×

NMB BANK
NIC ASIA

लुम्बिनी पुग्ने पर्यटक बास नबसी किन फर्कन्छन् ?

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देही-  यस वर्ष कात्तिकको मध्यसम्म करीब १६ लाख स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरिसके । भ्रमणका लागि उपयुक्त याम भएकाले यस वर्ष थप एक लाख पर्यटक लुम्बिनी घुम्न आउने अपेक्षा लुम्बिनी विकास कोषले राखेको छ । 

Muktinath Bank

तथ्याङ्कअनुसार यहाँ आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, चीन, बर्मा, म्यानमारलगायतका देशहरुबाट पर्यटकहरु लुम्बिनी आउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी पुग्ने पर्यटकहरुको सङ्ख्या धेरै देखिए पनि यहाँका पर्यटन व्यवसायीहरु भने खासै उत्साहित छैनन् । आगन्तुकमध्ये १० प्रतिशतले मात्रै लुम्बिनीमा रात बिताउँछन् । सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजनामा लुम्बिनी आउने पर्यटकहरुले सरदर एक रात मात्रै बास बस्ने गरेको उल्लेख छ । यो विदेशी पर्यटकको बसाइ अवधिका आधारमा निकालिएको तथ्याङ्क हो । यद्यपि, अहिले स्वदेशी तथा विदेशी पर्यटकहरुको आवागमन बढेको छ । यसबाट यहाँका व्यवसायीहरुमा केही आशा नपलाएको होइन तर, रात काट्ने पर्यटकहरुको सङ्ख्या भने बढ्न सकेको छैन । 


Advertisment
Nabil box
Kumari

लुम्बिनी पुग्ने जो कोहीले यहाँ पर्यटकहरु ओइरिएको देख्दा लुम्बिनी पर्यटकले भरिभराउ छ, लुम्बिनीका होटल भरिभराउ होलान् र पर्यटन व्यवसायीहरुले पनि प्रशस्त फाइदा लिन पाएका होलान् भन्ठान्छन् । तर, लुम्बिनी आएर फर्किने पर्यटकको सङ्ख्या धेरै हुँदा पनि पर्यटन व्यवसायीले त्यसबाट यथेष्ट फाइदा उठाउन सकेका छैनन् । 

यहाँ आउनेमध्ये सरदर १५ प्रतिशत पर्यटकले मात्रै रात बिताइदिने हो भने लुम्बिनी मात्रै होइन भैरहवासम्मका होटलहरु भ्रिभराउ हुन्छन् तर, आएका पर्यटक नअडिँदा समस्या भएको छ भन्नुहुन्छ सिद्धार्थ होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठ । खासगरी ठूलो सङ्ख्यामा यहाँ आउने पर्यटकमध्ये श्रीलङ्काली र भारतीय पर्यटक मायादेवी मन्दिर मात्रै घुमेर फर्किन्छन् । अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ – “भारतीय गाइड यहाँ अरु मन्दिर हेर्न समेत दिँदैनन् । खानेकुरा पनि उतैबाट प्याकिङ गरेर ल्याउँछन् । खाएर फोहर फाल्छन् र जान्छन् ।” 

यतिमात्रै होइन लुम्बिनी आउने अधिकाँश विदेशी पर्यटकहरुसमेत आफ्नै देशले बनाएको विहारमा बास बस्छन् । विहारका नाममा अधिकाँश देशहरुले यहाँ होटल सञ्चालन गरिरहेका छन् । श्रीलङ्का, चीन, दक्षिण कोरिया, थाइल्यान्डलगायत विभिन्न देशहरुबाट आउने पर्यटकहरु आफ्नै मन्दिरका पाहुना घरमा रात बिताउँछन् र फर्कन्छन् । 

केही मुलुकका पर्यटकहरु भारतीय ट्राभल एजेन्सीमार्फत यहाँ आउँछन् । उनीहरु पनि मायादेवी मन्दिरको दर्शन गरेर बास बस्न फेरि भारत पुग्छन् । अधिकाँश स्वदेशी पर्यटकहरु पनि बुद्धको जन्मस्थल लुम्बिनी घुमेर मात्रै फर्कन्छन् तर, बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोट, बुद्धको मावली देवदह, बुद्धको अस्थिधातु राखिएको स्थान रामग्राम जस्ता महत्वपूर्ण स्थानहरुमा पुग्दैनन् । लुम्बिनी पनि गुरुयोजनाले परिकल्पना गरेको विधिअनुसार नघुमिदिँदा पर्यटकको लुम्बिनी भ्रमण अवधि छोटो हुने गरेको छ । 

गुरुयोजनाअनुसार १ नं ढोकाबाट प्रवेश गरेर विहारहरु हँुंदै अन्तिममा मायादेवी मन्दिर पुग्ने विधि छ । यो विधि प्रयोग गर्दा लुम्बिनीमा एक रात बास बस्नै पर्छ । आध्यात्मिक हिसाबले लुम्बिनी घुम्ने यो विधिलाई सबैभन्दा उपयुक्त मानिन्छ । पर्यटकहरु शुरुमै मायादेवी मन्दिर पुगेर फर्किने गरेका कारण यहाँका व्यवसायीले लाभ लिन नसकेको पर्यटन व्यवसायी हेम बहाुदर बिष्ट बताउनुहुन्छ । 

लुम्बिनी आउने पर्यटकहरुको बसाइ अवधि लम्ब्याउन केही पर्यटन व्यवसायीहरुले अभियान चलाएका छन् । लुम्बिनीदेखि राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोटलगायतका बुद्धको जीवनसँग जोडिएका कुदान, निग्लिहवा, गोटिहवा, सगरहवा, जगदीशपुर ताल लगायतका क्षेत्रसम्म पुग्ने पर्यटक बस सञ्चालनमा ल्याएको व्यवसायी बिष्टले बताउनुभयो । 

यस्तै, लुम्बिनीदेखि कुशीनगरसम्म पनि पर्यटक बस सञ्चालन भएको छ । प्रचारप्रसारको कमीले यो अभियान अझै प्रभावकारी भएको छैन । व्यवसायी बिष्टले भन्नुभयो – “यसमा सबैको चासो र समन्वय जरुरी छ ।” लुम्बिनीमा पर्यटकहरुको बसाइ अवधि कम हुँदा त्यसको असर सबै व्यवसायमा परेको अनुभव गरिएको छ । 

पर्यटकहरुको सङ्ख्या देखेर उत्साहित व्यापारीहरु व्यापार नहुँदा भने दुःखी छन् । माला व्यवसायी विनोद कहारले भन्नुभयो – “ पर्यटकहरुको भीड हेरेर के गर्नु ? व्यापार छैन । पहिले सङ्ख्या कम हुँदा बरु व्यापार राम्रो थियो ।” 

लुम्बिनी क्षेत्रमा विद्युत्, खानेपानी, सडकजस्ता पूर्वाधारको राम्रो विकास र व्यवस्थापन नहुँदा पर्यटकहरु अन्य स्थानमा गएर रात बिताउने गरेको स्थानीय व्यवसायीहरुको गुनासो छ । कोषले भने लुम्बिनीमा पूर्वाधारहरुको कमी नरहेको दाबी गर्दैआएको छ । 

भैरहवादेखि लुम्बिनी र लुम्बिनी विकास कोषको क्षेत्र बाहिर निर्माण भइरहेको सडक सडक विभागको निर्देशनमा रोकिएको छ जसका कारण लुम्बिनीको मुटु मानिने महिलवार, पर्सा, पडेरीयालगायतका लुम्बिनी क्षेत्र वरपरको वातावरण धुलाम्ये छ । सोही कारण यो याममा पर्यटकहरु लुम्बिनी अडिन नचाहेको व्यवसायी मञ्जु ढकालको ठम्याइ छ । उहाँले भन्नुभयो – “पहिले यहाँ धेरै चहलपहल हुन्थ्यो । पसलमा सामान बेच्न भ्याइनभ्याई थियो तर, अहिले महिलवारको व्यापार सुकेको छ ।” 

सङ्ख्याका हिसाबले लुम्बिनीमा पुग्ने पर्यटकहरुको सङ्ख्या धेरै देखिए पनि बसाइ अवधि छोटो हुँदा लुम्बिनीेले पर्यटन प्रवद्र्धनमा फड्को मार्न सकेको छैन । लुम्बिनीमा पर्यटकहरुको बसाइ अवधि लम्ब्याउन सरकारी र निजी क्षेत्रले पहल गर्नुपर्ने संस्कृति तथा पर्यटनविद् डा गितु गिरी बताउनुहुन्छ । 

“नेपालका टुर एण्ड ट्राभल एजेन्सीहरुको ग्लोबल कनेक्टीभिटी हुनुपर्छ, नेपाल आउने पाहुनालाई नेपाली गाइडले नै घुमाउने व्यवस्था हुनुपर्छ,” उहाँले भन्नुभयो – “यसो गर्दा मिसगाइड हुन पाउँदैन ।” 

बुुद्धको जीवनीसँग जोडिएका क्षेत्र सँगसँगै बुटवल, पाल्पा, चितवन, पोखरा लगायतका पर्यटकीय स्थलहरुको विकास गरी ती स्थानमा पर्यटक पु¥याउन प्राइभेट पब्लिक पार्टनरसिपका आधारमा कार्यक्रम तयार गर्नुपर्ने उहाँको सुझाव छ । “आएका पाहुनालाई बसाल्न मात्रै खोज्नु भन्दा लुम्बिनी आउने वातावरण बनाउन पर्यटन व्यवसायी क्रियाशील रहनुपर्छ,” उहाँले भन्नुभयो । 

लुम्बिनी मात्र नभई बुद्धले २९ वर्ष बिताएको तौलिहवा, मावली क्षेत्र देवदह, रामग्रामलगायतका क्षेत्रको प्रचारप्रसारका लागि निजी र सरकारी क्षेत्रको क्रियाशीलता नपुगेको विज्ञहरु औँल्याउँछन् । 

लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनका लागि कोषले विभिन्न योजनाहरु अघि सारेको छ । बुद्धसँग जोडिएका स्थानहरुलाई समेटेर बृहत्तर लुम्बिनी गुरुयोजना तयार गर्ने कोषको योजना छ । 

कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले भन्नुभयो – “यो योजनाले पूर्णता पाउने हो भने लुम्बिनी आउने पर्यटक तिलौराकोट, देवदह, रामग्रामसम्म पुग्ने वातावरण बन्ने थियो तर, लुम्बिनीको गुरुयोजना पूरा हुन अझै ३ वर्ष लाग्छ । लुम्बिनीको गुरुयोजना पूरा गर्न हामी ग्लोबल टेण्डर प्रक्रियामा गइसकेका छौं ।” 

राजनीतिक अस्थिरताका कारण लुम्बिनीको गुरुयोजनाले पूर्णता नपाउँदा पर्यटन प्रवद्र्धनमा प्रतिकूल असर परेको उहाँ ठान्नुहुन्छ । अहिले पर्यटकहरुको रोजाइ र चाहना अनुसार लुम्बिनीमा गतिविधि सञ्चालन भइरहेको उहाँको भनाइ छ । 

लुम्बिनीको विकास र समृद्धिका लागि बुद्ध जन्मस्थललाई प्राथमिकतामा राखेर काम गरेको सरकारको दाबी छ । भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटकको पहिलो गन्तव्य बुद्ध जन्मस्थल शान्तिभूमि लुम्बिनी हुने दाबी धेरैले गर्छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x