×

NMB BANK
NIC ASIA

बुटवल – मानिसको सबैभन्दा ठूलो धन भनेको उसको स्वास्थ्य हो । पछिल्ला केही वर्षयता बजारमा बिक्री वितरणमा राखिएका अधिकांश खाद्य वस्तुमा मिसावट भएको भेटिन्छ । जसले गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर प्रकारको असर पुर्याउँदा आममानिस दीर्घरोगी समेत बन्न पुगेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

खाद्य वस्तु गुणस्तरहीन र मिसावटयुक्त हुँदा उपभोक्ताको स्वच्छताको अधिकार दुषित पारिएको भन्दै बुटवलका उपभोक्ताका एक अधिकारवादी नर्बु लामा ‘नथाक’ अधिकारका पक्षमा झण्डै २० वर्ष यता एक्लै लडेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार बिहान लामाको निवास बुटवल–१ गढीटोल पुग्दा उनी विभिन्न पत्रपत्रिका अध्ययन गर्दै उपभोक्तालाई सचेत बनाउने समाचार प्रकाशित गरेका छन् कि छैनन् भनेर नियाल्दै थिए । २०३६ सालमा इलामको गोर्खेढापबाट भगवान गौतमबुद्धका जीवनीसँग आधारित रहेर चित्रकला बनाउने भनेर बुटवल आएका लामाले उपभोक्ता अधिकारको लडाइमा आफ्नो जीवन सर्मपित गरेका छन् ।


Advertisment
Nabil box
Kumari

झण्डै २०५६/०५७ सालतिर रूपन्देही लगायत तराईका धेरै जिल्लामा भारतीय धारा तोरीको तेल व्यापक रूपमा बिक्री भइरहेको थियो । त्यो समयमा सीमा क्षेत्रमा नेपालीले भारतको सीमा क्षेत्रका बजारमा तेल खरिद गर्ने गर्थे । सोही तेलमा धेरै अखाद्य वस्तु मिसावट रहेको बजारमा व्यापक हल्ला थियो ।

Vianet communication
Laxmi Bank

तत्कालीन रूपन्देहीको पर्रोहा गाविस–१ (हाल सैनामैना नगरपालिका) मा धारा तेलको प्रयोगले १ बलाल परिवारका २ छोरा र १ छोरीका खुट्टा सुनिन थाले । बलाल परिवारले लामालाई खबर गरेपछि उनले तीनै जनालाई बुटवलस्थित डा. एलबी भट्ट कहाँ जचाउन लैजान सुझाए ।

डा. भट्टले मिसावट भएको तेलको प्रयोगले सुन्निने (ट्रफर्सी) रोगको समस्या देखिएको बताए । त्यसपछि ३ दिदीभाईमध्ये २ जनालाई काठमाडौं रिफर गरियो । कान्छो बच्चालाई आमाले ‘एक्लै हुन्छु’ भनेर काठमाडौं पठाइनन् । लामाले काठमाडौं उपचारमा लैजान भनेका २ दिदीभाई त बाँच्न सफल भए । तर आफैसँग बुटवलमा उपचार गरी राख्छु भनेको छोराको केही दिनमा मृत्यु भयो ।

धारा तेलको मिसावटले सुन्निने रोग लाग्दैछ भन्ने सचेतना लामाले फैलाएपछि उक्त तेल उपभोक्ताले प्रयोग गर्न छाडे । ‘खाद्यको मिसावटले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जो कोही पनि कारवाही र उपभोक्तालाई सचेत बनाउनुपर्छ भनेर सोही घटनापछि म यस क्षेत्रमा लागे,’ लामाले अधिकारको पक्षमा लाग्नुको कारण सुनाउँदै भने ।

लामालाई त्यसपछि उपभोक्ता स्वास्थ्यको क्षेत्रमा बोल्नुपर्छ, काम गर्नुपर्छ भन्ने लाग्यो । सोही क्रममा तत्कालीन एमाले रूपन्देहीका नेता नन्दीकिशोर ढकालले बुटवलमा प्राध्यापक, शिक्षक, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिको भेला गरे । बजारमा गम्भीर मिसावटका खाद्य वस्तु छ, यसले बजारबासी आम नागरिकको स्वास्थ्यमा गम्भीर समस्या ल्याउँदैछ, यसको नियन्त्रण र खबरदारी गर्न एउटा समिति गठन गरिनुपर्छ भनेर लामाकै संयोजकत्वमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल रूपन्देही गठन गरियो ।

लामालाई तत्कालीन अवस्थामा उपभोक्ताको अधिकारका लडाइमा लड्न साथ दिए बुटवलका तेजकुमार पाठक, डीआर घिमिरे, ऋषि आजाद लागयतको एक समूहले । 

त्यसपछि लामाको नेतृत्वमा खाद्य वस्तु खरिद गर्दा सचेत हुनुपर्ने भनेर नगरमा अभियान नै चलाइयो । उनले उपभोक्तालाई मात्र सचेत गराएनन् व्यापारी, उत्पादक तथा बिक्रेतालाई पनि खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गर्दा शुद्ध कच्चा पदार्थ प्रयोग गर्ने, कामदारको तथा वातावरणको सरसफाई कायम गर्ने, लेबलमा खुलाउनुपर्ने अनिवार्य मापदण्ड –उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर, तौल आयतन, उद्योगको पूरा नाम, ठेगाना) उल्लेख गर्ने तथा कानूनमा तोकिएका अन्य मापदण्ड पूरा गरेर मात्र खाद्य उत्पादन बिक्री गर्न सुझाउँदै हिँडे ।

त्यतिमा मात्र उनी सीमित रहेनन् समय–समयमा उपभोक्तालाई सचेत बनाउन विभिन्न मिडियामा उपभोक्ता हितको पक्षमा लेख्न थाले । त्यसपछि उपभोक्ता केही सचेत हुन थाले । उनले थालेको सचेतना र प्रशासनको बजार अनुगमनपछि उपभोक्ताले प्याकेजिङ गरेको वस्तु खरिद गर्ने, उत्पादन मिति हेर्ने, उपभोग गरिसक्नुपर्ने मिति हेरेर वस्तु खरिद गर्न केही उपभोक्ता सचेत भए ।

उनको अर्का अभियान छ, हरेक वस्तुको मूल्यसूची हुनुपर्छ भन्ने । बजारका धेरै वस्तुमा मूल्यसूची राखिएको भेटिँदैन । ‘यसले धेरै उपभोक्ता ठगिएका छन्,’ उनले भने, ‘मूल्यसूची नराखिँदा व्यापारीले उपभोक्ताको अनुहार हेरेर मूल्य निर्धारण गरेर भन्छन् । जसको ठूलो मारमा उपभोक्ता परेका छन् ।’ उनलाई अहिले बुटवलमा ‘उपभोक्ताका एक्ला अदालत’ पनि भन्छन् । बजारमा केही खाद्य वस्तु दूषित फोहोर देखियो अथवा मिसावट फेला परेको थाहा पाए बुटवलबासीले उनलाई फोन गरिहाल्छन्, लामा सर यो पसलमा यस्तो देखियो हजुर आउनुपर्यो भनेर । बुटवलमा उनलाई नचिनेको सायद कमै होलान् ।

सरकारले दैनिक उपभोग्य २९ खाद्यवस्तुमा अनिवार्य मूल्यसूची राखिनुपर्ने व्यवस्था भएपनि तर व्यापारीहरू पसलमा मूल्यसूची राख्दैनन् । उनको नेतृत्वले बजारमा मिसावट भेटिएपछि जिल्ला प्रशासनको रोहवरमा दाल, तेल, पेय पदार्थ, मासुको धेरै पसल उद्योगलाई पसल, डीडीसीलाई पनि जिल्ला अनुगमन समितिले कारवाही गर्यो ।  

७३ वर्षीया लामा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले समय–समयमा गर्ने बजार अनुगमनमा पुगेकै हुन्छन् । ‘हरेक खाद्य वस्तुमा मिसावट छ, खरिद गर्दा ध्यान दिनुहोस् भनेर सचेतना गराउँदै हिँड्छु,’ लामा भन्छन्, ‘उपभोक्ताले नै मलाई प्रश्न गर्छन् । सबै वस्तुमा मिसावट छ भने के खाने भनेर ?’ उनले प्रश्नको जवाफ सुनाउँदै भने, ‘हतारमा बजार नजाने, खरिद गर्न लागेको वस्तु राम्रेरी नियालेर हेरेर खरिद गर्ने । खुला रूपमा राखेका (प्याकिङ नगरेका) वस्तुहरू नकिन्ने गर्नुहोस् भनेर भन्ने गर्छु ।’अहिले बजारमा मिसावट नियन्त्रण बाहिर गइसकेको उनको ठम्याइ छ । ‘अब बजारलाई अनुगमन नियमन गरेर सम्भव हुन छाड्यो । मुहान नै धमिलो भइसक्यो । अब पसल होइन । खाद्यवस्तु उत्पादन गर्ने उद्योगका (मुख) मै मिसावटको अनुगमन गरिनुपर्छ,’ उनले भने ।

राज्यले उपभोक्तावादलाई दोस्रो दर्जामा राखेर नजरअन्दाज गर्दा गुणस्तरीय र अशुद्ध वस्तु खाएर जनताको ज्यू–ज्यान अस्वस्थ बनेको छ । ‘अब जिल्ला प्रशासनलाई बजार अनुगमनको अधिकारी दिनु हुँदैन । अन्य कुनै निकायलाई यसको अनुगमन गर्न दिनुपर्छ,’ उनको माग छ । उपभोक्ता अधिकार संरक्षण ऐन २०७५ अख्तियारी गर्ने जिल्ला प्रशासन हो । यसको राज्यले सही रूपमा कार्यान्वन गर्न नसक्दा उपभोक्ताको अधिकार गुम्न पुगेको लामाको बुझाइ छ । लामाले अझै औषधिमा उपभोक्ता ठगिएकाले यसबारे अभियान आवश्यक रहेको बताए ।

उनी पछिल्लो समय हरियो तरकारीमा प्रयोग गरिने विषादीलाई नियन्त्रण गर्न राज्यले कडा कानून बनाउनुपर्ने बताउँछन् । खाद्यवस्तुमा मिसावटजस्तै विषादीले मानिसलाई गम्भीर समस्या निम्ताउँदै छ । यसको रोकथाम नभए मानिस सानै उमेरमा दीर्घरोगको शिकार बन्ने छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x