कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडौं–नेपालीहरुको ठूला चार्ड दशैंतिहार सकिएसंगै देशका विभिन्न जिल्लाहरुमा ब्यापार एवं पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले मेला–महोत्सवको लहर शुरु भएको छ ।
कृषि, व्यापार, व्यवसाय र पर्यटन प्रवद्र्धनका नारा दिएर गरिने महोत्सवमा मुख्य आकर्षणमा हुन्छन् चलेका गायक/गायिका । दर्शक कलाकार खोज्छन् भने आयोजक पनि दिनहुँ नयाँनयाँ कलाकार लैजान्छन् । यसवर्ष पनि देशको मौसम चिस्सिएसंगै चलेका गायक/गायिकाका लागि माहोल तात्दो छ । कलाकार नभए सफल नमानिने त्यस्ता मेला महोत्सवमा अधिकाँश चलेका आधुनिक, पपदेखि लोकदोहोरी गायक–गायिकाहरू ब्यस्त बनिरहेका छन् । चलेका कोही कलाकार विदेशमै ब्यस्त छन् । नेपालमा रहेकाहरु अधिकाँश राजधानी बाहिर मेला महोत्सवमा छन् । उनीहरुको यो व्यस्तताले फागुन/चैतसम्मै निरन्तरता पाउँछ ।
लोकदोहोरी गायक पशुपति शर्मा यतिबेला अष्ट्रेलियामा छन् । आउँदो १६ गते नेपाल फर्किने उनि त्यसलगत्तै मेला महोत्सबमै ब्यस्त बन्नेछन् ।
लोकदोहोरी गायक खुमन अधिकारी यतिबेला सल्यानमा छन् । एक साताअघि राजधानी छाडेका खुमन नवलपरासी, वागलुङ, कपिलवस्तु चन्द्रौटा जिल्लामा आयोजना भएका मेलामा प्रस्तुति सकेर मंगलबार सल्यान पुगेका हुन् । तिहारपश्चात मात्रै उनी झण्डै एक दर्जन बढी महोत्सवमा पुगेर गीत गाईसकेका छन् । बुधबार काठमाडौं फर्किने उनी मेला महोत्सव कलाकारहरुका लागि एउटा अवसर भएको बताउँछन् । ‘पहिलो कुरा त हामी स्रोता तथा दर्शकसामु प्रत्यक्ष पुग्न पाउँछौं,’ उनी भन्छन् –‘अर्को कलाकारहरुको आर्थिक आम्दानी पनि राम्रो हुन्छ ।’
अहिले चलेकी गायिका प्रिती आले पनि यतिबेला महोत्सवमा पुग्न व्यस्त छिन् । ‘सोमबार नवलपरासी बर्दघाट मेलामा पुगेँ, मंगलबार कपिलवस्तु चन्द्रौटा मेलामा पुगे भने आज (बुधबार) रुपन्देही तिलोत्तमा मेलामा हुनेछु,’ प्रितीले लोकान्तरसंग भनिन् । तिहारयता उनी धादिङ, गोर्खा, चितवन, गुल्मी, सुर्खेत लगायत दर्जन बढी जिल्लामा पुगिसकिन् । उनको यो व्यस्तता फागुनसम्म नै निरन्तर रहन्छ । भन्छिन् –‘काठमाडौं बसाई महिनामा ५/७ दिनमात्रै हो ।’
लोकदोहोरी गायिका राधिका हमालको भागमा पनि यो वर्ष मेला महोत्सवका थुप्रै कार्यक्रम परेका छन् । अहिले काठमाडौंमै रहेकी उनले थुप्रै महोत्सवमा पुगेर प्रस्तुती दिइसकेकी छिन् भने आउँदा दिनको महोत्सवको तालिका पनि लामै छ ।
त्यस्तै गायिका पूर्णकला बिसी अहिले राजधानीबाहिर छिन् । रुकुम, रुपन्देही, वागलुङ लगायतका जिल्ला हुन पूर्णकलाले मंगलबार सल्यानमा आयोजना भएको महोत्सवमा आफ्नो प्रस्तुती दिईन् ।
आधुनिक गायक कमल खत्री मेला महोत्सवको दौपधुपले बिरामी नै परको बताउँछन् । ‘दशैं तिहारमा कन्सर्टमा ब्यस्त बने, तिहारयता मेला महोत्सवमा’ हाल काठमाडौंमै रहेका उनले भने, –‘नियमित कार्यक्रमले बिरामी नै परेँ, आइतबारदेखि मंगलबारसम्म रेष्ट गरेँ ।’ खत्री बुधबार भने कपिलवस्तुको चन्द्रौटा महोत्सवमा पुग्दैछन् ।
लोकदोहोरी गायक नविन पौडलको दौडधुप पनि अहिले ज्यादा छ । गुल्मी, कञ्चनपुर, वाग्लुङ, उदयपुर, कपिलवस्तु लगायतका जिल्लामा भएको महोत्सवमा प्रस्तुती सकेर मंगलबार बाराको सिमरा महोत्सवमा आफ्नो प्रस्तुती दिए । नबिन भन्छन्, ‘अबको चार महिना काठमाडौं बसाई निकै कम हुन्छ ।’
हाल काठमाडौंमै रहेका लोकदोहोरी गायक कुलेन्द्र बिक पनि लगत्तै मेला/महोत्सवमा व्यस्त बन्दैछन् । यस्तै लोकदोहोरी गायिका रमिला न्यौपाने पनि अधिकांश समय स्वदेश र विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा व्यस्त हुने गरेकी छिन् । गायक अर्जुन कौशल पनि अहिले कार्यक्रमको शिलशिलामा काठमाडौं बाहिर छन् ।
अहिले एल्बमबाट आम्दानी शून्य छ । यूट्यूबबाटको आम्दानी पनि गायक/गायिकाका लागि प्रयाप्त छैन् । त्यसैले पनि गायक÷गायिकाहरु स्टेज कार्यक्रममा फोकस हुन्छन् । अहिले गायक÷गायिकाका लागि बाँच्ने आधार नै स्टेज मानिन्छ ।
चलेका गायक/गायिकाहरु मेला महोत्सबबाट ३५ हजारदेखि ६० हजार रुपैयाँसम्म लिने गरेको बताउँछन् । यसरी हेर्दा केही महिना दैनिक जसो व्यस्त हरने गायक÷गायिकाहरुको कमाइ राम्रो रहने छ । महिनामा २० वटासम्म कार्यक्रममा व्यस्त रहने गायक/गायिका मंसिर, पुस, माघ र फागुनमा महिनामै ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
पछिल्लो समय गीतका एल्बमहरुबाट गायक गायिकाको कमाइ घटिरहेपनि स्वदेश तथा विदेशमा हुने यस्ता कार्यक्रमका कारण गायक गायिकाको कमाइ महिनामा लाखौं हुने गरेको छ ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...