कपिल विवाहको कार्ड बोकेर आफैँ गए सुनील ग्रोबरको घर, बिहेमा जालान् डा. गुलाटी ?

मंसिर २०, २०७५

पछिल्लो केही महिनादेखि भारतमा सेलिब्रेटीको विवाहको समारोह चलिरहेको छ ।

दीपिका पादुकोण र रणवीर सिंहले विवाह गरेको केही समयपछि प्रियंका चोपडा र निक जोनसले पनि विवाह गरेका छन् । अब केही समयमै कपिल शर्मा पनि विवाह गर्न गइरहेका छन् । कपिल शर्मा चाडै नै विवाह बन्धनमा बाँधिन लागेका छन् । कपिल १२ डिसेम्बरमा आफ्नी प्रेमिका गिन्नी चथरथका साथ विवाह बन्धनमा बाँधिन लागेका छन् । 


ADVERTISEMENT

कपिलको घरमा विवाहको तयारी शुरु भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कपिलले सुनील ग्रोबरलाई पनि विवाहको निमन्त्रणा गरेका छन् । 

 कपिल सुनीलको घरमा आफ्नो विवाहको कार्ड दिन पुगका थिए । कपिलले स्वयं गएर विवाहको कार्ड सुनीललाई दिएका हुन् । कपिलले आफ्नो विवाहमा सुनील उपस्थित हुन्छन् भन्ने अपेक्षा गरेका छन् । कपिल चाहदैन थिएकी सुनिललाई अरु कसैको माध्यमबाट कार्ड पुगोस्, जसका कारण उनी स्वयं नै पुगेका थिए । 

समाचारहरुका अनुसार सुनीलले हासेर कपिलको निम्ता स्वीकार गरेका थिए र विवाहमा उपस्थित हुने वचन दिएका छन् । 

दुबै बीच विवादको विषय अब पुरानो भएको छ । तर केही समय अघि मात्र यी दुई बिच असमझदारी बढेको समाचारहरु सार्वजनिक भएका थिए । कपिल डिसेम्बरमा नयाँ शो लिएर आउँदैछन् । उनका साथ डाक्टर गुलाटी पनि कानपुरवाला खुराना बनेर १५ डिसेम्बरमा कमेडी शो ल्याउँदै छन् । 

कपिल र सुनीलको शो एकै समयमा अलग अलग च्यानमा प्रसारण हुनेछ । अर्थात कार्यक्रमको टीआरपीका लागि दुई बीच महासंग्राम हुनेछ । 
 

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस