×

NMB BANK
NIC ASIA

अनाथकी अभिभावक मैना दिदी : बहुलाउने ‘भविष्यवाणी’ विरुद्ध समाजसेवा गर्दै

मंसिर १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – रूपन्देहीको तिलोत्तमाकी मैनादेवी भण्डारीले अनाथ बालबालिकासँग आफ्नो दिनचर्या बिताउन थालेको झण्डै १५ वर्ष भइसक्यो ।

Muktinath Bank

हाम्रो समाजमा फरक दृष्टिले हेरिने अनाथ बालबालिकालाई शिक्षा दिएर समाजमा समायोजन गराउन सकिने गरी उनी लागि परेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही उद्देश्यले २०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट जिल्ला प्रशासन र समाज कल्याण मन्त्रालयमा संस्था दर्ता गरिन् । अनाथ आश्रमको स्थापना गर्ने सानैदेखिको चाहना भएकाले २०६२ सालमा रूपन्देहीको तिलोत्तमा–६ मणिग्राममा आत्मशान्ति अनाथ आश्रमको स्थापना गरेकी हुन् । ३ जना बालबालिकाबाट शुरू गरेको आश्रममा २१ जना बालबालिका आश्रमबाट सहारा लिइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

आश्रममा सहारा लिएकामध्ये १ जनाले इलेक्ट्रिक इन्जिनियरको पढाइ सकेका छन् भने १ जनाले मेकानिकल इन्जिनियर सकिसकेका छन् । अन्य ११ जना बालिकाले मावि अध्ययन गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

उनले आश्रम त स्थापना गरिन् । तर आश्रम सञ्चालन गर्न उनीसँग आर्थिक स्रोत केही थिएन । एक हातमा दाल, अर्को हातमा चामल उठाउँदै उनी प्रत्येक घरघरमा डुलिन् । पेट पाल्नको लागि चामल उठाएको भनेर आरोप पनि सहनुपर्यो ।

दिनभर दाल चामल उठाउँदा पनि साँझ छाक टार्न गाह्रो पर्थ्यो । जति दुःख पाएपनि आमाबाबु गुमाएका बेसहारा बालबालिकाको सेवाले गर्दा उनले आत्मशान्ति पाएकी छन् । अहिले आश्रममा २५ जना अनाथ बालबालिका राख्न मिल्ने १० कोठा सहितको २ तले भवन बनाइएकी छन् ।

शुरूमा आश्रमको ८ हजार भाडा तिर्नुपथ्र्यो । रासनपानी, लत्ताकपडा, शिक्षादीक्षा, औषधी उपचारमा मैनादेवीले आफ्नो व्यक्तिगत २५ लाख रुपैयाँ सकेकी छन् । अन्तिममा घडेरी पनि छैन, घर पनि छैन, त्यस्तो अवस्था देखेर पतिले १५ धुर जग्गा आश्रमको नाममा  पास गरिदिए । भवन बनाउनका लागि आर्थिक स्रोत नहुँदा तत्कालीन सिँचाइमन्त्री बालकृष्ण खाणबाट भवनको शिलान्यास गराइयो । तर उनीबाट आर्थिक सहयोग नहुँदा उनी निकै दुःखी बनिन् । २ वटा शौचालय र बाथरुम सहितको पाँचकोठे भवनको निर्माण चाहिँ लुम्बिनी राउन्ड टेबलले गरिदिएको हो ।

मैनादेवीका अनुसार अहिले आश्रमसँग ४० लाख रुपैयाँको अक्षयकोष छ । उनले अक्षयकोष १ करोड रुपैयाँ पुर्याउने लक्ष्य छ । त्यसको १२ हजार ब्याज र दाताको सहयोगमै बालबालिकाको पालनपोषण भएको छ । तर खर्च जुटाउन निकै मुस्किल परेको उनी बताउँछिन् । उनका अनुसार अक्षयकोष संकलन गर्न सीतादेवी बास्ताकोटीबाट धेरै सहयोग मिलेको छ । 

आश्रममा नेपालका विभिन्न ठाउँबाट आएका बालबालिका छन् । सबै बालबालिकाले मैनादेवीलाई आमा भन्ने गर्छन् । मैनादेवीको माया र घरेलु वातावरणका कारण सबै बालबालिका खुशी छन् । यतिबेला उनी अनाथ तथा असहाय महिला कल्याण समाजद्वारा सञ्चालित आत्मशान्ति अनाथ आश्रम स्थापना गरेर बाबुआमा गुमाएका सहाराविहीन अनाथ बालबालिकाका लागि गाँस, बास, कपासको व्यवस्थामा नै दिन बिताइरहेकी छन् ।

मैनादेवी भन्छिन्, ‘हामीले यस संस्थालाई यो अवस्थामा ल्याउन निकै मेहनत गर्यौं । धेरै वर्षसम्म आश्रमको आफ्नै भवन नभएका कारण बिरालोले बच्चा सारेझैं ठाउँ–ठाउँमा सार्यौं । निकै उतारचढाव तथा चुनौतीहरूलाई पार गर्दै आश्रमले अहिले आफ्नै भवन पाएको छ । तर, हाम्रो लक्ष्य निकै ठूलो छ । हामी आश्रमको भौतिक संरचना तथा अक्षयकोष वृद्धि गरी बढीभन्दा बढी अनाथ तथा असहाय महिलाहरूलाई यस आश्रममा आश्रय दिन चाहन्छौं । हाम्रो यस पवित्र कर्ममा सहयोगका लागि आमनागरिकबाट समेत सहयोगको आशा राखेका छौं । हामी दाताहरूबाट एक मुठी चामल तथा एक रुपैयाँसमेत लिन तयार छौ ।’

सानैदेखि कविता तथा चित्रकलामा विशेष रुचि राख्ने मैनादेवीको एक कविता संग्रह प्रकाशन भएको छ । उमेर छिप्पिदै जाँदा मानिसले युवाकालमा जस्तो शारीरिक कार्य त गर्न सक्दैन । 

तर बुढेसकालमा पनि मानिसले गर्न सक्ने खालका थुप्रै कार्य छन् । बुढेसकालमा मानिसका लागि उपयुक्त काम समाजसेवा हो । यसको मतलब बुढेसकालमा मात्र समाजसेवा गर्नु भनेको होइन, मानिस एक सामाजिक प्राणी भएकाले सानैदेखि सामाजिक रूपमा सक्रिय रहनुपर्छ । मानिसले सामाजिक कार्य गरेर एकातिर समाजको उत्थानमा टेवा पु¥याउन सक्छ भने अर्कोतिर आफ्नो स्वास्थ्य ठीक राख्न सक्दछ । 

आफ्नो स्वास्थ्यको ख्याल राख्दै बुढेसकालमा पनि सक्रिय सामाजिक जीवन जिउनेहरू नै धेरै बाँच्छन्, स्वस्थ जीवन जिउँछन् ।  मैना उमेरले अब बुढेसकाल लागेको छ । तर उनमा त्यसको कुनै महसुस छैन । उनलाई थकाई नै लाग्दैन । २०१८ सालमा बुबा भगवत शर्मा लामिछाने र आमा पेमाकुमारी लामिछानेको कोखबाट तनहुँको गजरकोट गाविसमा जन्मिएकी मैनादेवीलाई महिला, बालबालिका, समाजसेवी, बुद्धिजीवी सबैले चिन्छन् । पढाइमा सधै प्रथम हुने मैनादेवीले चाहेजति पढ्न पाइनन् ।

८ कक्षामा पढ्दा पढ्दै १४ वर्षको कलिलो उमेरमा नै स्याङजा कुवाकोट गाविस वारीकुना निवासी रामचन्द्र भण्डारीसँग वैवाहिक जीवनमा बाँधिन पुगिन् । विवाह भइसकेपछि पनि पढ्ने तीब्र इच्छा जागेर सेन्ट अप पास गरिन् र एसएलसी दिन टाढा जानुपर्ने भएकाले घरबाट एसएलसी दिन पाइनन् । त्यतिबेलाको समाजले छोरी बुहारीले धेरै पढेको देख्न नचाहने, धेरै पढायो भनेर बुबाआमाको मन मस्तिष्क नै बिग्रने गरी समाजमा कुरा काट्न थाले । त्यसपछि उनले बीचमै पढाइ छाडेर चुलोचौकोमा नै सीमित हुनुपर्यो । छोरीलाई पढाएर राखे इज्जतमा दाग लाग्ने डरले बुबाले सानैमा विवाह गरिदिए ।

समाजसेवा शुरू गर्दाको अविष्मरणीय क्षणले उनलाई अहिले पनि पिरोलिइरहन्छ । मैनादेवी ७ वर्षकी हुँदा हस्तरेखा हेर्ने एउटी महिलाले भनिन्, ‘कि तिमी समाजसेवा गरेर ठूलै मान्छे बन्ने छौ, कि बहुलाएर साडी हातमा लिएर जंगल–जंगल हिँड्ने छौ ।’ त्यसपछि ७ वर्षकी बालिकाको कलिलो दिमागमा नराम्रोसँग चोट पर्यो । खाना खान नमान्ने, रुने, टोलाउने गर्न थालिन् । आमाले सम्झाउँदै भनिन्, ‘तिमीले तिम्रो बुबाले जस्तै समाजसेवा गर, अहिलेदेखि नै समाजका लागि केही गर्दै जाउ, समाजसेवाले तिमीलाई ठूलै मान्छे बनाउने छ र तिमीलाई बहुलाएर हिँड्नुपर्ने छैन ।’

उनले त्यतिबेलाको क्षण स्मरण गर्दै भन्छिन्, ‘आमाले त्यसो भनेपछि मैले समाजसेवा गरेर नबहुलाउने अठोट गरें ।’ उनी शुरूमा आफ्नै बाबुसँग स्याङ्गजाको कैलादीघाटको मन्दिरमा गइन् । ‘मन्दिरमा भजन गाइरहेका असहाय वृद्ध आमालाई बुबाले खानपानको व्यवस्था मिलाउनुहुन्थ्यो । उहाँहरूको दुःख देखेर मलाई समाजसेवा गर्ने सोच पलायो,’ उनले भनिन् । उनका बाबुलाई गाउँमा सबैले ‘जिम्माल’ भनेर चिन्थे । 

त्यतिबेला जिम्मालले बाली बुझ्ने चलन थियो । बाबुले बाली बुझ्न सिकाए । बाबु घरमा नभएको बेला मैनादेवीले नै बाली बुझ्ने गर्थिन् । धेरै समाजसेवी घरमा जम्मा हुन्थे, बैठक बस्थे । उनलाई आनन्द लाग्थ्यो र नजिकै बसेर हेर्थिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x