×

NMB BANK
NIC ASIA

सडक पेटीमा डेन्ड्राइटको गन्ध सुँघेर लठ्ठिरहने सुरज बने टेलिभिजन कार्यक्रम प्रस्तोता

मंसिर ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन-  कुनै समय सडकका पेटीमा डेन्ड्राइटको गन्ध सुँघेर लठ्ठिरहने बालक यतिबेला रेडियो र टेलिभिजनबाट सर्वसाधारणलाई सकारात्मक सन्देश दिने काममा सहभागी छन् ।

Sagarmatha Cement
Muktinath Bank

करीब चार वर्षको उमेरमा सडकमा पुगेका सुरज कँडेल ‘किरण’ ६ वर्षदेखि भरतपुरस्थित कालिका एफएम र टेलिभिजनमा समाचार खोज्ने, बनाे र कार्यक्रम प्रस्तुत गर्नेजस्ता कार्यमा व्यस्त छन् ।

भरतपुरको बेलटाँडीमा बसोवास गर्दैगर्दा बाबुको देहावसान भयो । आमा अर्कैसँगै जानुभयो । केही दिन आमासँगै सौतेनी बाबुकहाँ गए पनि टिक्न कठिन भयो । त्यहाँबाट एक साँझ विकल्पविहीन बनेपछि करीब चार वर्षको उमेरमा आफू सडकमा होमिएको किरण बताउँछन्उ ।  किरणले भने “मलाई सम्झना छ, विकल्प केही नभएपछि म सडकमा गएँ । पहिलो रात डेन्ड्राइटसहितको कालो नशालु पदार्थ मलाई खुवाए ।” त्यसपछिको केही समय निकै दुःखदायी जीवन सडकमा बितेको ी स्मरण गर्छन् ।

पहिलो दिन दुखिया नामको साथी भेटेको स्मरण गर्दै ले भने “कैयौँ रात र दिन हामी भोकै बसेका छौँ ।” कवाडी सङ्कलन गर्ने, चोर्नेजस्ता काम गरेर आएको पैसाले बजार नजिकैको तामाङ टोलमा रु १० तिरेर भात खाने गरेको उनलाई सम्झना छ । मान्छेले सडक बालबालिकालाई हेर्ने दृष्टिकोण नकारात्मक छ । बालबालिकाको बाध्यता कसैले नबुझेकामा उनी गुनासो पोख्छन् । यही क्रममा किरण नारायणगढको पुलचोकबाट ‘हाम्रो घर’ को सहारामा पुगे  । 

हाम्रो घरकी आमा गङ्गा सिग्देलका अनुसार १० वर्ष हाराहारीको उमेरमा किरणलाई त्यहाँ लगिएको थियो । त्यहीँ बसेर किरणले एसइईसम्मको अध्ययन गरे । त्यसपछि उन २०६९ सालबाट कालिका एफएममा आबद्ध भए । रेडियोको प्राविधिकमा काम गर्दै जाँदा सोही समूहले सञ्चालन गरेको कालिका टेलिभिजनमा कार्यक्रम उत्पादन र सञ्चालनसमेत गर्दै आएका छन् ।

सोही क्रममा झण्डै दुई वर्षअघि कालिका एफएममै कार्यरत सविता महतोसँग किरणको विवाह भयो । अहिले सात महीनाकी छोरीसँगै किरण दम्पती कालिका एफएम र टेलिभिजनमा कार्यरत छन् । ‘किरण’ हाम्रो घरले राख्ने थर हो । पहिले उनको थर बोहोरा थियो । सडकमै रहँदा एक जना जोगीले उनलाई बेच्नका लागि लग्यो । किरणले भने “मेरो साथीको बुबा जोगी थिए, माग्नका लागि भन्दै निजगढ पुर्‍याए । मलाई भारत बेच्न लैजान लागेको जस्तो लाग्यो, त्यहीको चिया पसलेलाई भनेँ ।” 

घटनाक्रम सुनाउँदै उनले थपे“पसलेले प्रहरीलाई भनेपछि जोगी पक्राउ परे । मलाई चिया पसलेले पाले ।  कँडेल थिए । त्यसैले थर कँडेल लेख्दै आएँ ।” केही समय निजगढ बसेका किरण फेरि नारायणगढ बजारको सडकमा फर्किए । त्यसपश्चात् किरणलाई हाम्रो घरले आश्रय दिएको हो । उनको एउटा भाइ कक्षा १० मा पढ्दै विहान बेलुका पसलमा काम गर्छ । उनलाई छाडेकी आमाको बारेमा खासै थाहा नभएको किरणको भनाइ छ । 

उनलाई आश्रय दिएको हाम्रो घरकी सचिव मीना खरेलका अनुसार हालसम्म सो संस्थाले ६१ सडक बालबालिकालाई पुनःस्थापना गरेको छ । हाल हाम्रो घरमा २१ भाइ र आठ बहिनी छन् । बाँकी नौले पेशा÷व्यवसाय गरिरहेका छन् । अन्यलाई परिवारसँग पुनःस्थापना गराइएको खरेल बताुहुन्छ । सडकबाट पुनःस्थापना गरी हुर्काएर पेशा÷व्यवसायमा लगाई घरजमसम्म भएको देख्न पाउँदा आफूलाई निकै आनन्द लाग्ने गरेको सामाजिक अभियन्तासमेत रहेकी खरेल बताउँछिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x