×

NMB BANK
NIC ASIA

प्रहरी भर्नामा प्रदेश सरकारको आपत्ति, संघीय सरकारले गर्‍यो ‘ओभरटेक’ !

मंसिर १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – संघीयता कार्यान्वयनसँगै २ नम्बर प्रदेशले प्रदेश प्रहरी ऐन बनाएपछि विवाद देखियो । कतिपय सत्तापक्षका नेताले प्रदेश सरकारले संघीय सरकारलाई ‘ओभरटेक’ गर्न खोजेको बताए ।

Muktinath Bank

ऐन बनाएपनि प्रदेशले प्रहरी गठन, संरचना निर्माण र प्रहरी भर्ना गर्न पाएको छैन । तर संघीय सरकारले प्रहरी भर्ना प्रक्रिया रोकेको पनि छैन । विगतझै संघीय सरकारले प्रहरी भर्ना गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय प्रहरीले २ नम्बर प्रदेशमै नयाँ प्रहरी भर्ना गरिरहँदा प्रदेश सरकारले आपत्ति जनाएको छ । प्रदेशमा प्रदेश सरकारले प्रहरी भर्ना गर्न पाउनुपर्ने भन्दै प्रदेश सरकारले संघीय सरकारले ‘ओभरटेक’ गरेको दाबी गरेको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश प्रहरी कार्यालयले असई भर्ना गरिरहेको भएपनि प्रदेश सरकारलाई कुनै पनि जानकारी दिइएको छैन । ‘अहिले जनकपुरमा भइरहेको असई भर्नाबारे प्रदेश प्रहरी कार्यालयले हामीसँग कुनै पनि सरोकार राखेका छैनन् । न त कसैले सम्पर्क गरेर जानकारी नै गराएको छ,’ मुख्यमन्त्री लालबाबु राउतले लोकान्तरसँग भने, ‘प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पारित गरिसकेको अवस्थामा प्रदेश सरकारले नै आफ्नो प्रदेशको लागि प्रहरी भर्ना गर्नुपर्ने स्थानमा संघीय सरकारले प्रहरी भर्ना गरेर प्रदेश सरकारको अधिकारलाई ‘ओभरटेक’ गरेको छ ।’

Vianet communication
Laxmi Bank

प्रदेश प्रहरी ऐन नियमावली बनाइसकेको भएपनि तालिमस्थल व्यवस्थापन नगरिकन प्रदेशकै प्रहरी भर्ना गर्न गाह्रो रहेको मुख्यमन्त्री राउतले बताए । ‘अहिले संघीय सरकारले प्रहरी भर्ना गरेपनि प्रदेश सरकारले त्यो जनशक्तिलाई नराख्न पनि सक्छ,’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारलाई आवश्यक पर्ने प्रदेश प्रहरी आफैं भर्ना गर्नेछ । अहिले भर्ना हुने जनशक्तिलाई प्रदेश प्रहरीको रूपमा प्रदेश सरकारले पदस्थापना गर्दैन ।’

प्रदेश सरकारका कानूनी सल्लाहकार समेत रहेका मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले भने, ‘संघीय सरकारले गरिरहेको अहिलेको प्रहरी असई भर्ना संविधानको भावना विपरीत मात्रै होइन । प्रदेश सरकारको अधिकारमाथि हस्तक्षेप गर्दै ‘ओभरटेक’ पनि गरेको छ ।’ प्रदेश सरकारको तालिम केन्द्र स्थापना भएलगत्तै प्रदेश प्रहरीको छुट्टै भर्ना गरिने झाले बताए ।

संघीय सरकारले २ नम्बर प्रदेशमा प्रहरी सहायक निरीक्षक (असई) पदको भर्ना लिइरहेको छ । जनकपुरधाममा संघीय सरकारको मातहतमा रहेको संघीय प्रहरी इकाई कार्यालयमा प्रहरी सहायक निरीक्षक (असई) पदका लागि भर्ना प्रक्रिया शुरू भएको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग काठमाडौंले २०७५ असोज १५ गते असई भर्नाका लागि विज्ञापन प्रकाशित गरेको थियो । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा प्रदेशका ८ वटै जिल्लाबाट १ हजार ६ सय ६१ जनाले असोज १८ देखि कात्तिक २९ गतेसम्म आवेदन फाराम भरेका थिए ।

मंसिर १० गतेदेखि १९ गतेसम्म २–२ सय जनालाई २ सिफ्टमा शारीरिक तन्दुरुस्ती तथा प्रारम्भिक स्वास्थ्य परीक्षणको लागि जाँच लिने काम भइरहेको २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्दराज आचार्यले बताए ।

देशैभर ५ सय २४ जना असई पदका लागि विज्ञापन भएकोमा खुलातर्फ २ सय ८३, अमर अशक्त प्रहरी परिवारका लागि १०, समावेशी प्रावधान अन्तर्गत महिलाका लागि ४६, मधेशीका लागि ६४, आदिवासी जनजातिका लागि ७४, दलितका लागि ३५ र पिछडा क्षेत्रका लागि १२ पदका रुपमा छुट्याइएको आचार्यले बताए । ७ वटै प्रदेश र काठमाडौं उपत्यकाको महानगरीय शिक्षालय महाराजगञ्जमा समेत एकैसाथ छनौट परीक्षा शुरू भएको एसएसपी आचार्यले बताए ।

प्रहरी भर्ना सन्दर्भमा नेपाल प्रहरीले विज्ञापन प्रकाशित गर्दा सर्वोच्च अदालतमा विज्ञापन रद्द गरी भर्ना प्रक्रिया खारेजीको माग गर्दै अधिवक्ता सुनिलकुमार पटेलले रिट निवेदन नै दर्ता गरेका थिए ।

निवेदक पटेलका अनुसार २०७५ कात्तिक ९ गते न्यायाधीश चोलेन्द्रशम्सेर जबराले अन्तरिम आदेश जारी गर्नुपर्ने हो वा होइन त्यसका लागि छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन कात्तिक १३ गतेका लागि पेशी तोकेका थिए । त्यसपछि कात्तिक १३ गते न्यायाधीश द्वय दिपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले विज्ञापन खारेजीको लागि अन्तरिम आदेश जारी गर्न भनि माग भएकामा तत्काल अन्तरिम आदेश जारी गर्न परेन भन्दै आदेश गरेका थिए । अन्तिम फैसला नभएर मुद्दा न्यायालयमा विचाराधीन रहेको छ ।

देश संघीयतामा गइसकेकाले संघीय प्रहरीबाहेक सबै प्रदेशमा प्रदेश सरकारले नै आफ्नो प्रहरी भर्ना गर्नुपर्ने ठाउँमा विज्ञापन नै संविधानको भावना विपरीत रहेकाले विज्ञापन बदर गराउन माग गर्दै पटेलले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x