मंसिर १९, २०७५

काठमाडौं — सामाजिक सञ्जालमा आजकल संसारको सबभन्दा ठूलो कुखुरोले हंगामा मच्चाइरहेको छ । कुखुरोको नाम मरकली हो र यो युरोपेली देश कोसोभोको पोल्ट्री फार्ममा बस्छ । 

कुखुरो तीन फीट लामो र ७.७ किलो तौल छ । 

कुखुरोका मालिकका अनुसार, कुखुरो दुईवटी कुखुरीसँग बस्छ र उसमाथि निकै राम्रो व्यवहार गरिन्छ । 

मरकली ब्रह्मा कुखुरा प्रजातिमा पर्छ । यो चीनबाट ल्याइएको र अमेरिकामा हुर्काइएको कुखुरो प्रजाति हो । 

सामान्यतया ब्रह्मा कुखुरोको तौल साढे पाँच किलो हुन्छ तर मरकली तीमध्ये सबभन्दा ठूलो हो । 

एजेन्सी
 


ADVERTISEMENT

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस