माघ ३, २०८०
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमान खरिद गर्दा प्रक्रिया नपु¥याइकनै खदिर गरेको बताएको छ । वाइडबडी विमान खरिद प्रक्रियाका बारेमा राय उपलब्ध गराउन संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार अनुसन्धान थालेको कार्यालयले यस्तो बताएको हो ।
कार्यालयका एक अधिकारीले विमान खरिदको लागि स्पेसिफिकेसन (विशिष्टता) तयार गर्दा एउटा कम्पनीलाई मात्रै फाइदा पुग्ने गरी तयार पारिएको भन्दै विमान खरिद प्रक्रियामा त्रुटि देखिएको बताए । ‘विमान खरिदका लागि तयार पार्नु पर्ने स्पेसिफिकेसन एउटा कम्पनीलाई मात्रै फाइदा पुग्ने गरी तयार पारेको हाम्रो प्रारम्भिक अध्ययनले देखाएको छ,’ ती अधिकारीले भने, ‘यसरी स्पेसिफिकेसन तयार गर्दा कुनै एउटा कम्पनीलाई मात्रै फाइदा हुने गरी तयार गर्न मिल्दैन । यसरी प्रतिस्पर्धा भयो भन्ने स्थिति नै देखिँदैन ।’
यसअघि संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा ६ अर्ब रुपैयाँ अनियमितता भएको बताउँदै थप अनुसन्धानका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको थियो । थप अध्ययन गरेर एक हप्ता भित्रै आफ्नो राय पेश गर्न समितिको निर्देशन थियो ।
समितिले विमान खरिद गर्दा निर्माता कम्पनीबाट मात्रै खरिद गर्नुपर्ने तर, मध्यस्तकर्तामार्फत् खरिद गरेको भन्दै वायु सेवा निगम प्रति थप प्रश्न उठाएको थियो ।
तर, सार्वजनिक खरिद कार्यालयका अधिकारीले बोलपत्र आह्वानमा आवेदन दिने सहभागीहरुबीच प्रतिस्पर्धा गराएर मध्यस्तकर्तामार्फत् पनि विमान खरिद गर्न मिल्ने दावी गरे । ‘सिधै उत्पादकसँग मात्रै किन्ने भन्ने छैन,’ ती अधिकारीले भने, ‘बीचमा रहेका कोअर्डिनेटरमार्फत् पनि खरिद गर्न सकिन्छ । मुख्य कुरा प्रतिस्पर्धा गरायो कि गराएन भन्ने हो ।’
नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी ए ३३०–२०० खरिदमा अनियमितता भएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संसदको सार्वजनिक लेखा समिति अन्तर्गत उपसमिति गठन गरेर समेत अनुसन्धान भइरहेको छ ।
लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वायु सेवा निगमलाई समेत स्पष्टिकरण माग गरेको छ ।
समितिले स्पष्टिकरणका लागि तयार पारेको प्रश्नावलीमा समेत ‘खरिदको लागि जारी गरिएको बोलपत्र आह्वानमा एयरबस ३३०–२०० भनेर स्पष्ट किटान गरिएको तर, एयरबसका अन्य भेरियन्टहरुलाई सहभागी हुनबाट बञ्चित गराइएको’ भनेर उल्लेख गरेको छ । समितिले एयरबसको मूल्य ढुवानी क्षमता अनुसार हुने गरेपनि वायु सेवा निगमले खदिरका क्रममा मूल्य घटाउनमा कुनै पहल नगरेको समेत बताएको छ ।
सार्वजनिक खरिद अनुमगन कार्यालयले आगामी बिहीवार भित्रै सांसदको सार्वजनिक लेखा समितिमा आफ्नो राय पेश गर्ने भएको छ । कार्यालयका सूचना अधिकारी यज्ञराज कोइरालाले समितिले आफुहरुलाई एक हप्ताको अवधि दिएको र दुई तीन भित्रै प्रतिवेदन समितिलाई बुझाउने गरी तयारी भइरहेको बताए ।
‘साथीहरु त्यसैको अनुसन्धानका लागि फिल्डमा छन्,’ उनले भने, ‘हामीले दुई–तीन दिनभित्रै प्रतिवेदन समितिमा पेश गर्नेगरी काम गरिरहेका छौं ।’
संसदको सार्वजनिक लेखा समितिको गत बुधवार बसेको बैठकबाट विमान खरिदबारे थप अध्ययन गरेर आफ्नो राय समितिमा पेश गर्न सार्वजनिक खरिद अनुमगन कार्यालयलाई निर्देशन दिइएको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...