×

NMB BANK
NIC ASIA

जवान रहन ७ देखि ९ घन्टा सुत्नु आवश्यक, जौको पिठो, दूध र मह मिसाएर अनुहारमा लगाउँदा हुन्छ यस्तो फाइदा

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

छालाको राम्रोसँग हेरबिचार नगर्दा छालामा धेरै खालका समस्या उत्पन्न हुन्छ । घामको प्रकाश र अन्य कारण बाट पनि अनुहार र छालालाई प्रभाव पर्छ । छालामा उमेरको प्रभाव पनि पर्न जान्छ । छालालाई सुरक्षित बनाउनका लागि र ताजगी पाउनका लागि विभिन्न घरेलु उपायहरु अपनाउन आवश्यक छ । त्यसका साथै तनाव कम लिने, पर्याप्त निन्द्रा पनि छालालाई राम्रो राख्न सहयोग पुग्छ । 

Sagarmatha Cement
Muktinath Bank

न्यू सनस्किन : सनस्किन लगाएर छालालाई सुरक्षा कवच पहिर्‍याउने भन्दा ठूलो अरु उपाय कुनै छैन । पहिले धेरै चिपचिपे तथा अनुहारमा सेतो लेयर जमाउने तैलीय सनस्किन उपलब्ध हुन्थे । हिजोआज बजारमा फरक–फरक सनस्किन हर्बल क्रिम उपलब्ध छन् । सुख्खा छालाका लागि अलग तथा संवेदनशील छालाका लागि अलग मिनरल्स मिल्क वेस, एलोबेरा एवं चन्दनयुक्त सनस्किन उपयुक्त हुन्छन् । सौन्दर्य विज्ञहरूका अनुसार सौन्दर्य रक्षाका लागि दही, मेवा वा एलोबेरा आदिको पल्प आफ्टर ट्यानिङ प्याकका रूपमा प्रयोग गर्नुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम निद्राले स्वास्थ्य मात्र होइन छाला पनि प्रभावित हुन्छ । आँखामुनि डार्क सर्कल, छालामा र्‍यासेज, डिहाइड्रेसन तथा तौल बढी भएसँगै रोगप्रतिरोधक क्षमता समेत कम हुन्छ । जवान र स्वस्थ रहन ७ देखि ९ घन्टा सुत्नुपर्छ । त्यसपछि अनुहारबाट मसिना रेखा हट्छन् । छाला कोमल हुन्छ र त्यसको चमक बढ्छ । रातिको एउटा समय तय गर्नुपर्छ र दिनहुँ त्यही समयमा सुत्ने प्रयास गर्नुपर्छ । यसबाट बडी क्लक एउटा विशेष समयमा बाँधिन पुग्छ र सुत्ने समय नियमित हुन्छ ।


Advertisment
Nabil box
Kumari

कफीको प्रभाव छालामा ६ घन्टासम्म रहन्छ । त्यसैले दिउँसो तीन बजेपछि कफी पिउनु हुँदैन । यसबाट राति ढिलो गरी निद्रा आउँछ वा कम निद्रा लाग्छ ।

Vianet communication
Laxmi Bank

कोठाको उज्यालो व्यवस्थापन सही हुनुपर्छ । नाइट बल्वको उज्यालोबाट पनि आँखालाई डिस्टर्ब हुन्छ । त्यसैले कोठा अँध्यारो पारेर सुत्नुपर्छ ।

घरपालुवा जनावरलाई आफ्नो साथमा कोठामा सुताउनु हुँदैन । यसबाट पनि निद्रा प्रभावित हुन्छ । घरपालुवा जनावरको बस्ने ठाउँको व्यवस्था अलग्गै हुनुपर्छ ।

आफ्नो बेडमा इलेक्ट्रोनिक आइटम राख्नुहुँदैन । राति सुत्नुभन्दा पहिले त्यसको प्रयोग गर्नुहुँदैन । यसबाट निद्रा लाग्न समय लाग्छ ।

ताजगीपूर्ण छाला : आफ्नो विदा कार्यक्रममा एक्सफोलिएसनको कार्यक्रम राख्नुपर्छ । स्क्रब गर्दा छालाबाट मृतकोष निस्कन्छ र फ्रेस महसुस हुन्छ । हरेक साता नियमित रूपमा यो उपाय अवलम्वन गर्नुपर्छ । यसबाट उमेर केही वर्ष कम देखिन्छ ।

आफ्नो स्मार्ट फोनको रिमाइन्डरमा सेड्युल तय गर्नुपर्छ, यसले आफ्नो छाला कहिले स्क्रब गर्ने भन्ने थाहा हुन्छ । स्क्रबबाट छालामा जमेको मृतछालाको लेयर उत्रन्छ भने केही सातामै अनुहारमा चमक देखा पर्छ ।

स्क्रव कहिल्यै तीनदेखि पाँच मिनेटभन्दा बढी गर्नुहुँदैन अन्यथा छालामा भएको नेचुरल आयल निस्कन्छ र छाला ड्राइ हुन पुग्छ ।

अनुहारमा मिहीन ग्रेन्युल्स भएको स्क्रब नै प्रयोग गर्नुपर्छ । मोटो ग्रेन्युल्स भएको स्क्रबबाट छालामा र्‍यासेज आउनसक्छ । यसलाई बडी स्क्रविङमा प्रयोग गर्न सकिन्छ । चिनी तथा कागती मिसाएर हात अनि पैतालामुनि मल्नुपर्छ । यसबाट हात तथा पैताला सफा एवं मुलायम रहन्छन् ।

जौको आटा, दूध र मह मिसाएर अनुहारमा लगाई १० मिनेटपछि हातले मल्दै स्क्रब गर्नुपर्छ । यसबाट मृतकोषिका निस्कन्छ र अनुहारमा निखार आउँछ ।

वाटर सरप्राइज : सुख्खा छालामा बढ्दो उमेरको प्रभाव चाँडै देखिन्छ । त्यसैले पानीले शरीर र छालामा कसरी सन्तुलन राख्नुपर्छ भन्ने कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

विज्ञहरूका अनुसार छालाको सुख्खापन हटाउनु आवश्यक हुन्छ । साबुन भरसक कम प्रयोग गर्नुपर्छ । सेनिटाइजरबाट हात तथा फेसियल वाइप्सबाट अनुहार पुछ्नु बढी सुरक्षित हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x