निर्मलामाथि सामूहिक ‘वलात्कार भएको आशंका, काठमाडौंमा एक र महेन्द्रनगरबाट तीनजना पक्राउ

मंसिर २०, २०७५

काठमाडौं–बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा ।

सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । 
उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । 


ADVERTISEMENT

उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस