×

NMB BANK
NIC ASIA

काठमाडौं – वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो ४ महिनामा २३ जनाको उद्दार गरेको छ । विदेशमा फसेका नेपाली श्रमिकका आफन्तबाट दैनिक सयौंको संख्यामा उजुरी पर्ने वैदेशिक रोजगार विभागले ४ महिनाको बीचमा जम्मा २३ जनाको उद्दार गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

उक्त संख्या आव २०७३/७४ मा ४१ रहेको र आव २०७४/७५ मा जम्मा ६७ रहेको विभागका सूचना अधिकारी भोलानाथ गुरागाईं बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी कात्तिक मसान्तसम्म विदेशमा श्रमिक निर्यात गर्ने म्यानपावरको दर्ता संख्या १५ सय ७२ रहेको र त्यसमध्ये १९७ म्यानपावर कम्पनी खारेज भएको वैदेशिक रोजगार विभागले जनाएको छ । कारोवार रोक्का रहेका म्यानपावरहरूको संख्या ६६ रहेको र अहिलेको आवमा मात्रै ३६ म्यानपावर कम्पनीको कारोवार रोक्का गरिएको सूचना अधिकारी गुरागाईंले बताए । 


Advertisment
Nabil box
Kumari

चालू आवको कात्तिक मसान्तसम्ममा वैदेशिक रोजगार विभागमा जम्मा ४७२ संस्थागत  उजुरीहरू आएका र ती उजुरीमा रू १५ करोड ११ लाख १७ हजार दाबी गरिएका थिए ।

Vianet communication
Laxmi Bank

ती दाबीमा म्यानपावरले गरेको ठगी, एजेन्टहरूले गरेको ठगी र विदेशमा रोजगारदाताले काममा लगाउँदा नदिएको तलब जोडिएको छ । तर १५ करोडभन्दा बढी माग गरिएको उजुरीमा वैदेशिक रोजगार विभागले जम्मा १६ लाख ७५ हजार विगो तिराएको छ । प्रतिशतको हिसाबमा यो जम्मा १.१० प्रतिशत हुन आउँछ ।

अर्थात् वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका नाममा भएको संस्थागत ठगीको जम्मा १ प्रतिशतको हाराहारीमा न्यायसम्पादन गरेको देखिएको छ ।

संस्थागत उजुरी संख्या ४ सय ७२ भएपनि वैदेशिक रोजगार विभागले जम्मा २ सय २५ वटा मुद्दाहरू फरफारक गरेको जनाएको छ । लगभग आधा संस्थागत उजुरीहरू फरफारक गरेको वैदेशिक रोजगार विभागले दाबी गरिएको मध्ये जम्मा १ दशमलव १० प्रतिशतमात्र बिगो भराउनु आश्चर्यजनक रहेको वैदेशिक रोजगार विभाग परिसर बुद्धनगरमा भेटिएका एक वकिलले बताए । 

वैदेशिक रोजगार विभागमा व्याक्तिगत ठगीका उजुरीहरू पनि उत्तिकै मात्रामा आउने गरेको गुरागाईंले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकमा देखिएको छ । चालू आवको कात्तिकसम्ममा ३ सय २१ व्याक्तिगत उजुरी आएका छन् र तीमध्ये जम्मा ४२ वटा उजुरीको छिनोफानो गरिएको छ ।

व्याक्तिगत ठगी सम्बन्धमा जम्मा १७ करोड, ५३ लाख ७४ हजार बिगो दाबी गरिएकोमा वैदेशिक रोजगार विभागको पहलमा पीडितहरूले जम्मा ३ करोड ५५ लाख १२ हजार पाएका छन् । प्रतिशतको हिसाबमा यो न्याय सम्पादन २० दशमलव २४ प्रतिशत मात्र हुन आउँछ । संस्थागत र व्याक्तिगत उजुरीको तुलना गर्ने हो भने विभागले संस्थागत रूपमा परेका उजुरी र दाबी गरिएको विगो रकम भराउन चुकेको देखिन्छ । 

त्यसैगरी यो आवको कात्तिक मसान्तसम्म वैदेशिक रोजगारको ठगी सम्बन्धमा अदालतमा जम्मा ५९ वटा मुद्दा परेको र जम्मा ८ करोड १७ लाख १४ हजार विगो रकम दाबी गरिएको बताएपनि कति मुद्दाको छिनोफानो भयो भन्ने विषयमा वैदेशिक रोजगार विभाग अनविज्ञ छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी मन्त्री गोकर्ण विष्टले लिएपछि वैदेशिक रोजगार विभागले पीडितको पक्षमा कदम चाल्ने आशा गरिएको थियो तर विभागको काम कारवाही अझै फितलो हुँदै गइरहेको छ । विभागको परिसरमा भेटिएका वैदेशिक रोजगार पीडित भन्छन्, ‘साउदीमा छोराले काम नपाएको ९ महिना भइसक्यो, खानाका लागि नेपालबाट पैसा पठाएकोपठायै छु ।  न म्यानपावरले छोरा झिकाइदिन्छ, न त विभागले नै केही गर्छ । न्याय पाउँला भनेर कैयौंपटक विभाग धाएँ तर कहिले कहाँ जाऊ, कहिले कहाँ जाऊ भन्छन् । यहाँबाट मेरो छोरा फर्किने आशा नै मरिसक्यो ।’

वैशाखदेखि कात्तिकसम्म वैदेशिक रोजगार विभागको राहत तथा उद्दार शाखामा तीनजना निर्देशक फेरिएका छन् । शशीकुमार लम्साल मन्त्रालय गएपछि उद्धव रिजाल निर्देशक बनेर आएका थिए । तर रिजाल पनि तीन महिना काम गरेर श्रम कार्यालय ताहाचलमा सरुवा भए । त्यसपछि राहत तथा उद्दार शाखाका निर्देशक र सूचना अधिकारीको रूपमा भोलानाथ गुरागाईं आएका छन् ।

गुरागाईं भन्छन्- ‘अहिले वैदेशिक रोजगारको क्षेत्र चरम संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ, यस्तो बेलामा पुराना र अनुभवीले काम सम्हाल्नुपर्ने हो । हामी नयाँ छौं त्यसकारण वैदेशिक रोजगार विभागको कार्यसम्पादनमा प्रश्न उठ्ने गरेको छ ।’


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x