×

NMB BANK
NIC ASIA

किन अहिले संसारभरि छाएको छ पपुलिजम ?

मंसिर ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — लोकरञ्जनवाद (पपुलिजम) आकर्षक छ । विशेषगरी सन् २०१६ पछि ब्रेक्जिट जनमतसंग्रह र डोनल्ड ट्रम्पको विजयपश्चात् पत्रकारहरूले यस विषयमा लेखिनैरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सन् १९९८ मा द गार्डियनले लोकरञ्जनवाद र लोकरञ्जनवादी जस्ता शब्द प्रयोग गरिएका ३०० वटा जति लेख प्रकाशित गरेको थियो । सन् २०१५ मा आइपुग्दा लगभग एक हजार लेखमा यी शब्द प्रयोग भए अनि त्यसको एक वर्षपछि यो संख्या बढेर दुई हजार पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो शब्दको बढ्दो लोकप्रियता कुनै काकताली हैन । लोकरञ्जनवादी दलहरूले युरोपमा विगत २० वर्षमा आफ्नो मत तीनगुणा बढाएका छन् । युरोपका ११ मुलुकमा उनीहरूले सरकार चलाइरहेका छन् । एक चौथाइभन्दा बढी युरोपेलीहरूले विगतका निर्वाचनहरूमा लोकरञ्जनवादीहरूलाई मत दिएका छन् । 


Advertisment
Nabil box
Kumari

किन त ? यो प्रश्नको कुनै सहज उत्तर छैन । हालै भएका प्राज्ञिक अध्ययनहरूले पश्चिमी विश्वभरि लोकरञ्जनवादी दृष्टिकोण बढिरहेको देखाएका छन् । धेरै नागरिकले सामान्य र इमान्दार मानिसहरूलाई धोका दिइएको, बेवास्ता गरिएको र एक भ्रष्ट सम्भ्रान्त वर्गले शोषण गरेको धारणा राख्ने गरेका छन् । बलियो लोकरञ्जनवादी दृष्टिकोण भएका नागरिकले लोकरञ्जनवादी दललाई नै मत दिन्छन् भन्ने छैन (वास्तवमा तीमध्ये धेरैले मत दिँदैनन्) तर तिनीहरूले मत दिन सक्ने अनेकौं परिस्थितिहरू निर्माण भएका छन् । 

Vianet communication
Laxmi Bank
मूलधारका वामपन्थी र दक्षिणपन्थी शक्तिहरूका बीच विचारधारात्मक एकता भएमा लोकरञ्जनवादीहरू हुर्किने मलिलो वातावरण बन्छ । यसो हुँदा धेरै मतदाताहरूलाई सबै मूलधारे राजनीतिक दलहरू एउटै किसिमका हुन् भन्ने सन्देश जान्छ

पहिलो, समाज जति धेरै व्यक्तिवादी हुन्छ मतदाताहरू त्यति नै बढी स्वतन्त्र र खुला हुन्छन् अनि यसले निर्वाचनमा अस्थिरता निम्त्याउँछ । यस्ता परिस्थितिमा लोकरञ्जनवादी दृष्टिकोणहरू वास्तविक लोकरञ्जनवादी मतमा परिणत हुने सम्भावना बढ्छ । हुन पनि परम्परागत मूलधारका दलहरूबाट एक मात्राको दूरी नबनेमा मतदाताहरू तीबाट हट्ने र लोकरञ्जनवादी बन्ने सम्भावना रहँदैन । 

दोस्रो, मूलधारका वामपन्थी र दक्षिणपन्थी शक्तिहरूका बीच विचारधारात्मक एकता भएमा लोकरञ्जनवादीहरू हुर्किने मलिलो वातावरण बन्छ । यसो हुँदा धेरै मतदाताहरूलाई सबै मूलधारे राजनीतिक दलहरू एउटै किसिमका हुन् भन्ने सन्देश जान्छ । 

यसको राम्रो उदाहरण फ्रान्समा पाइन्छ । त्यहाँको लोकरञ्जनवादी दल फ्रन्ट नेसनल (अहिले नाम परिवर्तन गरेर नेसनल ¥याली) ले आफ्नो अभियानलाई मध्यमार्गी दक्षिणपन्थी यूएमपी र मध्यमार्गी वामपन्थी पीएसको नाम मिसाएर यूएमपीएस बनायो । अझ मूलधारका दलहरू मिसिँदा तिनीहरूले विचारधाराको निकै ठूलो स्पेस छोड्छन् र उनीहरू उग्र सोच राख्ने नागरिकको चिन्ताप्रति जवाफदेही हुँदैनन् । 

तेस्रो, संकटहरूले लोकरञ्जनवादी दृष्टिकोणलाई सक्रिय बनाउने सम्भावना रहन्छ । उदाहरणका लागि, आर्थिक संकटले मूलधारका दलहरूलाई आलोचनाको शिकार बनाउने सम्भावना रहन्छ । संस्थापन पक्षका सम्भ्रान्तहरूले कामकुरा बिगारेको भनी आलोचना हुन सक्छ । युरोपमा आप्रवासी संकट आएपछि लोकरञ्जनवादी दलहरूले के तर्क गर्न पाए भने शासनसत्तामा रहेका सम्भ्रान्तहरूले सीमा खुला गरिदिए अनि आप्रवासीको प्रवाहलाई व्यवस्थापन गर्न सकेनन् । 

लोकरञ्जनवादका लागि ऊर्वर भूमि मात्र लोकरञ्जनवादलाई कायम राख्न पर्याप्त छैन । विद्यमान दलहरूको आकर्षक विकल्प दिनसक्ने विश्वसनीय लोकरञ्जनवादी दल वा नेता हुनु आवश्यक छ ।

चौथो, व्यापक मात्राको भ्रष्टाचार लोकरञ्जनवादीहरूका लागि राम्रो हतियार हो । राजनीतिक दलहरू चरम भ्रष्टाचारी भएमा जनतालाई सम्भ्रान्तहरूले शोषण गरिरहेको भनी लोकरञ्जनवादीहरूले दाबी गर्न पाउँछन् अनि जनताले त्यसलाई पत्याउँछन् पनि । सन् १९९० को दशकमा इटलीमा ठ्याक्कै यही भएको हो । घूसखोरी, नातावाद र अन्य किसिमका भ्रष्टाचारमाथि राष्ट्रव्यापी न्यायिक अनुसन्धानको परिणामस्वरूप दलीय प्रणालीमा नै उलटपुलट आयो । यसले गर्दा सिल्भियो बर्लुस्कोनी र लीग जस्ता लोकरञ्जनवादीहरू उदय हुन पाए । 

तर लोकरञ्जनवादका लागि ऊर्वर भूमि मात्र लोकरञ्जनवादलाई कायम राख्न पर्याप्त छैन । विद्यमान दलहरूको आकर्षक विकल्प दिनसक्ने विश्वसनीय लोकरञ्जनवादी दल वा नेता हुनु आवश्यक छ । आकर्षक विकल्पका रूपमा हेरिनका लागि संस्थापनलाई चुनौती दिने दलले असन्तुष्ट मतदाताहरूको ठूलो संख्यालाई अपील गर्ने सन्देश व्यक्त गर्नुपर्ने हुन्छ । अझ, जनताको मन जितेको नेता छ र विशेषगरी दीर्घकालका लागि राम्रो सञ्चालनमा रहेको पार्टी संगठन छ भने त लोकरञ्जनवादलाई मौलाउन झनै सहायता पुग्छ । 

मिडियामा आइरहेको परिवर्तनले पनि यसमा भूमिका खेल्छ । परम्परागत मिडियाका ग्राहकहरूको संख्या घटेकाले परम्परागत मिडिया अहिले बढीभन्दा बढी बिक्ने विषयमा जोड दिन थालेका छन् । जस्तै, विवाद वा द्वन्द्वका विषय । यसले संकटको भाव उत्पन्न गर्छ अनि लोकरञ्जनवादीले त्यसबाट फाइदा उठाउन पाउँछन् । 

वास्तवमा सामाजिक राजनीतिक सन्दर्भहरू भूगोलका आधारमा भिन्नभिन्न हुन्छन् र लोकरञ्जनवादमा पनि यसरी नै विविधता छ । उत्तरी युरोपमा सफल लोकरञ्जनवादीहरू मुख्यतया उग्रवादी दक्षिणपन्थी लोकरञ्जनवादी हुन् । डेनिस पीपुल्स पार्टी, द फिन्स र स्विडेन डेमोक्रेटहरू सबैले लोकरञ्जनवादी सन्देशका साथ विदेशीप्रति घृणासहितको राष्ट्रवादी दृष्टिकोण अपनाउने गरेका छन् । 

वामपन्थी लोकरञ्जनवाद युरोपको यो भागमा अलि कम फैलिएको छ किनकि नोर्डिक देशहरूमा बलियो अर्थतन्त्र छ र कल्याणकारी व्यवस्था छ जसले गर्दा उग्रवादी वामपन्थी लोकरञ्जनवादी सन्देशलाई त्यति महत्त्व दिइँदैन । 

दक्षिणी युरोप चाहिँ अलिक फरक छ । स्पेन, इटली र ग्रीस जस्ता देशमा लोकरञ्जनवाद उग्रवादी दक्षिणपन्थी घटनामा सीमित छैन । आर्थिक संकटले यी देशहरूलाई अन्यत्रभन्दा बढी नै असर पारेकाले पनि यसो भएको हुन सक्छ । त्यसैले त्यहाँ वामपन्थी लोकरञ्जनवादी सन्देशका लागि सही माहौल बनेको छ । 

स्पेनमा पोडेमोस र ग्रीसमा सीरिजा जस्ता दलले लोकरञ्जनवादलाई उग्रवादी वामपन्थी मूल विचारधारसँग मिसाउने गरेका छन् । इटलीमा फाइभ स्टार मुभमेन्टले लोकरञ्जनवादलाई विविध विचारधारात्मक अडानहरूसँग मिश्रण गर्ने गरेको छ । 

पश्चिमी युरोप चाहिँ दक्षिणी युरोपभन्दा फरक छ । त्यहाँ उग्रवादी वामपन्थी लोकरञ्जनवादीहरू अलि कम सफल छन् । युरोपको यस भागमा दक्षिणी युरोपभन्दा बलियो अर्थतन्त्र भएकाले पनि यसो भएको हुनुपर्छ । आयरल्यान्ड चाहिँ यसको अपवाद हो । त्यस देशले आर्थिक रूपमा धेरै राम्रो प्रदर्शन गरेन र त्यहाँ तुलनात्मक रूपमा सफल उग्रवादी वामपन्थी लोकरञ्जनवादी दल छ : सिन फेइन ।

मध्य र पूर्वी युरोपका देशहरूको राजनीतिक धरातल धेरै फरक देखिन्छन् । त्यहाँ लोकरञ्जनवाद राजनीतिक परिदृश्यको कुनाकाप्चामा उठेको नभई केन्द्रमै उठेको हो । हंगेरीमा फिडेच र पोल्यान्डमा ल एन्ड जस्टिस पार्टी मूलधारकै दलका रूपमा स्थापित भएका हुन् । पछि गएर मात्र उनीहरूले लोकरञ्जनवाद र अझ पछि गएर राष्ट्रवाद अपनाएका हुन् । उनीहरूसँग उग्रवादी विरासत नभएकाले उनीहरूको छवि बिग्रिएको छैन । त्यसैले पनि उनीहरूको देशमा उनीहरू अग्रणी दलका रूपमा रहेका छन् । 

यी सबै भौगोलिक भिन्नताका बावजूद युरोपभरि लोकरञ्जनवाद हुर्किने परिस्थिति झनै बढी मलिलो बनेको छ । र लोकरञ्जनवादी दलहरूले यसको फाइदा पहिलेभन्दा बढी नै उठाउन पाउने सम्भावना छ । 

आम्सट्रड्याम विश्वविद्यालयमा राजनीतिक समाजशास्त्रीका रूपमा कार्यरत म्याथिस रूडुजिनले द गार्डियनमा प्रकाशन गरेको विश्लेषणको भावानुवाद

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x