×

NMB BANK
NIC ASIA

डडेलधुरा बस दुर्घटना : मृतककाे संख्या १८ पुग्याे, राष्ट्रपतिलाई बदनाम गर्न खोजिएकाेमा सरकारको आपत्ति

मंसिर ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–  डडेलधुरामा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । उग्रतारा मन्दिरमा मेला हेरेर डोटी फर्किदै गरेका यात्रु सवार बस डा. केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार साँझ करिब ५ः४० बजे दुर्घटनामा परेको हो ।
 
दुर्घटनामा परि १३ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेलधुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले जानकारी दिए । डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको से१क २९३ नम्बरको बस रडुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसीले बताए ।

Muktinath Bank

घाइते मध्ये उपक्षेत्रीय अस्पताल डडेलधुरामा १३ जनाको उपचार भइरहेको छ भने १४ जनालाई बाहिर रिफर गरिएको छ । दुईजना डिस्चार्ज भएका छन् । केही गम्भीर घाइते छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले उक्त प्रस्ताव पेश गरेको हो ।


Advertisment
Nabil box
Kumari

प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि प्रतिवेदन पेश भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रतिवेदनबारे शुक्रबार दिउँसो बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची तय गरिएको छ । प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणको विषय अघि बढाइने जानकारी दिए । 

Vianet communication
Laxmi Bank

प्रदेश र साङ्गठनिक एकीकरण तथा गठनको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्ने उनले बताए । कार्यदलले पेश गरेको प्रतिवेदनलाई छलफल गरी अन्तिम निष्कर्ष दिइनेछ । 

सरकारप्रति प्रमुख प्रतिपक्षी दलको असन्तुष्टी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको समीक्षा गरिरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने सरकारको नौ महिने अवधि पूर्णतः असफल रहेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा सरकारको उपस्थिती भएको अनुभव नभएको टिप्पणी गरे ।

सरकारको ९ महिने कार्यकालको समीक्षा गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको नौ महिने कार्यकाल असफल भएको बताए । कांग्रेसले मन्त्रिपरिषद्का निर्णय २४ घण्टाभित्र सार्वजनिक नगर्ने निर्णयमा आपत्ति जनाएको छ । यस्तै नेपाल वायु सेवा निगमको वाइड वडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेको छ ।

सरकारको नौ महिनामा मुख्य नौ प्रश्नमा सही जवाफ पस्कन नसकेको भन्दै संघीयता कार्यान्वयन, शान्ति सुरक्षा, सुशासन, मुल्यवृद्धि नियन्त्रण लगायतका कुनैपनि विषयमा सरकार सफलता तर्फको बाटोमा जान नसकेको शर्माले बताए । 

राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा तान्न खोजेको भन्दै सरकारको आपत्ति
सरकारले राष्ट्रपति र उपराष्ट्रपतिलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै आपत्ति जनाएको छ । सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे सरकाले गरेको निर्णयलाई स्वयंम राष्ट्रपतिले बजेट माग गरे जसरी प्रचार गरिएको प्रति सरकारले स्पष्टिकरण दिंदै सरकारको नियमित कामलाई गलत ढँगले प्रचार गर्न खोजिएकोमा आपत्ति जनाएको हो । 

बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणीप्रति सरकार जानकार रहेको बताउँदै अनर्गल प्रचार नगर्न र त्यस्ता प्रचारप्रति सचेत रहन आग्रह गरे । लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले भर्खरै स्थापित संस्थालाई बद्नाम गराउने र लोकतन्त्रलाई कमजोर बनाउन खोजेको भन्दै मन्त्री बाँस्कोटाले त्यसबाट सबै सचेत हनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णय पनि सार्वजनिक गरिएको थियो ।

ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल
संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई सो क्षेत्रका आफू अन्तर्गतका ११ राष्ट्रमध्ये दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो ।

काठमाडौंमा बिहीबार आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य सङ्गठन–दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई ट्रकोमा रोग निवारण भएको प्रमाणपत्र प्रदान गरे । नेपालमा अन्धोपनको दोस्रो प्रमुख कारकतत्व रहेको ट्रकोमालाई खस्रे रोगको रुपमा चिनिन्छ । यो रोग लागेपछि आँखा दुख्ने, आँखाको बाहिरी सतह (कर्निया) टुक्रने र अन्त्यमा अन्धोपना हुन्छ । पानीको अभाव, सरसफाइको कमी भएको क्षेत्र र आँखामा बस्ने झिङ्गा धेरै भएको बाक्लो बस्तीका गरीब समुदायमा यो रोग बढी फैलने चिकित्सकले बताएका छन् ।
    
‘अध्यक्षमाथि अभद्र व्यवहार भएको छैन’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उनको सचिवालयले जनाएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भए पनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना भएको छैन । 

बिहीबार बिहान भरतपुर महानगरपालिका–२३ कृष्णचोकमा पार्टी प्रवेशका क्रममा एक जना व्यक्ति मदिरा सेवन गरी कार्यक्रमस्थल बाहिर सामान्य हल्ला गरेको र उक्त व्यक्तिलाई सुरक्षाकर्मीले सम्झाई बुझाई पठाएको बताए । यही सामान्य विषयलाई अतिरञ्जित गरी केही सञ्चारमाध्यमले समाचारसमेत प्रकाशित गरेकामा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 

सेवाग्राही ठग्ने तीन जना पक्राउ
प्रहरीले ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई ठग्ने तीन विचौलियालाई पक्राउ गरेको छ । श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई विभिन्न बहानामा ठगी गर्दै आएको गुनासोका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आज काठमाडौँ कालिमाटीका २४ वर्षीय सुरेन्द्र पाँचकोटी, धादिङ जिवनपुरका २९ वर्षीय सुजन लामा र सर्लाही लालबन्दीका २६ वर्षीय निर्मल तामाङलाई पक्राउ गरेको हो । तीनै जनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने
अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

हाल देशभर कूल ७५३ स्थानीय तह छन् । ती केन्द्रमा हाललाई करारमा अधिकृतस्तरका कर्मचारी रहनेछन् । केन्द्रमा करारमा कर्मचारी नियुक्त गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृतिसमेत दिइएको छ । 

प्रशासन र आन्दोलनरत पक्षबीच सहमति
सुनसरी दुहबीमा भएको फिदा हुसेन घटनाका सम्बन्धमा स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच बिहीबार सहमति भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरकारले चार वटा माग सम्बोधन गर्ने भएपछि सहमति भएको वार्ता समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य सीताराम मेहताले जानकारी दिए ।

सरकारले मृतक फिदा हुसेनका छोरालाई नेपाल विद्युत् प्राधिकरण दुहबीमा रोजगार उपलब्ध गराउनका लागि ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार आग्रह गर्ने, मृतक फिदा हुसेनलाई शहीद घोषणा गर्ने, निजको परिवारलाई क्षतिपूर्ति स्वरुप रु १० लाख उपलब्ध गराउने र उक्त घटनाको अनुसन्धान गरी वास्तविक दोषीलाई कानुनी कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिने विषयमा दुई पक्षबीच सहमति भएको वार्ता समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य मेहताले बताए ।

बुधबार बिहान मर्निङवाकमा निस्केका फिदा हुसेनको अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको थियो ।

सिआइबीलाई अन्तर्राष्ट्रिय पुरस्कार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । युनाइटेड नेशन इन्भाइरमेन्ट प्रोगामअन्तर्गत द युनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम युनाइटेड नेशन अफिस अन ड्रग एण्ड क्राइम, युएसआइडी, फ्रिल्याण्ड फाउण्डेशन, गर्भमेन्ट अफ स्वीडेन र नर्वेको सहयोग तथा साझेदारीमा निर्मित पुरस्कार केन्द्रीय अनुसन्धान ब्युरोलाई प्रदान गरिएको हो । 

पुरस्कार मङ्सिर ५ गते युनाइटेड नेशन कन्फरेन्स सेन्टर इन बैङ्ककमा ब्युरोका वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रण एकाइका प्रहरी नायब उपरीक्षक अनुपम शमशेर जवराले ग्रहण गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘ए’ डिभिजन लिगः मनाङको अपराजित यात्रा कायमै
मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मस्र्याङ्गीले थ्री स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित गर्यो । 

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा विजयी मनाङले नौ अङ्क जोडेको छ । थ्री स्टार ६ अङ्कका साथ दोस्रो स्थानमा छ । खेलपछि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति चित्त नबुझेको प्रतिक्रिया दिए । 

अन्तर्राष्ट्रिय महिला फुटबल, नेपाल प्रहरी विजयी
प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी क्लब विजयी भएको छ । नेपाली सेनाद्वारा आयोजित उक्त प्रतियोतिगामा नेपाल प्रहरीले प्रदेश नं ६ लाई ९–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 

जीतसँगै पुलिस प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । यही मङ्सिर १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता तीन विभागीय टोलीसहित भारतका दुई टोली विहार र सिक्किम तथा सात प्रदेशको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टोलीले रु तीन लाख पाउने छन् भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x