काठमाडौँ- पूँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालयतहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ ।
बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजारसम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी दिनुभयो । बोर्डले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून सङ्काय, डीनको कार्यालय र पूर्वाञ्चल, पोखरा, मध्य पश्चिमाञ्चल र काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टलाई आग्रह गरेको छ ।
लोकसेवा आयोगलाई समेत धितोपत्र बजारसम्बन्धी विषयलाई आफ्ना पाठ्यक्रमममा समावेश गर्न आग्रह गरेको बोर्डको भनाइ छ । सरकारले वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारमा आम जनताको सहभागितालाई प्रोत्साहन गर्ने रणनीति लिएको छ । बोर्डको चालू आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममासमेत उक्त विषय समावेश गरिएको छ ।
देशका ७७ जिल्ला र ७५३ स्थानीय तहमध्ये करीब ७०० तहमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगेको छ । धितोपत्रको दोस्रो बजार नयाँ स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आइसकेको छ । नेपालको धितोपत्र बजार विस्तार हुने क्रममा रहेको र नेपालको बजार देशको समग्र वित्तीय प्रणालीको अभिन्न अङ्ग भएकाले पनि अध्ययन अध्यापन गराउनु जरुरी रहेको बोर्डको भनाइ छ ।
थप समाचार
- नेपालमै महिनाको साढे १० लाख कमाउन कर्ण शाक्यको टिप्स
- स्थानीय सरकारको साहसिक निर्णय : जग्गा प्लटिङमा रोक !
- यस्तो देखियो माथिल्लो तामाकोशी जलविद्युत आयोजना (तस्वीरहरु)
- भाग्यमानी हुन्छन् त्यस्ता मानिस, जसको हातमा यस्तो ‘अक्षर’ हुन्छ
- नयाँ बर्षमा घुम्न जाने योजना छ ? यी हुन काभ्रेका गन्तव्यस्थल
- टन्सिलबाट आराम पाउन यी घरेलु उपाय गर्नुस्
प्रतिक्रिया दिनुहोस