विष्णु माझीको मर्मस्पर्शी नयाँ गीत ‘कसम’ सार्वजनिक

मंसिर १९, २०७५

काठमाडौं - लोक गायिका विष्णु माझीको मर्मस्पर्शी नयाँ गीत ‘कसम’ सार्वजनिक भएको छ ।

शिवदर्शन फिल्मस् प्रालिको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा विष्णु माझी र बुद्ध मियाको स्वर रहेको छ । लय र शब्द संकलन बुद्ध मियाले नै गरेका छन् ।


ADVERTISEMENT

गीतको म्युजिक भिडियोमा सगुन शाही र बुद्ध मिया आफैले अभिनय गरेका छन् । सगुनको अभिनय उत्कृष्ट छ । बुद्धको अभिनय औसत रहे पनि सगुनले गीतमा न्याय गरेकी छन् ।

दुर्गा पौडेलले निर्देशन गरेको भिडियोको सम्पादन नविन घर्तीमगरले गरेका छन् ।

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस