कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
दिल थापा
प्रिया तिमीलाई कस्तो भयो होला ?
फल्नाको छोरा
फल्नाको बाऊ
फल्लानीको खसम ।
परदेशमा मर्यो रे भनेको सुनेको पल ।
म कल्पना गर्न सक्दिन ।
सायद तिमी त्यो दिन धेरै रोयौं होला ?
सायद तिमीलाई थाहा थियो ।
म जति रोए पनि मेरो श्रीमान
अब कहिल्यै आउने छैन भनेर ?
अनि धेरै चिन्तनशील भएर पनि सोच्यौँ होला ?
मबिनाको भोलिको आफ्नो जिन्दागीलाई
। त्यो समाजको अगाडी कसरी घिसार्ने भनेर ।
हो प्रिया म परदेशबाटै स्वर्ग आएको छु ।
तिमीलाई आर्शिवार्दको चाङ्गैचाङको
बीचमा दुखको भारी दिएर आएको छु।
नली हट्दीमा मासी छउन्जेल दुखको
पछि लागी रहे स्वर्ग आउदा एउटा सुख लिएर आएको छु ।
म त सुखको पल्लोभारिमा छु ।
तिमीलाई दुखको पल्लाभारि दिएर आएकोछु ।
मेरी पियारि
दुख नमान्
यो तिम्रो यारालाई धोकेबाज नठान
दुखसंग कहिल्यै हारिन
सायद तिम्रो साथ थियो पियारी
दुखै दुखले प्वाल परेको मेरो जिन्दागी टालिदै थियो
सायद तिम्रो हात थियो पियारी ।
त्यसैले मेरो जिवन प्वाल पर्दानी
मेरो मन कहिले प्वाल परेन
हिम्मतहरु प्वाल परेन
पियारी ! तिमीलाई फोन गरेको दिन
बिरामी आमासंग हजुरलाई भेट्न आउछु भनेको दिन
कसम मलाई मेरो भोलि थाहा थिएन
हो पियारी म कतारबाटै स्वर्ग आएको छु
हो आमा म कतारबाटै इन्द्रको देशमा आएको छु।
पियारी मैले तिमीलाई कहिले पो सुख दिए र?
तिम्रो जन्म दिनमा
हाम्रो बिहे भएको हरेक वर्ष गाँठमा
तिम्रो जन्म दिनमा
तिमीले र मैले एउटै जीवनको गोरेटोमा
हिड्ने निर्णय गरेको दिन
मैले तिमीलाई मेरो आधा दुख दिएथे नी
त्यसको ब्याज मात्रा दिए
हो पियारी तिम्रो काँधमा
मैले घोषण नगरेको
अघोषित जिम्मेवारी छोडेर आएको छु
तिमी त कति अभागिनी रहिछौं
कति दुखी रहेछौं ?
ग्याजाहाबारीको मकैको बोटले तीनतले घोगा अन्माएको वर्ष
त्यो मकैको बोटको त्यो तीनै वटै घोगाले दाना जन्माएको वर्ष
हाम्रो आँखा जुधेको थियो ।
रोदी घरको साँझ ।
गोठालो हिड्ने दहर
चौपाया चर्ने खर्कहरु
साक्षी राखी प्रेम उमारेका थियौं ।
हाम्रो सपनाहरु गहटका दानाहरु जस्तै थिए।
अनि संगै बाँच्ने र मर्ने बाचाहरु कौनीका दानाहरु भन्दा साना थिए । अनि हाम्रो खुसीहरु सामाका बालाहरु जस्तै लह-लह थिए।
हुन त मलाई प्रदेश जान मनै थिएन ।
तिमीलाई छोडेर ।
तर म यस्तो देशमा जन्मिएछु ।
मलाई राहादानी बनाउन ।
परदेश जान दिनहुँ अनुरोध गरिरहन्थ्यो राजधानीले ।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...