देशभरका ७ वटा भन्सारमा प्रभू बैंकको काउन्टर

मंसिर १९, २०७५

काठमाडौं – सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल–भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयमा प्रभू बैंकले काउन्टर स्थापना गरेर कारोबार गरिने भएको छ ।

काउन्टरबाट बैंकिड कारोबार शुरू गर्ने सम्बन्धी सम्झौतामा बुधवार एक कार्यक्रमबीच भन्सार विभागका महानिर्देशक तोयम राया र प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर सम्पन्न भएको छ । 


ADVERTISEMENT

झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयमा बैंकले अर्को हप्तादेखि काउन्टरहरू सञ्चालनमा ल्याएर सेवा प्रारम्भ गर्नेछ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका भन्सार कार्यालयको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापमा बढोत्तरी हुन गई राजस्व संकलनको आकडामा बृद्धि हुन जाने विश्वास लिइएको छ । 

बैंकको सेवा प्रारम्भ भएसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताले सरलरुपमा बैंकिङ सेवा प्राप्त गर्नेछन् ।

नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि सेवाबाट टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस