×

NMB BANK
NIC ASIA

एक महीनादेखि अधिकांश वडा सचिवविहीन

मंसिर ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

परासी-  पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका अधिकांश वडा एक महीनादेखि सचिवविहीन छन् । वडामा सचिव नहुँदा स्थानीयवासीले सास्ती पाएका छन् । तेर्ह वटा वडा रहेको सुनवलमा नौ वटा वडा सचिवविहीन हुँदा स्थानीयवासी नगरपालिका कार्यालयमै पुगेर सेवा लिन बाध्य भएका छन् । 

Muktinath Bank

गत असोज २८ गते नगरपालिका प्रशासनले सबै वडाका सचिवलाई एकैपटक सरुवा गरेको थियो तर ती वडाका वडाध्यक्षले प्रशासनले एकलौटीरूपमा सरुवा गरेको भन्दै वडा नं ३, ४, ६ र ११ बाहेक अन्य वडामा सचिवलाई हाजिर गर्न दिएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडाध्यक्षलाई बेवास्ता गरी सचिव सरुवा गरिएकाले आफूहरुले विमति जनाएको वडा नं १३ का वडाध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । एकैपटक सचिव सरुवा गर्दा बजेट कार्यान्वयन, विकास निर्माण तथा राजश्व सङ्कलनमा प्रभाव परेको उहाँको दाबी थियो । 


Advertisment
Nabil box
Kumari

नगरका २१ जना कार्यपालिका सदस्यमध्ये १८ ले सरुवा सच्याउन आग्रह गर्दै प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई लिखित अनुरोध गर्दा पनि सुनुवाइ नगरिएको वडा नं १० का वडाध्यक्ष शेषकान्त अधिकारीको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गर्दै आफूले वडासचिवको सरुवा गरेको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

कर्मचारीको कार्यक्षमता, योग्यता र अनुभवको आधारमा सरुवा गरिएको भन्दै उहाँले कुनै पनि वडासचिवले सरुवामा विमति नजनाएकाले वडाध्यक्षले आफू अनुकूलको सचिव नपाएर विरोध गर्नुको तुक नभएको बताउनुभयो । नगरको प्रशासन र कर्मचारी व्यवस्थापनको अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई भएकाले यो विषय कार्यपालिकाको कार्यसूची बन्न नसक्ने उहाँले बताउनुभयो । 

वडामा सचिव नभएर सेवाप्रवाह अवरोध भएपछि व्यक्तिगत घटना दर्ता, सिफारिशलगायतका काम अहिले आफूले नगरपालिकाबाटै गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो । वडामा हाजिर गर्न नपाएपछि सचिवहरूले नगरपालिकामै हाजिर गर्दै आएका छन् । नगरपालिका प्रमुख भीमबहादुर थापाले वडासचिवको सरुवा बारे आफूलाई आधिकारिक जानकारी नभएको बताउनुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x