×

NMB BANK
NIC ASIA

वाइडबडी खरिद प्रकरण : ४१ सवालको जवाफ नआउँदै पर्यटनमन्त्रीका लागि अर्को प्रश्नावली तयार !

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–  वाइडबडी विमान खरिदका बारेमा यसअघि नै ४१ वटा प्रश्नको जवाफ माग गरेको सार्वजनिक लेखा समितिले अर्को प्रश्नावली तयार पारेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायु सेवा निगमबाट स्पष्ट जवाफ माग गर्नका लागि प्रश्नावली तयार पारेको हो ।

Sagarmatha Cement
Muktinath Bank

प्रश्नावलीमा विमान खरिद प्रक्रियामा एयरबस ३३०–२०० भनेर किटान गर्नुले नै सार्वजनिक खरिद ऐन २०६३ को उल्लंघन गरेको उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सार्वजनिक खरिद ऐन २०६३ अनुसार सार्वजनिक निकायले खरिद विवरण तयार गर्दा कुनै उपाय नभएको अवस्था बाहेक कुनै खास ब्राण्ड, ट्रेड मार्क, पेटेन्ट डिजाइन प्रकार उत्पत्ति वा उत्पादकको नाम उल्लेख गर्न मिल्दैन । र उल्लेख नगरी नहुने अवस्थामा पनि ‘सो सरह’ भन्ने शब्द उल्लेख गर्नु पर्नेमा एयरबसको ३३०–२०० नै किटान गरिएको छ । किन यसो गरिएको ?’ भन्दै प्रश्न उठाइएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै ‘आरएफपीमा उल्लिखित शर्तहरुका केही प्रावधानहरु एमओयुमा प्रिवर्तन गरिएका र सार्वजनिक खरिद ऐन अनुसार यसो गर्न मल्दिैन । कुन नियमका आधारमा यसो गरिएको हो ?’ प्रश्न सोधिएको छ ।

Vianet communication
Laxmi Bank

यसको बारेमा औचित्य पुष्टि गर्ने कानूनी आधारहरु समितिमा उलब्ध गराउन समेत प्रश्नावलीमा उल्लेख गरिएको छ ।

वाइडबडी विमान खरिदमा सार्वजनिक खरिद ऐनको उल्लंघन गरिएको आशंकामा प्रश्नावली तयार गरेर बुधबार समितिका सदस्यहरुले आपसमा  छलफल गरेका थिए ।

छलफलपछि समितिका सभापति भरत शाहले आगामी शुक्रवार मन्त्रालयका प्रतिनिधि र निगमका प्रतिनिधिहरुलाई बोलाएर जवाफ माग गरिने बताए ।

समितिले ऐन मिचेर विमान खरिद गरिएको उल्लेख गर्दै ‘खरिद विवरण (स्पेसिफिकेसन) तयार गर्दा लिइएका आधार जनाउने कागजातहरु र विमान खरिदका लागि स्वीकृत गरिएको स्पेसिफिकेसन उपलब्ध गराउन समेत माग गरेको छ । बुधवार नै समितिले संस्कृति, पर्यटन तथा नागकिर उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई बोलाएको थियो ।

यसअघि समितिले मन्त्रालय तथा मातहतको वायु सेवा निगमलाई ४१ वटा प्रश्न गर्दै जवाफ माग गरेको थियो । उक्त ४१ वटा प्रश्नको लिखित जवाफ समितिमा पेश नभएको समितिका सदस्यहरु बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x