‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

मंसिर २०, २०७५

काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुने भएका छन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छने । यसैगरी दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

बुधबार भएका खेलमा मनाङ–मर्स्याङ्दी, थ्रीस्टार र च्यासल युथ क्लब विजयी भएका छन् । मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हरायो ।


ADVERTISEMENT

यस्तै, थ्री स्टार क्लबले सरस्वती युथ क्लबलाई २– १ गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा च्यासल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराएरको हो ।

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस