×

NMB BANK
NIC ASIA

एउटा शब्दमा अल्झियो बाहिरी चक्रपथ, मन्त्रिपरिषद्को निर्णय कुर्दै आयोजना

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– काठमाडौं उपत्यकाका तीनवटै जिल्लालाई जोड्ने गरी निर्माण गर्ने भनिएको बाहिरी चक्रपथ आयोजनाको काम पहिलो चरणको जग्गा प्राप्तिमै अलमलिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बाहिरी चक्रपथको चोभार–सतुंगल सडक खण्डको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) तयार भएर मन्त्रिपरिषद्बाट स्वीकृत समेत भइसकेको छ । तर जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्ले निर्णय नगरिदिँदा काम शुरू हुन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं उपत्यका विकास प्राधिकरणले जग्गा प्राप्तिका लागि निर्णय गरिदिन शहरी विकास मन्त्रालयमा गत असारमा पत्र पठाएको थियो । तर मन्त्रालयले जग्गाका लागि आवश्यक प्रक्रिया पूरा नगरिदिँदा बाहिरी चक्रपथ निर्माणको काम अल्मलिएको प्राधिकरणले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

शहरी विकास मन्त्रालयले प्रक्रिया पुर्‍याएर  मन्त्रिपरिषद्मा प्रस्ताव गर्नुपर्ने र मन्त्रिपरिषद्ले जग्गा प्राप्तिका लागि स्पष्ट निर्णय गरेपछि मात्रै जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढ्ने प्राधिकरणले जनाएको हो ।

Vianet communication
Laxmi Bank

उपत्यका विकास प्राधिकरण अन्तर्गत बाहिरी चक्रपथ निर्माण आयोजनाका प्रमुख दिलिप भण्डारीले जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्ले गत असारमा निर्णय गरेको तर, उक्त निर्णय पूर्ण नभएपछि काम रोकिएको बताए ।

मन्त्रिपरिषद्ले ‘जग्गा प्राप्ति ऐनअनुसार जग्गा प्राप्ति गर्नुपर्ने’ निर्णय गरेको तर निर्णयमा ‘जग्गा प्राप्ति ऐन, २०३४’ अनुसार उल्लेख नभएकाले जिल्ला प्रशासन कार्यालयले जग्गा प्राप्तिका लागि सूचना जारी नगरेको भण्डारीले बताए ।

‘मन्त्रिपरिषद्ले जग्गा प्राप्ति ऐनअनुसार जग्गा प्रािप्त गर्नु भनेर निर्णयमा उल्लेख गरेको रहेछ,’ भण्डारीले लोकान्तरसँग भने, ‘जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा प्राप्ति गर्नु भनेर निर्णयमा उल्लेख नभएकाले जिल्ला प्रशासन कार्यालयले जग्गा प्राप्तिका लागि सूचना जारी गर्न मानेन ।’ 

अब उक्त काम अगाडी बढाउनका लागि मन्त्रिपरिषद्ले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा प्राप्ति गर्नु भनेर निर्णय गरेपछि मात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले जग्गा प्राप्तिका लागि सूचना जारी गर्ने आयोजना प्रमुख भण्डारीको भनाइ छ । 

पहिलो चरणमा चोभार–सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटर सडक निर्माणका लागि डीपीआर मन्त्री परिषद्बाट नै स्वीकृत भएको थियो । उक्त खण्डको डीपीआर स्वीकृत भएपनि जग्गा अधिग्रहणमा समस्या रहेको भण्डारीले बताए । ‘चोभार–सतुंगल खण्डको डीपीआर स्वीकृत भइसकेको छ,’ उनले भने, ‘जग्गा अधिग्रहणका लागि फाइल मन्त्रालयमा पठाएका थियौं । फिर्ता आएको छैन ।’

जग्गा अधिग्रहणका लागि मन्त्रालयमा पठाइएको फाइल शहरी विकास मन्त्रीले मन्त्रिपरिषद्मा पेश गर्ने र विकास प्राधिकरण फिर्ता पठाएपछि मात्रै जिल्ला प्रशसनले सूचना निकाल्ने छ ।

उक्त सडक खण्डको डीपीआर २०६५ सालमा भएको थियो । नेपालकै फूलब्राइट कन्सल्टेन्टले डीपीआर तयार पारेको थियो ।

कुल ६६ किलोमिटर लम्बाई रहेको बाहिरी चक्रपथको १० खण्डमा काम गर्ने योजना अनुसार सडक निर्माणका लागि खण्ड छुट्याइएको छ । आयोजनाका अनुसार आठ खण्डमा डीपीआर तयार भइसक्दा पनि अन्य दुई खण्डमा डीपीआर भएको छैन ।

आयोजनाका अनुसार भाँतेढिकुरो–अरनिको राजमार्ग–नयाँ ठिमी खण्डको ५ दशमलव ६ किलोमिटर सडकको डीपीआर हुन बाँकी रहेको छ । उक्त खण्डमा अरनिको राजमार्गसँग ओभरल्याप हुने भएकाले डीपीआर गर्नु पर्ने आवश्यकता नरहेको उपत्यका विकास प्राधिकरणका अधिकारीहरूले बताएका छन् ।

त्यस्तै खड्का भद्रकालीदेखि सनडोल खण्डको ६ दशमलव ५ किलोमिटर लम्बाइको सडकखण्ड पनि डीपीआर गर्न बाँकी रहेको छ ।

आयोजनाका अनुसार डीपीआर तयार भएका सबै खण्डमा नेपाली कम्पनीले नै डीपीआर तयार गरेको हो ।  चोभार सतुंगल सडक खण्डबाहेक अन्यको डीपीआर स्वीकृत नभएको प्राधिकरणले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०५५/०५६ मै १० वर्षभित्र सडक सञ्चालनमा ल्याउने योजनासहित उक्त सडक खण्डको प्रारम्भिक अध्ययन गरिएको थियो ।

त्यतिबेला बाहिरी चक्रपथको कुल लम्बाई ७२ किलोमिटर रहने बताइएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x