×

NMB BANK
NIC ASIA

सडक फराकिलो भएसँगै दुर्घटना बढे : चालकमात्र होइन पैदल यात्रु पनि मान्दैनन् ट्राफिक नियम

मंसिर ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विकाशील देशमा सडकलाई विकास निमार्णको मुख्य कडीको रूपमा लिइन्छ । नेपालमा पनि सरकारले सडकलाई पहिलो प्रथामिकतामा राखेको छ ।

Sagarmatha Cement
Muktinath Bank

विकास बजेटको महत्त्वपूर्ण हिस्सा सडकका लागि खर्च हुन्छ । यातायातको चाप, जनघनत्व आदिलाई मध्यनजर गर्दै नयाँ सडक निर्माण सँगसँगै पुराना सडकको स्तरोन्नति पनि भइरहेको छ ।
काठमाडौं उपत्यकामा सडक विस्तारको काम निरन्तर चलिरहेको छ । कोटेश्वर–सूर्यविनायक खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलंकी–बल्खु–कोटेश्वर खण्डको स्तरोन्नति कार्य पनि अन्तिम चरणमा छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

स्तरोन्नतिपछि फराकिलो बनेका यी दुई सडक खण्डमा यातायात आवागमन सहज बनेको छ । तर दुर्घटनाको दरमा पनि वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामा मासिक सरदर २ जनाको ज्यान जाने तथा ७ जना गम्भीर घाइते हुने गरेको ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए ।

उपत्यकामा भएकामध्ये ५० प्रतिशत सवारी दुर्घटना यी दुई सडक खण्डमा तीव्र गतिमा सवारी चलाउँदा हुने गरेको हाछेथुले बताए ।

‘अहिले नेपालमा फराकिला सडकहरू निर्माणधीन छन् । ट्राफिक चेतनाको कमी छ । जेब्राक्रसिङ नियमको पालना नगर्नु, सवारी चलाउँदा मोबाइलमा कुराकानी गर्नु, तीव्र गतिमा सवारी हाँक्नुजस्ता कारणले सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको हाछेथुले बताए ।

आर्थिक वर्ष २०७५/७६ को अघिल्लो ५ महिनामा उपत्यकामा २ हजार ६ सय ९४ सवारी दुर्घटना भएका छन् । जसमध्ये ट्रक/टिप्पर ५ सय २४, बस ५ सय ७९, माइक्रोबस १ सय ४९, कार ÷ भ्यान ÷ जीप १ हजार ६ सय ८६,  मोटरसाइकल/स्कूटर १ हजार ७ सय ५२, टेम्पो/ट्याक्टर ४४ र साइलक ४२ रहेका छन् ।

उपत्यकाभित्र भएका सवारी दुर्घटनामा ८१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० पुरुष र २१ महिला रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पैदलयात्रु ३१ र मोटरसाइकल तथा स्कूटी चालक ३१ जनाको मृत्यु भएको छ । यसैगरी कार दुर्घटनामा ९ जना, ट्रक दुर्घटनामा ३ जना, साइकल दुर्घटनामा ३ जना, बस दुर्घटनामा ३ जना र माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये अधिकांश १७ देखि ३५ वर्ष उमेर समूहका युवा छन् । यसरी हेर्दा युवा अवस्थाका सवारी चालकहरू बढी दुर्घटनामा पर्ने गरेको देखिन्छ ।

पैदल यात्रु र दुई पाङ्ग्रे सवारी चालकको मृत्युदर उच्च रहेको ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक जितेश दाहाल बताउँछन् । उनले लोकान्तरसँग भने, ‘युवामा ट्राफिक जनचेतनाको अभाव छ । घरमा पनि यसबारेमा छलफल हुनु जरुरी देखिन्छ । लेन अनुशासन उल्लंघन र तीव्र गतिमा सवारी हाँक्दा बढी दुर्घटना भएका छन् ।

आकाशे पुल हुँदाहुँदै पनि तलबाट बाटो काट्नेहरू पनि धेरै दुर्घटनामा परेका छन् । कतिपय पैदलयात्रु आकाशे पुललाई बेवास्ता गर्दै सडकबाटै बाटो काट्न मन पराउँछन् । कतिपयलाई भने सिंडी उक्लिन, ओर्लिन गाह्रो लाग्ने गर्छ ।

बागडोलमा आकाशे पुलमुनिबाट भारी बोकेर बाटो काट्दै गरेकी एक अघबैंसे महिला भन्छिन्– ‘पुलमा १ सय २ वटा खुड्किला छन्, हामी जस्ता भारी बोकेर हिँड्नेले कसरी सक्नु !’
त्यसो त निर्माण पूर्णरूपमा सम्पन्न भइनसकेको कलंकी कोटेश्वर खण्डमा पर्याप्त आकाशे पुल र जेब्राक्रस पनि छैन ।

पछिल्लो समय लेन जनचेतनाका लागि ट्राफिक प्रहरीले फूल दिने, चकलेट दिने, सडकमै २ घण्टा कक्षा सञ्चालन गर्ने गर्ने पनि त्यतिसारो प्रभावकारी देखिएको छैन ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x