×

NMB BANK
NIC ASIA

पदयात्रा मार्गमा बाह्यभन्दा आन्तरिक पर्यटक बढी

मंसिर ११, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

टाडापानी-“उहिलेउहिले त यस पदमार्गमा पदयात्रा प्रयोजनका लागि आउने विदेशी मात्र हुन्थे, अहिले भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, कास्कीको घान्द्रुक–टाडापानी पदमार्गमा भेटिएका ख्रैम्राङ तामाङले भन्नुभयो । 

“मैले पर्यटकको सहयोगीका रूपमा काम थालेको १४ वर्ष भयो, अहिले ४३ वर्ष पुगेँ” अनुभव सुनाउँदै उहाँले थप्नुभयोे, “झण्डै ३० वर्षको अन्तरालमा चार÷पाँच वर्षयता भने पदयात्राकै लागि धेरै आन्तरिक पर्यटक आउन थालेका छन् ।” पदयात्रा मार्गमा बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको उहाँको भनाइ छ । 

पदमार्ग क्षेत्रमा होटल नहुँदा उनीहरूको खानपिन एवं समान ढुवानी आदि प्रयोजनमा भने ठूलै सङ्ख्यामा नेपाली नागरिक प्रयोग हुन्थे, तर केवल घुमफिर प्रयोजनका लागि भने होइन । पछिल्ला वर्षमा बढ्दै गएको घुमफिर संस्कृतिका कारण नेपाली पनि देशका विभिन्न भागमा घुम्ने क्रम बढेको छ । घुम्नुपर्छ भन्ने भावना विकसित हुँदै गएको पदयात्रा मार्गमा होटल व्यवसाय गर्दै आएका व्यवसायीको अनुभव छ । 

घान्द्रुक–पुनहिल पदमार्गमा पर्ने भैँसीखर्कमा होटल सञ्चालन गर्दै आउनुभएका हिलसाइड होटलकी सञ्चालिका पवित्रा गुरुङ पछिल्ला वर्षमा विदेशीको तुलनामा धेरै नेपाली पर्यटक पदयात्राका लागि आउने गरेको बताउनुहुन्छ । व्यवसायीले केही वर्षअघिसम्म विदेशी पर्यटकलाई प्राथमिकतामा राख्ने गरे पनि पछिल्लो समय भने आन्तरिक पर्यटकलाई प्राथमिकतामा राखन्े गरेका छन् । काठमाडौँबाट पुनहिलको पदयात्राका लागि आउनुभएका एनसीएम कलेज धोवीघाटका विद्यार्थी विप्लब केसीले पदमार्ग क्षेत्रमा होटल व्यवसायीले राम्रै आतिथ्यता दिएको अनुभव सुनाउनुभयो । 

“होटलमा आन्तरिक पर्यटकलाई गरिने व्यवहार हामीले राम्रै पायौँ”, उहाँले भन्नुभयो । पदमार्ग क्षेत्रमा बिग्रेभत्केका बाटोलाई मर्मत गर्नु आवश्यक देखिएको उहाँको भनाइ छ । ठाउँठाउँमा आउने होटल एवं अन्य जानकारी दिने किसिमका सूचनापाटी राख्नुपर्ने उहाँको सुझाव छ । पदमार्ग क्षेत्रलाई सफा सुग्घर राख्न ठाउँठाउँमा फोहर विसर्जन गर्ने डस्विन व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । 

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट शुरु हुने पदयात्रामार्गमध्ये भैँसीखर्कको उचाइ दुई हजार ४८० मिटर छ भने त्यहाँबाट माथि टाडापानीको उचाइ दुई हजार ६८० मिटर छ । यहाँ हुँदै तीन हजार २१० मिटरको पुनहिलमा पुगी पर्यटक फर्कने गर्दछन् । नेपालको पर्यटनमा पदयात्रा पर्यटनको आफ्नै विशिष्ट महत्व रहेको नेपाल पर्यटन बोर्ड पोखराका प्रशासन एवं कार्यक्रम अधिकृत प्रदीप गैरेले बताउनुभयो । 

पदयात्रामा बढ्दै गएको आन्तरिक पर्यटकको आकर्षणलाई कायम राख्न पदमार्गका होटलको स्तरोन्नति, बाटो सुधार आदिमा राज्यको चासो पुग्नु अपरिहार्य भएको उहाँले बताउनुभयो । पदयात्रामा आउने पर्यटकलाई मनोमानी शुल्क लिने प्रवृत्तिको अन्त्य गरिनु अपरिहार्य छ । विश्वको प्रख्यात पर्यटक गाइड लोन्ली प्लानेटले नेपालमा घुम्नैपर्ने १० पर्यटकीय गन्तव्यमा घान्द्रुक–पुनहिल पदमार्गलाई राखेका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण पदमार्ग क्षेत्रमा बढेको यहाँका व्यवासायी बताउँछन् । यस वर्षको दशैँपछि दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस पदयात्रामार्गमा आउने गरेको व्यवसायीले बताए । 

आन्तरिक पर्यटकका साथै चीन, मलेसिया, बेल्जियम, इटाली, जर्मनी, इजरायललगायतका देशबाट यस मार्गमा पदयात्रा लागि पर्यटक आउने गरेको घान्द्रुकस्थित लामा हेरिटेज रिसोर्टका व्यवस्थापक मुक्ति रानाले बताउनुभयो । रानाका अनुसार दशैँपछि दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पदयात्राका लागि आएका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x