राजपा विवाद–सरकारमा जानका लागि चलखेल ?

मंसिर १२, २०७५

नेपाली राजनीतिक दलमा व्यक्तिवाद हावी हुन्छ भन्ने यथार्थको चित्रण राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले गरेको छ । मधेस केन्द्रीत ६ दलहरुको चुनावी गोलबद्धताको उपज राजपा पार्टी नबन्दै आन्तरिक विवादको भुमरीमा फँसेको छ । पछिल्लो चुनावको बखत थ्रेसहोल्डको सिकार हुनबाट जोगिनको लागि मधेसकेन्द्रीत दल एकिकरण भएर राजपा बनेको छ । 

निर्वाचन आयोगमा दल दर्ता बाहेकको अन्य समान्य औपचारिकता समेत पुरा गर्न पाएको थिएन राजपाले । ६ वटा दलका तत्कालिन पदाधिकारीहरुलाई तत् पद दिएर चुनावमा होमियो । 


ADVERTISEMENT

महन्थ ठाकुरको उमेरलाई मध्यनजर गर्दै राजपाको संयोजक मानिएको दलिल अन्य नेताहरुबाट पटकपटक आइरहेको हुन्छ । साथै पार्टी गठनको बखत चक्रीय प्रणालीलाई आत्मसात गरी अध्यक्ष मण्डलको संयोजक बन्ने कुराको समेत निर्णय भएको थियो रे ! 

राजपाको आउँदो महाधिवेसनसम्म धेरै कुरा प्रस्ट हुने नै छ । अहिले राजपाका भण्डारी एवं महतोहरु संघीय सरकारमा मन्त्री बन्न कसरत गर्दै छन् । उनीहरुले मन्त्रीमा सफलता पाए भने आश्चर्य मान्नु पर्ने छैन

केही साता पहिला मात्र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पार्टीका संयोजक बन्न ‘भ्याएका’ छन् । भ्याउनु शब्दको प्रयोग यस अर्थमा गर्नु परेको छ की संयोजक परिवर्तको लागि बसिएको छलफलबाट मिडियामा आएको प्रेस स्टेटमेन्टमा ‘केरमेट’ छ । जब सहमतिबाट भएको थियो भने स्टेटमेन्ट लेख्न मिस्टेक कसरी भयो ? आम जनमा चर्चाको बिषय बनेको छ । तर यी सब कुराभन्दा पनि गहनतम बिषय के हो भने ठाकुर पक्षधर वा भनौ खेमा का नेताहरुको अभिव्यक्ति सुन्दा र पढ्दा लाग्छ मानौ उनीहरुको सर्वस्व हरण भएको छ ।

ठाकुर बाहेकका अध्यक्ष मण्डलका अन्य सदस्यको राजपामा लगानी नै छैन । यो बिल्कुल जायज होइन । भारतमा सन् २०१४ को लोकसभा चुनावको बेला जतिबेला भारतीय जनता पार्टी वा भनौ नेस्नल डेमोक्रेटिक एलायन्स (एनडिए) बाट प्रधानमन्त्रिको नाम सार्वजनिक गर्ने बेला आएको थियो । त्यसबखत प्रधानमन्त्रीको प्रत्यासीका लागि सपना देखेका बरिष्ठ नेता लालकृष्ण आडवाणी पनि पंक्तिबद्ध थिए । तर नेरेन्द्र दामोदर दास मोदीले बाजी मारे । र लालकृष्ण आडवाणीले त्यसलाई सहर्ष स्वीकारे । आन्तरिक रुपमा पार्टी भित्र बिबादको धुवाँ उठे पनि बाहिरसम्म त्यो धुवाँले निकास पाउन सकेन । सायद लोकतान्त्रिक संस्कारको देन थियो होला त्यो । 

अहिले राजपाका ठाकुर पक्षधर नेताहरुले एकापटी राजेन्द्र महतोको अस्तित्व माथि प्रश्न चिह्न लगाइरहेका छन् भने अर्को पर्टी महेन्द्र यादवले नेपाली मिडिया मा ठाकुर बिरुद्ध जे पायो त्यही बोलिरहेका छन् । लोकतान्त्रिक संस्कारको खडेरी परेको नेताहरुमा यस्ता लक्ष्णहरुको कमी हुँदैन । 

महन्थ ठाकुर, राजेन्द्र महतो पार्टी अध्यक्ष होउन् वा कोही अन्य । सफल नेतृत्व को लगि पहिला ध्यान दिनुपर्ने कुरा के हो भने कुन प्रक्रिया (मोडस अप्रण्डी) बाट कोही अमुक ब्यक्तिले नेतृत्व पायो त ? ठाकुर राजपाको अध्यक्ष बन्दा उमेरको आधारमा बनेका थिए । के यो एक आधार काफी हुन्छ त नेतृत्वलाई सफलताको शिखर सम्म पुर्याउनको लागी ? अहिले महतो अध्यक्ष बन्न भ्याएका छन् । ठाकुर संग असन्तुष्ट सदस्यहरुले ठाकुरको बिकल्प मात्र खोजेको हो । नत्र महेन्द्र यादवले महतोको अस्तित्व स्वीकार्ने सम्भावना समेत हुने थिएन । एउटा नेतृत्वलाई बिस्थापित गर्न ल्याएको अर्को नेतृत्व कुशल नै होला कसरी भन्ने ? हुन त उनको नेतृत्वदायी भुमिका बिस्तारै सिद्ध हुनै जाने हो । 

महन्थलाई जेजे आरोप लगाएर पदच्युत गरिएको छ ती सबै कमजोरीबाट महतो पनि अछुतो छैनन् । महेन्द्र र राजेन्द्रका मिलन बाट राजपाले जातिय समिकरण मिलाउन बाहेक ठोस केही फाइदा पाउलन् भन्न कठिन छ

नेपालमा क्षेत्रिय पार्टीको सार्थकता र भविष्य बारे भाष्यहरु निर्माण हुँदै गरेको बेला राजपा जस्ता क्षेत्रिय पार्टीले आफ्नो आन्तरिक किचलो एवं संस्कार जसरी पस्किरहेको छ त्यसले धरै अर्थ सिद्ध गरिरहेको छ । मधेश आन्दोलनको रापतापको बीच ठिकठाक सिटहरुमा चुनावी झण्डा फरफराउन सफल यो पार्टीले संगठनात्मक जितको रुपमा यसलाई बुझ्नु अफ्नो गलत मुल्यांकन गरेको बुझिनेछ । 

संघीय सरकारलाई समर्थन दिँदै आएको राजपा नेपालले आफूहरुको समर्थन संविधान शंशोधनको लागि मात्र हो भनी दलिल पेश गर्दै आइरहेको छ । छठ पश्चात समर्थन फिर्ता लिने धम्कीपुर्ण अभिव्यिक्तहरु कता सेलायो कसैलाई थाहा छैन । प्रदेश—२ मा सरकारका मतियार राजपाका मन्त्रीहरु एनजिओहरुलाई कमिसनको आधारमा बजेट बितरण मात्रै गरिरहेको छैनन् आफू निर्वाचित क्षेत्र एवं जिल्लाहरुमा अधिकतम बजेट पठाएर आफूहरु गैरअनुभवी रहेको प्रमाणित गरिरहेका छन् । 

पार्टीका मन्त्री एवं नेताहरुका यी र यस्ता हरकतहरुबाट नेतृत्व कसरी अनभिग्य हुनसक्छ ? महन्थ पार्टी अध्यक्ष रहेका बेला जनताको चित च्यात्ने यस्ता क्रियाकलापहरुमा लगाम लगाउन नसेको अवस्थामा महतोले के गर्लान त्यो बुझ्न धेरै कुर्नु पर्ला जस्तो लाग्दैन । 

राजपाको आउँदो महाधिवेसनसम्म धेरै कुरा प्रस्ट हुने नै छ । अहिले राजपाका भण्डारी एवं महतोहरु संघीय सरकारमा मन्त्री बन्न कसरत गर्दै छन् । उनीहरुले मन्त्रीमा सफलता पाए भने आश्चर्य मान्नु पर्ने छैन । 

महन्थलाई जेजे आरोप लगाएर पदच्युत गरिएको छ ती सबै कमजोरीबाट महतो पनि अछुतो छैनन् । महेन्द्र र राजेन्द्रका मिलन बाट राजपाले जातिय समिकरण मिलाउन बाहेक ठोस केही फाइदा पाउलन् भन्न कठिन छ । मधेशमा यादवको जनसंख्या सम्मानजनक छ । त्यस्तै बैस्य (पचकुनिया) को पनि छ । यो हिसाबले अधिक्तम जनसंख्यालाई ‘अपिज’ गरेको हुनसक्छ । तर फेरि यो जातीय राजनीतिलाई बढावा दिएको समेत बुझिने छ । जुनकी समावेशी लोकतन्त्रको लागि घातक हुन्छ । 

अन्तमा, राजपा यदी लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो भने यसले लोकतान्त्रिक क्रियाकलाप प्रस्तुत गरी लोकतान्त्रिकताको मर्मलाई सम्मान दिनु आफ्नो धर्म नठान्ने हो भने यसको अस्तित्व र भविष्यमा खतराको बादल देख्नेहरुका संख्यामा फैलाबट हुनेछ । 

मंसिर १२, २०७५ मा प्रकाशित

रणधीर चौधरी

चौधरी समसामयिक राजनीतिक घटनाक्रम र मधेस मामलामा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस