍यो ।मैले भने अझै मनलाई कन्भिन्स गर्नै सकेकी छैन तिमी यो संसारमा छैनौ भनेर ।’

उनी लेख्छिन्,‘...अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुवा भन्न सक्छ । तिमीलाई थाहा छ, सिरानीको तस्वीर देखाउँदै ‘बावुको बुवा’ भन्छ । अनि, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ । तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी ।’

यो पनि पढ्नुहोस्

प्रकाशको सम्झनामा भक्कानिँदै प्रचण्डले भने– यो माया हुन्थेन भने परिवार नै विघटन हुन्थ्यो

प्रधानमन्त्री ओलीले प्रकाशलाई स्मरण गर्दा रोइरहिन् सीता दाहाल [फोटो फिचर]

'बुवा गइहाल्छ कि भनेर चुठ्न जाँदासमेत मेरो हात छोड्दैनथ्यो' - प्रचण्ड

‘सानोमा प्रकाश साह्रै बिरामी परिरहन्थ्यो, निकै दुःख गरेर हुर्काएँ’

पति होस् त प्रचण्ड जस्तो !

आमाको आँसुले स्तब्ध माहोल : प्रकाश दाहालको स्मृति सभामा जे देखियो [फोटोफिचर]

 

 

 

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x